Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Home Blog Page 289

हाम्राे नेपाल दैनिककाे बार्षिकाेत्सवमा ब्याग तथा शैक्षिक समाग्री सहयोग

वीरगंज । हन्ट नेपाल मिडिया प्रालिद्वारा संचालित हाम्रो नेपाल दैनिक डटकम अनलाईन पत्रिकाले आफ्नाे चाैथाे बार्षिकाेत्सवकाे अवसरमा वीरगंजस्थित आमाकाे माया छात्रावासका बालबालिकाहरुलाई ब्याग तथा शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।

अनलाइन पत्रिकाले बार्षिकाेत्वसकाे अवसरमा बुधबार एक कार्यक्रमकाे बिच जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाकाे माया छात्राबासका २७ जना बालबालिकाहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरेकाे हाे ।

अनलाइन पत्रिकाद्वारा आयाेजित ब्याग तथा स्टेशनरी वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले पत्रकारिता मर्यादित बनाउनु पर्ने वताए । उनले हाम्राे नेपाल अनर्लाइनले राम्राे गर्ने विश्वास ब्यक्त गर्दै पत्रिकाकाे उत्तरोतर प्रगतिको कामना समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यालवले आमाकाे छात्रावाससँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले करिब एक दशक भन्दा अगाडि देखि आफुले छात्रावासमा आश्रित बालबालिकाहरुको लागि सहयोग गर्दै आएको वताउँदै पत्रिकाले पनि आफ्नाे बार्षिकाेत्सवकाे अवसरमा गरेकाे सहयाेगकाे प्रशंसा समेत गरे । 

वार्षिकोत्सवकाे अवसरमा ठूल–ठूला होटेलहरुमा लाखौ खर्च गरी मनाउने गरेकाे कार्यक्रम भन्दा हाम्राे नेपाल अनलाईनले आफ्नो बार्षिकाेत्वकाे अवसरमा सामाजिक उत्तरदायित्वलाई बहन गर्दै गरेकाे कार्यक्रम अरु भन्दा उत्तम रहेकाे वताए । उनले आफुले ठुला मिडिया हाउस भन्दा साना लगानीका पत्रपत्रिकाहरुलाई बढी सहयाेग गर्दै आएकाे वताउँदै आउने दिनमा पनि सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्र सदस्य मनाेज पटेलले हाम्राे नेपाल अनलाइनले अरु भन्दा राम्राे गर्दै आएकाे वताउँदै आउने दिन अझै राम्राे गर्ने शुभकामना दिए । उनले पत्रिकाकाे स्तरियता र पत्रकारकाे मर्यादाकाे ख्याल गरि पत्रकारले समाचार प्रकाश गर्नु पर्नेमा जाेड दिए ।

पत्रिकाका संचालक रामेश्वर चौरसियाको अध्यक्षमा भएको कार्यक्रममा हिन्दु स्वयम् सेवक संघका रन्जित साह, छात्राबासका प्रमुख महेश्वसर हास्दा, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य अजय चाैरसिया, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

 वीरगंजकाे आदर्शनगरमा रहेका छात्रावासका सम्पूर्ण बिधार्थीहरुलाई एक/एक थाना ब्याग तथा कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएकाे थियाे ।

दशैंमा पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीले तलब पाएनन

वीरगंज । नेपालीहरुकाे महान चाँड बडा दशैंमा पर्साका दुई पालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुले तलब नपाउँदा समस्यामा परेका छन् । असाेज २२ गते मंगलबार सम्म बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकाका ५६३ जना शिक्षक र कर्मचारीले तलब नपाएर समस्यामा परेका हुन् ।

दुबै पालिकाका अन्तर्गतका पालिकाका कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र शिक्षकहरुले नयाँ आर्थिक बर्षकाे साउन महिनादेखि असाेज सम्मकाे तलब पाउन सकेका छैनन् । बहुदरमाई नगरपालिकाकाे नगर सभा नहुँदा नगरपालिका अन्तर्गतका १८ विद्यालयका २१८ जना शिक्षक र नगरपालिका सहितका विभिन्न कार्यालयका १५८ जना सरकारी कर्चारीहरु तलब पाउन नसकेका हुन ।

साउनदेखि अहिले सम्मकाे तलब र दशैं पेश्की समेत नपाउँदा दशैं मनाउन समस्या भएकाे श्री महाबिर साह मावि बहुदरमाई नपा ३ नगरदाहाँका शिक्षक सुदर्शन प्रसादले वताउनु भयाे । उहाँले नगर सभा नहुँदा नगरपालिकाले शिक्षकहरु तलब नपठाएका कारण आफुहरु तलब नपाएर समस्यामा परेकाे वताउनु भयाे ।

