Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
Home Blog Page 294

समाजवादी प्रेस संगठन पर्साकाे पांचाै बैठक सम्पन्न, संगठनलाई थप सुदृढ बनाउने निर्णय

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे पांचाै बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्सका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनलाई थप सशक्त बनाउने निर्णय गर्दै पत्रकारहरूको हक, अधिकार र सुरक्षाका सवालमा अडिग रहने प्रतिबद्धता जनाएको छ ।

बैठकमा संगठन विस्तार, सशक्तिकरण र पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीहरूका विषयमा गम्भीर छलफल गरिएको थियो । बैठकमा सहभागीहरूले एकताबद्ध भएर निष्पक्ष, उत्तरदायी र समावेशी पत्रकारिता अघि बढाउने संकल्प पनि गरेका हुन् ।

बैठकले जिल्लामा सृजना गरिएकाे अनावश्यक विवाद समाधान गरेकाेमा केन्द्रिय समितिका पदाधिकारीहरुलाई धन्यावाद ज्ञापन गरेकाे छ । साथै बैठकले प्रत्येक महिना संगठनका सदस्यहरुले रु एक सय जम्मा गर्ने गरि बचत काेषकाे स्थाना गर्ने निर्णय समेत गरेकाे संगठन पर्साका काेषाध्यक्ष संताेष साहले जानकारी दिए ।

बैठकमा संगठनकाे मधेश प्रदेशकाे इन्चार्जका जिम्मेवारीका केन्द्रिय सचिव बृजलाल पासवान, पार्टीबाट प्रचार प्रसार विभागकाे जिम्मेवारी पाएका संगठनका केन्द्रिय सदस्य रेबिन्द्र कार्कीलाई समेत सम्मान गरिएकाे संगठन पर्साका सचिव विनाेद पटेलले जानकारी दिए ।

वीरगंजकाे घण्टाघरस्थित गेटवे हाेटलमा बसेकाे बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, समाजवादी प्रेस संगठन नेपालका सचिव एवं मधेश प्रदेशका इन्चार्ज बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की मनाेज पटेल, सल्लाहकार संजय साह लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे । बैठककाे संचालन संगठन पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए ।

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

0

वीरगंज । वीरगंज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वैशाख २३ गते बिहान ४:०० बजे वीरगञ्ज–१३, मुर्ली नयाँ टोलस्थित सारजा खातुनको घरअगाडि पार्किङ गरी राखिएको मधेश प्रदेश–०३–०२७ प ५५५५ नम्बरको १६० सिसीको एनएस मोटरसाइकल चोरी भएको थियो । चोरीको विषयमा पिडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा मिति २०८२ जेठ १६ गते सर्लाही कबिलासी नगरपालिका–४ बस्ने २१ वर्षीय राधेश्याम यादवलाई उक्त चोरी गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यादवविरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए ।

यस्तै, अर्को घटनामा शनिबार वीरगञ्ज–४, अमरचोकस्थित प्रमोद प्रसाद साहको नाममा दर्ता गरिएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको १५० सिसीको कालो–रातो पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बारा बारागढी गाउँपालिका–१ बस्ने २५ वर्षीय रूपेश चौधरीलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको छ ।

चौधरीविरुद्ध पनि चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

पर्सामा सवारी दुर्घटनामा परेर मर्नेहरु घटे

0

वीरगंज । गत शनिबार वीरगंज महानगरपालिका– १७ अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भयो ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी मोटरसाइकलचालक २२ वर्षीय छोटु साह सोनार र पछाडि सवार वीरगन्ज महानगरपालिका–२९ रतनपुर टोल निवासी २९ वर्षीय सुकुरुला अन्सारी थिए ।

प्रहरीका अनुसार अपरान्ह वीरगन्जबाट अलौतर्फ आउँदै गरेको बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सोनारको टाउ र छातीमा चोट लागेको थियो । उनको उपचारको क्रममा निलकण्ठ अस्पतालमा मृत्यु भयो ।

यस्तै, मोटरसाइकल पछाडि सवार वीरगन्ज महानगरपालिका–२९ रतनपुर टोल निवासी २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका थिए ।

अन्सारीको कमर र दुबै खुट्टामा चोट लागेर घाइते रहेको अवस्थामा उपचारको क्रममा नेसनल मेडिकल कलेज मृत्यु भयो ।
ठक्कर दिने टिपरसहित चालक कलैया उपमहानगरपालिका–१६ निवासी ३२ वर्षीय कृष्णप्रसाद पटेललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लोकराज भटट्ले पर्सामा सवारी दुर्घटनामा परेर मर्नेहरु अधिकांश गरेर मोटरसाईकल चालक र पछाडी सवार भएकाहरु रहेको बताए ।

उनका अनुसार युवा उमेरका मोटरसाईकल चालक अनियन्त्रित गतिमा क्षमता भन्दा बढिका मोटरसाईकल चलाएका कारण दुर्घटनामा पर्ने गरेका छन ।

