Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Home Blog Page 290

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

वीरगंज । वीरगंजका एक जना भुमाफियाका कारण विकास निर्माणको काम नै अबरुद्ध भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया निवासी सफितुल्ला ठकुराईले सार्वजनिक बाटाको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो ।

ठकुराईले रेल्वे रोडको पश्चिमतर्फ पर्ने समाजिक संस्था माईती नेपाल र बिद्या सागर स्कुल भएर जाने त्रिभुवन राजपथलाई जोडने गल्लीको वाटो अतिक्रण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो । सो बाटोमा ठकुमाईको ५ धुर नम्बरी जग्गा रहेकोमा ४ धुर जग्गा हाल साविक गराएको देखिएको छ । तर त्यसको प्रमाणहरु नरहेको स्थानियहरुको भनाई छ । उनले जालसाजी गरेको र जग्गा अतिक्रण गरी ९ धुर बनाएको स्थानियहरुको आरोप छ ।

बाटो निर्माणका लागि महानगरले नाप नक्सा गरेको जग्गामा पनि ठकुराईले ५ फिट ६ इन्च अतिक्रमण गरेपछि बाटो निर्माणमा थप किचल्लो भएको स्थानियहरुले बताएका छन् । महानगरले त्रिभुवन राजपथ र रेल्वे रोड जोडने गरी श्रीराम सिनेमाघरको छेव भएर जाने गल्लीको बाटो ढलान गर्न आर्थिक बर्ष २०८०/०८१ मा बजेट तर्जुमा गरेका थियो । गल्लीमा पर्ने सम्पूर्ण बाटो ढलान भए पनि बिधा सागर स्कुल देखि ठकुराईले बनाएको टिनको घर हुदै रेल्वे रोड पुग्ने लगभग जाने १० मिटर बाटो बिवादका कारण ढलान हुन नसकेको स्थानिय अगुवाहरुले बताएका छन् ।

बाटो निमार्ण कार्यको बाधा अढचन फुकाउन स्थानियहरुले महानगरलाई गुहार गरेपनि राजनितिक पहुचका कारण हालसम्म कुनै सुनवाई नभएको तथा बाटो निर्माण कार्य अधुरो रहेको स्थानियहरुको भनाई छ ।

स्थानियहरुका अनुसार ठकुराईलाई जग्गा नाप गराउँन थुर्पै पटक ताकेता गरे पनि उनले जग्गा नाप गराउन नमानेको तथा अतिक्रमित जग्गा समेत खाली नगरी अटेरी गर्दै आएका छन् । उनले स्कुल तथा समाजिक संस्था रहेको ठाउँको बाटो निर्माण कार्यमा बाधा पुग्नेगरी निदनिय कार्य गरेको स्थानियको ठहर छ ।

एक जना व्यक्तिको कारण बाटो निर्माण कार्य नै ठप्प भएपछि सो टोलका अगुवाहरु महानगरका प्रमुख राजेशमान सिंहसँग भेट गरी अतिक्रमित जग्गा खाली गराउँन आग्रह गरेका थिए । स्थानिय अगुवाहरुको आग्रहपछि जग्गा खाली गराउँन महानगर एक्सनमा आएको तथा खाली नगरे बल प्रयोग गरी खाली गराउँन टिप्पणी समेत उठी सकेको एक जना स्थानिय युवाले बताए । तर महानगरका उपमेयर इम्तेयाज आलमसँग उठवस गर्दै आएका ठकुराईले टिप्पणी महानगरमै गायब गराइएको ती युवाले बताए ।

यस शन्दर्भमा वीरगंज महानगरपालिका सचिवालय सदस्य हरि गौतमले बाटो खाली गाउँने बारे महानगरमा डेलिगेशन आएको बताए । बाटो खाली गराउँन महानगरले तदारुपता पनि देखिएको हो । तर ठकुराईले डोजर लगाएर भत्काएको खण्डमा मेरो इज्जत जाने भन्दै म संरचना आफै खाली गर्छु भनेर महानगरसँग सहमती गरेको कारण अतिक्रमित जग्गा खाली गराउँन ढिलो भएको उनले स्वीकारे । तर अब ढिला भइसकेको कारण केहि दिन भित्रमा महानगरले बाटोमा निर्माण भएको संरचना खाली गराउँने पोखरेलले दावी गरे ।