उहाँले भन्नु भयाे “असाेज १६ गते आफुहरु तलबकाे मांग गर्दै नगर प्रमुख सिंगासहन साह तेली र प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तुफा ज्युलाई ज्ञापन पत्र बुझाउँदा समेत नगर सभा नभएका कारण असाेज २२ गते सम्म आफुहरु तलब पाउन सकेका छैन । चाँडबाडकाे समयमा पनि ३ महिनाकाे तलब र दशैं पेश्की समेत नपाएर छाेरा/छाेरीकाे स्कुल फि तिर्न पाएका छैनाैं भने घर खर्च चलाउन पनि समस्या भएकाे छ ।”

जनप्रतिनिधि र कर्मचारीहरु बिचकाे विवादकाे कारण नगर सभा नहुँदा समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेकाे छैन् । नगर सभा नहुँदा वाकी रहेकाे गत आर्थिक बर्षकाे दुईटा वडाकाे र नयाँ आर्थिक बर्षकाे साउन देखि अहिले सम्मकाे सबै वडाकाे समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेकाे हाे ।

दशैं पछि चाँडै नै नगर सभा गरेर तलब पठाइने नगर प्रमुख सिंगासन साह तेलीले वताउनु भयाे । नगरपालिकाकाे आपसी विवादका कारण नगर सभा हुन नसकेकाे वताउँदै प्रमुख तेली समस्या समाधानकाे प्रयास आफुले जारी राखेकाे वताउनु भयाे । उहाँले दशैं लगतै नगर सभा गरेर सबै शिक्षक र कर्मचारीकाे तलब पठाउन आश्वासन समेत दिनुभयाे ।

यसैगरी पकहाँ मैनपुर गाउँपालिका अन्तर्गतका १६ विद्यालयका ११५ जना शिक्षक र नगरपालिका सहित विभिन्न सरकारी कार्यालयका ७२ कर्मचारीहरु तलब पाउन सकेका छैनन् । 

पकहाँ मैनपुरकाे गाउँ सभा हुँदा पनि असाेज २२ गते सम्म आफुहरु तलब पाउन नसकेकाे शिक्षक महासंघ पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश पटेलले वताउनु भयाे । उहाँले पनि नयाँ आर्थिक बर्षकाे साउनदेखि असाेज सम्मकाे तलब र दशैं पेश्की समेत आफुहरु नपाउँदा समस्या परेकाे वताउनु भयाे । 

गाउँ सभा ढिलाे भएका कारण शिक्षक र कर्मचारीहरुकाे तलब पठाउन पनि ढिलाे भएकाे पकहाँ मैनपुरका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे । गाउँ सभा सम्पन्न पश्चात गाउँपालिकाकाे खाता संचालन गर्न पक्रियामा आफुहरु रहेकाे वताउँदै उहाँले भाेली असाेज २३ गते सम्म तलब पठाउन आश्वासन समेत दिनु भयाे । 

पर्सामा राैनियार युवा समाज गठन

वीरगंज । पर्सा जिल्लाको रौनियार जातिका युवाहरुको भेलाले रौनियार युवा समाज गठन गरेको छ । वीरगंजकाे होटल गेटवेमा आयोजित भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा समाजकाे ११ सदस्यीय तदर्थ समिति गठन गरेको हाे ।

नव गठित तदर्थ समितिको उपाध्यक्षमा विकास रौनियार, सचिवमा पिन्टु रौनियार, काेषाध्यक्षमा राम रौनियार तथा सदस्यहरुमा विजय रौनियार ,विनोद रौनियार, प्रकाश रौनियार, विजय रौनियार, मनोज कुमार रौनियार रहेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको विशेष उपस्थितिमा भएको भेलामा मनोज रौनियार, शंकर रौनियार, राजन रौनियार, वंशीधर रौनियार, रविन्द्र रौनियार, किशोर रौनियार, सरोज रौनियार, विकास रौनियार, सुनिल रौनियार लगायतको पनि उपस्थिति रहेको थियाे ।

अबदेखि नारायणी अस्पतालमा सुत्केरी महिलाले निःशुल्क रगत पाउने

वीरगंज । वीरगंजकाे नारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्र वीरगन्जबाट निःशुल्क रगत पाउने भएका छन् ।

नारायणी अस्पतालमा आउने सुत्केरी महिलालाई निशुल्क रगत उपलब्ध गराउन साेमबार नेपाल रेडक्रस साेसाइटी पर्सा शाखा र नरायणी अस्पताल बिच सम्झाैता भएकाे छ । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाको उपचारमा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने र त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको हो ।

उक्त सम्झाैता पत्रमा रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायतकोपनि उपस्थिती थियो ।

रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रुपीङ एंव परिक्षण बापत पप्रति युनिट रगतको १ हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ । नारायणी अस्पतालमा प्रत्येक दिन औसतमा २५ देखि ३० जना महिलाले सुत्केरी सेवा लिदै आएको अस्पताल प्रशासनले जनाएकाे छ ।

छुट्टाछुटै तिन स्थानमा भएकाे कार्यक्रममा १२६ जनाद्वारा रक्तदान

वीरगंज । राउण्ड टेबल नेपालकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली युवा उद्यमी मञ्च वीरगंज (एनवइईएफ वीरगंज) सँगको सहकार्यमा भएकाे कार्यक्रममा २३ जना रक्तदान गरेका हुन् ।

आदर्शनगरस्थित राणीसती अतिथि सदनमा आयोजित कार्यक्रममा विकास ठाकुर, विकास यादव, रुपेश राउत, राहुल कुशवाहा, सन्जय बैठा, रविन ढुंगेल, रामहरि रिमाल, दिपेन्द्र मल्ल, शिवपुजन महतो, शैलेष साह, बाबुनन्द पटेल, युगेश श्रेष्ठ, सुमन कुमार गुप्ता, हरि शर्मा, नितिक शाह, दिपक अग्रवाल, मुकेश गुप्ता, रामबाबु चौधरी लगायतले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।

रक्तदान कार्यक्रममा राउण्ड टेबल नेपालका आकाश सर्राफ, एनवाईइएफ वीरगंज च्याप्टरका सदस्यहरू, वीरगंज फ्रेन्ड्स राउण्ड टेबलका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साकाे आयाेजनामा पनि शनिबार रक्तदान कार्यक्रममा सम्पन्न भएकाे छ । ६९ औं प्रहरी दिवसको उपलक्ष्यमा भएकाे कार्यक्रममा ३ महिला सहित ७३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकाे परिसरमा कार्यक्रममा सानिया खातुन, अनिता ठाकुर, क्रिश्चला तमांग, सुरेन्द्र पटेल, नितिन कुमार, रामबाबु गुप्ता, मोविन अन्सारी, अमित यादव, प्रेमबहादुरर भण्डारी, दिलिप साह सोनार, सुमन बहादुर विश्वकर्मा, बाबुराम ढकाल, राजेश महत्तो लगायतका रक्तदान गरकेा हुन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेल, प्रहरी नायब उपरीक्षक दीपक भारत लगायतको पनि उपस्थिती थियो ।

यसैगरी कृष्णा प्रणामी युवा परिषद्ले बाराको आयाेजनामा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । जीतपुरसिमरामा  भएकाे कार्यक्रममा एक महिलासहित ३० जनाले रगतदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए ।
 
उक्त कार्यक्रममा लालबाबु साह, सिकन्दर सहनी, प्रकाश गौतम, दिपक पौडेल, प्रकश चौधरी, सुरज सहनी, रबिन्द्र सहनी, पुनिल सहनी, अम्बर श्रेष्ठ, सैलेन्द्र चौधरी लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

मन्त्री यादवको पहल पश्चात् दक्षिणकालीले पठायो ललितपुरमा पानी

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवको विशेष आग्रहपछि दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको मुहानबाट ललितपुरका नागरिकहरूको लागि पानी आपूर्ति गरेको छ ।

मन्त्री यादवले शनिवार दक्षिणकालीका जनप्रतिनिधि र स्थानीय नागरिकहरूसँगको बैठकमा ललितपुरमा खानेपानी अभावलाई मध्यनजर गर्दै पानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । यसपछि दक्षिणकाली नगरपालिकाले आफ्नो कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भैँसेपाटी ट्याङ्कीमा पानी पठाएको हो ।

केयुकेएल भैँसेपाटीका कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्री यादवको दिनभरको प्रयासपछि भैँसेपाटी ट्याङ्कीमा पानी झर्न थालेको र अब चाँडै ललितपुरका बासिन्दालाई पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँले यस पहलले दसैँको समयमा ललितपुरमा खानेपानीको सङ्कटलाई केही हदसम्म कम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिल देवी शाक्य बज्राचार्यले दक्षिणकाली नगरपालिकाले तत्काल दसैँसम्मका लागि पानी आपूर्ति गर्ने बताउँदै दसैँपछि ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, र केयुकेएलबीच बैठक बसेर दीर्घकालीन समाधानका लागि आवश्यक लागत अनुमान तयार पारिने र आवश्यक कार्यहरू अघि बढाइने जानकारी दिनुभयो । पानी आपूर्तिको दीर्घकालीन व्यवस्थापनको लागि सम्झौता पत्र तयार गरी हस्ताक्षर गरिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले आज दक्षिणकालीमा स्थलगत निरीक्षण गर्दै बाढी पहिरोका कारण उत्पन्न समस्याहरूको बारेमा चासो व्यक्त गर्नुभएको थियो । उहाँले दक्षिणकालीका जनप्रतिनिधिहरूसँगको संवादमा दक्षिणकालीका बाढी प्रभावित नागरिकहरूको समस्या आफूले राज्यको प्रतिनिधिका रूपमा गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

खानेपानीका संरचनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षतिको मर्मत र पुनर्निर्माणका लागि उहाँले मातहतका निकायहरूलाई तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको जानकारी गराउनुहुँदै, बाढीले प्रभावित स्रोतहरूको मर्मत कार्य चाँडै नै सम्पन्न हुनेमा विश्वास दिलाउनुभयो ।

मन्त्री यादवले बाढी र पहिरोले पुर्‍याएको क्षति र समस्याहरू समाधान गर्न स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले दक्षिणकाली नगरपालिकासँग सहकार्य गरी स्थानीय जनताका लागि खानेपानी समस्या समाधानमा ध्यान दिने उल्लेख गर्नुभयो । साथै, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि योजना तयार गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री यादव शनिवार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी पनि लिनुभएको थियो । सोही क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउनुहुँदै, समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । 

यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग पनि छलफल पनि गर्नुभएको उहाँ प्रेस सल्लाहकार आशुकुमार सर्राफले जानकारी दिनुभयो ।

दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

वीरगंज । बडा दशैं तथा शुभ दिपावलीकाे अवसरमा शनिबार वीरगंजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । वीरगंजस्थित घडिअर्वा पोखरीमा भएकाे कार्यक्रममा १८० जनाले आ आफ्नाे स्वास्थ्य परिक्षण गराएकाे राेट्याक्ट क्लब अफ युनाइटेड वीरगंजले जनाएकाे छ ।

रोट्याक्ट क्लब अफ युनाइटेड वीरगंजकाे आयाेजनामा भएकाे शिविरमा मधुमेह तथा रक्तचापकाे चेकजाँच गरिएकाे थियाे । शिविरमा नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहद्वारा चेकजाँचको गरिएको थियो ।

नेपाल फर्माका लापेन डेबिट्स डिभिजनले सहयाेग गरेकाे औषधि शिविरमा निःशुल्क रुपमा वितरण समेत गरिएकाे आयाेजक संस्थाका संस्थाका सचिव रो. संगम पण्डितले जानकारी दिए । 

रोट्याक्ट क्लब अफ युनाइटेड वीरगंजका अध्यक्ष सौरभ बर्णवालको अध्यक्षतामा भएकाे शिविरमा रजिश चौधरी, रोशनी भट्टराई, सुजल ठाकुर, ईशा अग्रवाल, अर्चि सर्रफ, आशिष भट्टराई, सर्मिला भण्डारी, डिकेश यादव, बादल कर्ण लगायतकाे सहयाेग रहेकाे थियाे ।

दक्षिणकालीवासीसँग ललितपुरमा पानी आपूर्तिका लागि सहयोग गर्न मन्त्री यादवको आग्रह

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि र नागरिकहरूलाई ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी लिने क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गर्नुभएको हो ।

“कोही प्यासले तड्पिनुपरेको छ भने, सकेसम्म सहयोग गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउनुहुँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “तपाईँहरूका समस्या के छन्रु म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

उहाँले हालको विपद्‌मा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताउनुभयो । “अविरल वर्षाले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । अहिले हामी सबै विपद्को सामना गर्दै छौँ, नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन् । तपाईँसँग पानीको स्रोत छ, त्यसैले तपाईँकै सहयोगले धेरैको जीवन सहज हुनेछ ।”

यस्तै, मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिनुभयो । “म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु ।”

उहाँले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड(जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल पनि गर्नुभयो ।

ललितपुर र दक्षिणकाली क्षेत्रमा स्वच्छ र नियमित पानी आपूर्तिको व्यवस्था गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, दीर्घकालीन समाधानमार्फत सबै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्याहरू सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतीका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट सङ्घीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईँहरू सहयोग गर्नुस् ।”

कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैबाट पानी सञ्चालन गरी दिन म तपाईँहरूसँग विषेश अनुरोध गर्दछु ।”

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीहरूको समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाउनुहुँदै मन्त्री यादवले आफ्नो लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनु भएको बताउनु भयो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रतिनिधीहरूलगायतका स्थानीयहरूले बाढीबाट भएका क्षतीलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजादा सङ्घीय सरकारले दक्षिणकाली नगरपालिकालाई बार्षिक बजेटमार्फत थप बजेट पठाउनु पर्ने माग राख्नु भएको थियो ।

आफ्ना मागहरू राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जतीबोला पनि तयार रहेको समेत उहाँहरुले प्रतिवद्धता जनाउनु भएको थियो ।

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

वीरगंज । पर्सामा चाडबर्पका बेला माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले व्यपारी र पसलेहरुलाई कडा निर्देशन दिएको छ ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक अपिलसहितको सूचना जारी गर्दैै दशैं, तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी ढंगले मूल्य बृद्धि नगर्न निर्देशन दिएका हुन् । उक्त सूचनामा कुनैपनि वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न, अखाद्य वस्तुको बिक्रि वितरण नगर्न, सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिइएको छ ।

यस्तै माछा मासु बिक्री गर्ने व्यपारीहरुले माछा मासु काट्ने र बिक्री गर्न राख्ने ठाँउ सफा राख्न,मासु काट्ने व्याक्तिले सफा एप्रोन लगाउन, चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम नबजाउन, पटकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न, जुवातास नखेल्न र नखेलाउनपनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यदि स्थानीय प्रशासनको यी आग्रह र निर्देशनको उल्लंघन भएको पाइएमा सम्बन्धित पसलल, संस्था वा व्याक्तिलाई कानुन अनुसार हुदैसम्मको कारबाही गरिनेपनि चेतावनी दिइएको छ । यसैगरि उक्त सूचनामा चाडपर्बका बेला अधिकारप्राप्त निकायले बजार अनुगमनलाई तिब्रता दिने र उपभोक्ताको अधिकार र हकलाई संरक्षण गर्ने प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन् ।

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

वीरगंज । ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाको केन्द्रिय कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरिएको छ । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका कर्मचारीहरुले असोज १८ गतेदेखि केन्द्रिय कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गर्नुका साथै धर्ना दिएका छन् ।

विगत ५/६ महिनादेखि विवादमा पर्दै आएको ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाले विवाद समाधान गर्न नसकेपछि कर्मचारी संगठनका पदाधिकारीहरुले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभी (मर्जर) भई २०८०/११/३० गतेबाट ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय संस्था लिमिटेडको नामवाट एकीकृत कारोवार शुरु भएको ३ महिना नवित्दै विवादमा परेको थियो ।

एकिकृत कारोबार शुरु भएको ७ महिना वित्नै लाग्दा हालसम्म सन्तोषजनक कारोबार भने हुन सकेको छैन । जहिलेपनि सँस्था विवादमा पर्दै आएको छ । दुईवटा लघुवित्त सँस्था एक आपसमा गाभेसँगै दुबै सँस्थाका कर्मचारीहरुको संगठन दुई चिरामा बाँडिएका थिए । दुबै संगठनले आ-आफ्नो छुट्टाछुट्टै माग राखेर आन्दोलन गर्दै आएका थिए ।

शुरुमा नेरुडे पट्किा लघुवित्तका कर्मचारी संगठनले कर्मचारीहरुको हकहितको लागि आन्दोलनमा उत्रिएकोमा मिर्मिरे पट्टिका कर्मचारी संगठनले पनि एक्यबद्धता जनाई आफ्नो स्वार्थ पुरा फर्किएका थिए । तर नेरुडे पट्टिका कर्मचारीहरु अहिलेपनि आन्दोलनमै छन् । उनीहरुले सँस्थासँग आबद्ध कर्मचारीहरुको हकहितको लागि आन्दोलनका कार्यक्रमहरुलाई थप सशक्त बनाउँदै केन्द्रिय कार्यालयमा तालाबन्दी गर्नसम्म पुगेका छन् ।

सँस्थामा देखिएको समस्या समाधानको लागि ‘नेरुडे मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाले भदौ २० गते एक पत्र जारी गर्दै ