Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

बिन्दवासिनी–३ झौवामा पावरड्रिल बोरिङ जडान, किसान हर्षित

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ झौवामा मधेश प्रदेश सरकारबाट जडान भएकाे पावरड्रिल बोरिङ जडान भएकाे छ । सिचाईकाे लागि जडान भएकाे बाेरिङकाे जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले शुक्रबार उद्घाटन गरेका छन् ।

साे अवसरमा बाेल्दै अध्यक्ष सर्राफले खडेरीको समयमा किसानका लागि यो बोरिङ सञ्जीवनी सावित हुने दाबी गरे । करिब २०० बिगाहा खेत सिँचाइ गर्न सक्ने क्षमता रहेको यो बोरिङले स्थानीय कृषकहरूको उत्पादन बढाउने र सिंचाइको दीर्घकालीन समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष सरार्फले जनमत पार्टी सधैं किसानको पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै किसान आन्दोलनको जगमै पार्टीको स्थापनाभएको स्मरण गराए ।

उद्घाटन कार्यक्रममा जनमत पार्टीकी केन्द्रीय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनारायण मिश्र, बिन्दवासिनी पालिका कमिटी अध्यक्ष विनोद (ललन) चौरसिया, वडा समिति अध्यक्ष रामबाबु चौरसिया, किसान जनमत संघका जिल्ला संयोजक विनोद कुशवाहा, वीरगंज महानगर संयोजक संजय सिंह, लोकेश कर्ण, संजय सरार्फ, देव यादव लगायत स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय किसानहरूले यो बोरिङले सिँचाइ अभावका कारण हुने बाली नोक्सानीमा कमी ल्याउने विश्वास व्यक्त गरेका छन् । साथै, कार्यक्रमले कृषि उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...