प्रहरी निरिक्षक भटट्ले विगतको तुलनामा अहिले जिल्लामा भईरहेको नियमित चेकजाँच र कडाईका कारण पनि सवारी दुर्घटनामा केही मात्रामा कमि आएको बताए ।

विगतको तुलनामा सवारी दुर्घटनामा परेर मर्नेहरु घटे

पर्सामा पछिल्लो समयमा सवारी दुर्घटनामा परेर मर्नेहरु घटेका छन । गत आर्थिक बर्ष ०८० /०८१ को तुलनामा जिल्लामा सवारी दुर्घटनामा परेर मर्नेहरु घटेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार गत आर्थिक बर्ष ०८० /०८१ मा सवारी दुर्घटनामा परेर ५१ जनाको मृत्यु भएको छ ।

जसमा ४३ जना पुरुष ,७ जना महिला र एकजना बालिका रहेका छन । भने चालु आर्थिक ०८१ /०८२ को ११ महिनामा सवारी दुर्घटनामा ३६ जना मरेका छन । चालु आर्थिक ११ महिनामा ३१ जना पुरुष ,३ जना महिला , एक जना बालक र एकजना बालिका रहेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लोकराज भटट्का अनुसार यस्तै आर्थिक बर्ष ०७८ /०७९ मा सवारी दुर्घंटनामा ३८ जनाको मृत्यु भएको छ । जसमा ३० जना पुरुष ,२ जना महिला ,४ जना बालक र २ जना बालिका रहेका छन ।

उनका अनुसार आर्थिक बर्ष ०७९ /०८० मा ३९ जनाको मृत्यु भएको छ । जसमा २९ जना पुरुष , ५ जना महिला र ५ जना बालक रहेका छन ।

शेख मकबुल समूहले बैंक खातामार्फत करोडौं ठगी गरेको आरोप

0

वीरगंज । वीरगंज १६, नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप सार्वजनिक भएको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहित पीडितहरुले आइतबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै आफूहरू ठगीको शिकार भएको बताएका हुन्।

दिपेश पटेलका अनुसार शेख मकबुलको समूहले महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गरिमा बैंकलगायत विभिन्न बैंकमा खाता खोल्न लगाएर ती खाताहरूको चेकबुक र एटीएम कार्ड आफैंसँग राखी ठगी गरेका छन्। पीडितहरूका खाताहरूको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग फोनमार्फत रकम संकलन गरिएको र केही खातामा करोडौं रुपैयाँ बराबरको कारोबार भएको बैंक स्टेटमेन्टमा देखिएको दिपेशको भनाइ छ।

पत्रकार सम्मेलनमा फेटा गाउँपालिका वडा नं. ४ का अनुरोध महतो, छिपहरमाई गाउँपालिका वडा नं. ५ का रामशिष कुर्मी, सोही ठाउँका अबरार हसन, कालिकामाई गाउँपालिका वडा नं. १ का शुभनारायण प्रसाद चौरसिया, वडा नं. ३ का शिवनारायण चौरसियालगायतले पनि आफुहरू ठगिएको बताएका छन्।

शेख मकबुल समूहमा वीरगंजका पप्पु भनिने नितेश चौरसिया, शेख साहिल, अमन शर्मा समेतको संलग्नता रहेको बताइएको छ। यद्यपि शेख मकबुललाई १० दिनअघि पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाइएको भए पनि पीडितहरूले ठगीको मुद्दा चलाउनुपर्ने माग गरेका छन्।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हालसम्म ठगीको जाहेरी नपरेको बताएका छन् । उनले ठगीकाे जाहेरी आएमा साेही अनुसार कानूनी प्रक्रिया अघि बढाइने बताएका छन् ।

मानवसेवा आश्रम वीरगंजद्वारा मानसिक अवस्था कमजोर व्यक्तिको उद्धार

0

वीरगंज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले आइतबार दिउँसो बारा जिल्लाको नौतन चोकबाट मानसिक अवस्था कमजोर भएका अन्दाजी ४५ वर्षीय ठाकुरजी नाम बताउने पुरुषलाई उद्धार गरी आश्रममा सुरक्षित राखेको छ ।

उद्धारपछि उनलाई आश्रममा सरसफाई तथा नुहाइ–धुहाइ गराई डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचारको व्यवस्था मिलाइएको छ ।

उद्धारकार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्ठ, नगर प्रहरीका समसुलमिया धोबी लगायत स्थानीय व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवसेवा आश्रम वीरगञ्ज शाखाले समाजमा मानवता र सहायताको सन्देश फैलाउँदै मानसिक अवस्था कमजोर तथा बेवारिसे अवस्थाका व्यक्तिहरूको उद्धार गर्दै आएको छ ।

प्रेस युनियनकाे स्थापना दिवसमा नारायणी अस्पतालमा फलफूल वितरण

0

वीरगंज । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको उपलक्ष्यमा पर्सा जिल्ला स्थित वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका करिब २०० जना बिरामीलाई फलफूल वितरण गरिएको छ ।