स्थानियहरुका अनुसार ठकुराई पुरानो भुमाफिया रहेको तथा थुर्पै सार्वजनिक जग्गा हडपेका छन् । उनले वीरगंज २ छपकैया मक्कीजामे मस्जिद पछाडी तत्कालिन समयमा सार्वजनिक पोखरीको डिलको रहेको २ कठ्ठा जग्गा समेत जालसाजी गरी हडपेका छन् । सो सन्दर्भमा ठकुराईले अदालतमा मुद्दा हारि सकेको भएपनि हालसम्म जग्गा खाली गरेका छैनन् । स्थानियहरुले सो जग्गामा धर्मशाला निर्माण गर्ने सोच बनाएकोमा त्यसमा उनले पानी फेर्दै आएका छन् ।

२०४९/०५० साल तिर तत्कालिन वडा अध्यक्ष शेषनैमोदिनको नेतृत्वमा रहेको वडा समितिले सो जग्गामा सार्वजनिक शौचालय र धर्मशाला निमार्णका लागि प्रक्रिया अगाडी बढाएपछि ठकुराईले वडा समिति तथा तत्कालिन वीरगंज उपमहानगरपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दिएका थिए । तर जिल्ला र पुर्नावेदन अदालतले महानगरकै पक्ष फैसला गरी महानगरलाई ७ दिन भित्र जग्गा खाली गराउन जिम्मेवारी दिएका थिए ।

तर सो जग्गा पनि हाल सम्म खाली हुन सकेको छैन् । उनले जाली कागजहरु खडा गरी जग्गा हडपेको स्थानियहरुले आरोप लगाउँदै आएका छन् ।

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिनुभएको छ । 

शुक्रबार काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।

उद्घाटन सत्रमा मन्त्री यादवले भन्नुभयो, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्त्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।”

उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभएको छ ।

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्‍याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिनुभएको थियो ।

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गर्नुभएको थियो ।

मानव सेवा आश्रम वीरगंजकाे अर्काे भवनको शिलान्यास

वीरगंज । मानव सेवा आश्रम वीरगंजकाे अर्काे भवनको शिलान्यास गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा नवरात्रीको शुभ साइत पारेर भवनको शिलान्यास गरिएको हो ।

लायन्स क्लबको करिब रु. १ करोड ३४ लाखको लागतमा निर्माण हुने दुई तले भवनको डाक्टर रामआवतर खेतान, आश्रमका संरक्षक एवम् प्राध्यापक डा. दिपक शाक्य र अभिभावक परिवारका संयोजक हरि गौतमले बिहिबार भुमि पुजन गरि भवनको शिलान्यास गरेकाे आश्रमका मधेश प्रदेश संयाेजक दिवेश गुप्ताले जानकारी दिए ।

उनका अनुसार छ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी समीर कन्ट्रक्सनले ठेक्का लिएको छ । मानव सेवा आश्रमका अभिभावक प्राध्यापक डा. दिपक शाक्यको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

भवनको शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका संजय खेतान, डिएन अग्रवाल, समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, आश्रमका अभिभावक प्रकाश थारु, लायन्स विनोद खण्डेवाल, राजकुमार सिन्धी, रामविहारी पाण्डे, नवदिप एकेडेमीकी प्रिन्सीपल सुशीला साह, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, देवेश गुप्ता लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

भवनको शिलान्यास डाक्टर पण्डित पुरुषोत्तम दुवेले गरेका थिए भने कार्यक्रमको सहजिकरण रोशन गुप्ताले गरेका थिए । 

यसअघि १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको पहिलो भवन अन्तिम चरणमा छ । तत्कालिन मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका तत्कालिन नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा ११ चैत २०७८ मा शिलान्यास गरेका थिए ।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ ।

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

वीरगंज । वीरगंजका स्थानीय कलाकारहरूद्वारा निर्माण गरिएकाे “इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत बिहिबार सार्वजनिक भएको छ । बडा दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा उक्त गीत सार्वजनिक गरिएकाे हाे ।

उक्त गितमा वीरगंजका स्थानीय गायक चन्दन प्रजापतिको आवाजमा रहेको छ । भोजपुरी साहित्यकार आमोद गुप्ताले लेखेको गीतलाई मुन्ना मुस्कानले संगीत दिएका छन् । 

गीतको भिडियोमा पत्रकार विमला गुप्ता र दिवेश शर्माले अभिनय गरेका छन् । वीरगंजस्थित ऐतिहासिक गहवामाई मन्दिर र यस मन्दिरको सांस्कृतिक महत्त्वलाई भिडियोले उजागर गरेको छ । भिडियोको छायांकन, इडिट र निर्देशन विकास प्रजापतीले गरेका हुन् । 

गहवामाई मन्दिर वीरगंजकाे प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौँ भक्तजन विशेष गरी दसैँको समयमा देवी गहवामाईको पूजा गर्न आउँछन् । गहवामाईलाई शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । यो मन्दिरले धार्मिक तथा सांस्कृतिक रूपमा वीरगंज क्षेत्रको महत्त्वलाई अझ उचाइमा पु-याएको छ । 

गीतमा पनि सोही मन्दिरको सांस्कृतिक र धार्मिक विशेषता समेटिएको छ, जसले स्थानीय पहिचान र आस्थालाई झल्काउँछ । कलाकारहरूका अनुसार गीतले धार्मिक र सांस्कृतिक महत्त्वलाई सँगालेर विशेष सन्देश दिन खोजेको छ ।

पोखरियामा यात्रु सहायता कक्ष स्थापना

वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पोखरियामा प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेकाे छ । इलाका प्रहरी कार्यालय पोखरियाले चाँड बाडलाई मध्यनजर गर्दै पाेखरियास्थित बस स्टेनमा हेल्प डेस्कको स्थापना गरेकाे हाे ।
 
बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरुकाे सहयाेग र सहयताकाे लागी हेल्प डेस्क स्थापना गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक स्वरुप शर्माले जानकारी दिए । उनले चाँड बाडकाे समयमा यात्रुलाई आवत जवातकाे क्रममा हुने समस्यामा सहयाेगकाे लागि हेल्प डेस्क स्थापना गरिएकाे वताए ।
 
सवारी चालक वा टिकेट काउंटरले यात्रुहरु संग बढी भाडा लिए वा क्षमता भन्दा बढ़ी यात्रु बोकदा हुने जोखिमलाई निउनिकरण गर्ने उद्देश्यले पनि हेल्प डेस्क स्थापना गरियको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।
 
यात्रुहरुलाई कुनै किसिमको असहज महसुष हुँदा वा केही सरसमान छुटेकाे खण्डमा समेत इलाका प्रहरी कार्यालय पोखरियाको सम्पर्क नम्बर ९८५५०२७०९९ मा जानकारी गराउन पनि इलाका प्रहरी कार्यालय पोखरियाले अनुरोध गरेको छ ।
 
यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा प्रहरी निरीक्षक सवरूप शर्मा, पोखरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, वडा सदस्यहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

एल.एस. न्यूराे हाेस्पिटलमा ६० जनाद्वारा रक्तदान

वीरगंज । एल.एस. न्यूराे एण्ड जेनरल हाेस्पिटलकाे आयाेजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नाैतनस्थित हस्पिटलमा भएकाे कार्यक्रममा ७ महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा राहुल साह, महेश साह, विकेश पटेल, संताेष कुमार, डा. प्रविन कुशवाहा, दिपेश साह, सुनिल यादव, विक्रम चाैधरी, निरज कुमार साह, चन्द्रिका प्रसाद साह, सिकेन्द्र साह, दिनेश राम, सागर कुमार साह, रिंकु देवी, विनु सिंह, रामजी पटेल, संदिप कुमार साह, सुमित साह, सिमा देवी पटेल, दिपेन्द्र कुमार यादव, शिव पटेल, मुन्ना ठाकुर, सुकेश पटेल, अर्जुन पटेल, जितेन्द्र शर्मा, रामाकान्त साह, राहुल कुमार राैनियार, निशा मगर, राकेश प्रसाद साह तेली लगायतले रक्तदान गरेका हुन् ।

बडा दशैं, शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा भएकाे रक्तदान कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस बारा क्षेत्र नं. ४ (२) को क्षेत्रिय सभापति लुकेश सिंह, नेकपा एमालेका युवा नेता उमेश गुप्ता, तरुण दल बाराका सभापती दिपेन्द्र पटेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, अभिभावक संघ वीरगंजका अध्यक्ष संदिप साह लगायतको उपस्थिति रहेको थियो ।

अख्तियारद्वारा प्रधानाध्यापक गुप्ता सहित ३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

वीरगंज । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलिप कुमार गुप्तासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेकाे छ ।

तत्कालीन प्रधानाध्यापक गुप्ताले विद्यालयको प्र.अ. रहँदा विद्यालयको शौचालय निर्माणमा रु.६२ हजार ५८३, छात्रबृत्तिको रकममा रु.३ लाख १० हजार ४ सय, पाठ्यपुस्तकको रकम रु. १ लाख २६ हजार २ सय ४७ र पी.सी.एफ. शिक्षक तलबभत्ता रु. १ लाख ५० हजार ६८६ निकासा लिई मनोमानी ढंगले खर्च गरी रु. ६ लाख ४९ हजार ९ सय १६ हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।

दायर अराेप पत्रमा उनीसंग विगो रु.६ लाख ४९ हजार ९ सय १६ कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम विगोसमेत निजबाट असुल उपर हुन मागदाबी लिइएको छ ।

जिल्ला सप्तरी,  कञ्चनरुप न.पा. वडा नं. ३ स्थित शंकर मा.वि., बरमझियाका प्र.अ.ले आ.व. २०७१/०७२ मा बिद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, उक्त विद्यालयका विद्यार्थीहरुको नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षहरुको छात्रवृत्ति रकम विद्यार्थीहरुलाई नबाँडेको, आ.व. २०७३/०७४ मा निकासा भएको पी.सी.एफ. अनुदानवापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरिदमा समेत अनियमितता गरी विगत ५ वर्षदेखि विद्यालयको आय र व्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको भन्ने उजुरी उनीमाथि परेकाे थियाे ।

साेही उजरी निवेदनमाथि अनुसन्धान हुँदा शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका मुखिया श्रवण कुमार चौधरी विद्यालयको प्र.अ.सँग मिली छात्रबृत्तिको रकम, पी.सी.एफ. शिक्षक तलब भत्ता निकासा रकम मनोमानी ढंगले सरकारी रकम हानिनोक्सानी गरेको र पाठ्यपुस्तकको नक्कली विल बनाई भुक्तानी लिनेदिने गरेको रकम  समेत जम्मा रु.५ लाख ८७ हजार ३ सय ३३ हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।

शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका शिक्षक ह्रदयराम चौधरीले शौचालय निर्माणको लागि निकासा भएको रु.२ लाख रकमको चेकमा दस्तखत गरेको र उक्त निकासा भएको रकमबाट रु.१ लाख ३७ हजार ४१६ मात्र स्थलगत रुपमा काम भएको देखिएको र रु.६२ हजार ५८३ हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.६२ हजार ५ सय ८३ कायम गरी उनीमाथि पनि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको  अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । 

वीरगंजबाट प्रहरी कै माेटरसाइकल चाेरी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टाेलबाट मंगलबार दिउसाे एक प्रहरी कै माेटरसाइकल चाेरी भएकाे छ ।

पर्सा कै छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया निवासी प्रहरी हवल्दार बिनोद प्रसाद यादबको नाममा दर्ता रहेको ना ५३ प ९३२१ नम्बरको एमहा कम्पनीकाे माेटरसाइकल चाेरी भएकाे हाे ।

विरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टोल स्थित अमिती स्कुल अगाडी पार्किङ गरी राखिएकाे अवस्थामा उक्त नम्बरको आफ्नाे मोटरसाईकल दिउसाे १२:३० बजेकाे समयमा चोरी भएको पिडित प्रहरी हवल्दार यादवले जानकारी दिए ।

उनले आफ्नै डेरा अगाडी पारकिङ्ग गरि राखिएकाे अवस्थामा चाेरी भएकाे माेटरसाइकल खोजतलासकाे लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन् । 

मेलम्चीका स्थानीय आपूर्ति कर्ताको घर जग्गाको भाडा दिलाउन पहल गर्छु : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी) लाई आवश्यक पर्ने सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्ति कर्ता (लोकल भेण्डर) ले पाउनु पर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्ने बताउनु भएको छ ।

मंगलबार मन्त्रालयमा स्थानीय आपूर्ति कर्ता (लोकल भेण्डर) तथा बाहुँन पाटीसँगको छलफलका क्रममा मन्त्री यादवले स्थानीय आपूर्ति कर्ता (लोकल भेण्डर) ले पाउनु पर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिएमसीले काम छोडेर गयो, उस्को ठेक्का पनि तोडिएको छ, तपाईहरुले भाउनु पर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन म सहित सिङ्गो मन्त्रालय पहल गर्ने छ ।” यसैगरी मन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी) ले भाडा नदिएका कारण मेलम्ची क्षेत्रका जनताहरुलाई दु:ख भएको विषयमा आफु निकै चिन्तित बनेको बताउनुभयो ।

“आफुले आपूर्ति गरेको सामानको रकम तथा घर जग्गाको भाडा तपाईहरुले पाउनु पर्छ,” उहाँले भन्नुभयो, “तपाईहरुलाई परेको पीर मर्का मैले बुझेको छु, आवश्यक सहयोग र पहल गर्न म अग्रसर हुने छु ।” मन्त्री यादवले स्थानीय आपूर्ति कर्ता (लोकल भेण्डर) ले पाउनु पर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन आफुले पहल गर्ने तथा त्यहाँका नागरिकले पनि काठमाडौँका जनताका लागि पानी पथान्तरणमा आवश्यक सहयोग गर्नु पर्ने आग्रह गर्नुभएको थियो ।

यसैगरी मन्त्री यादवले कानुन सम्बत तरिकाले स्थानीय आपूर्ति कर्ताका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
सिएमसीको ठेक्का तोडिएपछि अहिले उस्का सबै उपकरण लगायतका सामग्रीहरु मेलम्ची खानेपानी आयोजनाले आफ्नो अधिनमा लिएको खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिएमसीले स्थानीय आपूर्ति कर्ता (लोकल भेण्डर) लाई करिब चार वर्षको घर जग्गा भाडा तथा आपूर्तिक गरिएको सामग्रीको रकम दिन समेत बाँकी रहेको देखिएको छ । मन्त्री यादवसँगको आजको छलफल पछि मेलम्चीका स्थानीय आपूर्ति कर्ताहरुले सरकारले आफ्ना माग पुरा गर्नु पर्ने र काठमाडौँका नागरिकका लागि पानी पथान्तरणमा पूर्ण सहयोग गर्ने जनाउनु भएको सहसचिव दुवाडीले बताउनुभयो ।

दुई महिला सहित ४७ जनाद्वारा रक्तदान

वीरगंज । पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ वीरगंजकाे आयोजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको ९ औँ स्थापना दिवसको अवसरमा भएकाे कार्यक्रममा ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।

वीरगंज घण्टाघरमा भएकाे कार्यक्रममा दुुइ महिलासहित ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए । रक्तदान गर्नेहरुमा ओम प्रकाश साह, अभिषेक कुमार, मुनिलाल पण्डित, राम आशिष प्रसाद, नरेश महतो लगायतका रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेँलकाे प्रमुख आतिथ्यततामा भएकाे कार्यक्रममा पशुपंक्षी औषधी बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारी, श्याम कुशवाहा, दिनेश तिवारी, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिती रहेको थियाे ।