नेपाल प्रेस युनियन पर्साले आइतबार नारायणी अस्पतालको प्रसूति वार्ड, मेडिसिन वार्ड, आइसियु, सिसियु, पोष्टअप तथा सर्जिकल वार्ड लगायतका विभागहरूमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको हो ।

कार्यक्रम वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंह, प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, साथै हुकुम सिंह, नुर आलम, सन्जय गुप्ता, क्रान्ति शाह, शेष हजरा लगायतको उपस्थिति रहेको थियो ।

समाजवादी प्रेस संगठन मधेस प्रदेशकाे इन्जार्जकाे जम्मेवारी बृजलाल पासवानलाई

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपालले संगठनका सचिव वृजलाल पासवानलाई मधेस प्रदेशको इन्चार्जकाे जिम्मेवारी दिएकाे छ ।

संगठनको केन्द्रीय कार्यालयको बैठकले सचिव पासवानलाई मधेश प्रदेशकाे इन्चार्ज मनाेनयन गरेकाे समाजवादी प्रेस संगठन नेपालका महासचिव रोहित दहालले जानकारी दिए ।

पासवानलाई संगठनको मधेस प्रदेशमा पत्रकारिता क्षेत्रको विकास र संगठनको विस्तारमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ । मनाेनयन पत्रमा उल्लेख भएअनुसार, संगठनको नीति, सिद्धान्त र उद्देश्य अनुरूप संगठनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरिएको छ ।

“अनु चौधरीको स्वरमा ‘बाबुजी…’ सार्वजनिक, उत्कृष्ट डान्सिङ प्याट्रनको भिडियो”

0

काठमाडौं । गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द र संगीतमा तयार गरिएको यस गीतको एरेञ्ज, मिक्सिङ, र माष्टरिङ बावुल गिरीले गरेका छन् ।

गीतको भिडियो उत्तम श्रेष्ठ (शिशिर)को निर्देशनमा तयार भएको हो । भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गी फिचरिङ छन् भने विशाल थापा र टिमको सिनेमेटोग्राफी र मीन रावलको सम्पादन रहेको छ । भिडियोमा विशाल कैनीको कोरियोग्राफीले डान्सिङ प्याट्रनलाई थप आकर्षक बनाएको छ ।

भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । गायिका अनु चौधरीले भनेकी छन्, “हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ । प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौँ।” अनुका यसअघि थुप्रै गीत श्रोता तथा दर्शकको रोजाइमा परेका छन् । उनले नेपाली, हिन्दी गीतका साथै थारु गीतहरूमा समेत आफूलाई स्थापित गराएकी छन् ।

अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । उनले मह जोडी, धिरने शाक्य लगायत कलाकारहरूसँग अभिनयको अनुभव सँगालेकी छन् । कोरियोग्राफरको रूपमा पनि सफल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छन् र अवार्ड जित्नसमेत सफल भएकी छन् । अनुले गीतको विमोचन प्लेनभित्र र प्याराग्लाइडिङबाट गर्दै विश्व कीर्तिमान समेत कायम गरेकी छन् ।

एकीकृत समाजवादी पर्साकाे सचिवालय बैठक सम्पन्न, विभागीय जिम्मेवारी बाँडफाँड

0

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला सचिवालय बैठक शनिबार वीरगंज सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न बैठकले सचिवालय सदस्यहरूलाई विभिन्न विभागको जिम्मेवारी तोकेको छ।

बैठकमा आर्थिक विभागको जिम्मेवारी पार्टी अध्यक्ष थापाले आफैं सम्हाल्ने निर्णय भएको छ । संगठन विभाग प्रमुखको जिम्मेवारी जिल्ला सचिव गंगा खड्कालाई दिइएको छ भने विद्यार्थी विभागको नेतृत्व मनोज पटेलले सम्हाल्ने भएका छन्। साथै, पर्साका विभिन्न स्थानीय पालिकाहरूको इन्चार्जहरू समेत तोकिएको छ।

यसैगरी प्रचार विभाग प्रमुखको जिम्मेवारी समाजवादी प्रेस संगठन नेपाल सम्हाल्ने गरी रेबिन्द्र कार्कीलाई दिइएको छ भने वीरगंज महानगरपालिकाको इन्चार्जको जिम्मेवारी मंजुर आलमलाई दिइएको छ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, केन्द्रीय सदस्य तथा पर्सा सह-इन्चार्ज मनोज चौधरी, लेखा आयोगका सदस्य किशोरी कुशवाहा, प्रदेश समिती सदस्य सुबदार यादाव लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष थापाले पदाधिकारीहरुलाई जिम्मेवारीको आधारमा आगामी सचिवालय बैठकमा प्रगति विवरण प्रस्तुत गर्न निर्देशन समेत दिएका छन्।

सञ्चार मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

0

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साइबर सुरक्षा जोखिम न्युनिकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिने बताउनुभयो । उहाँले साइबर सुरक्षा जोखिम आँकलन गरी त्रैमासिक रुपमा सुरक्षा एड्भाइजरी जारी गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने बताउनुभयो । हुलाक कार्यालयहरुलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने बताउनुभयो ।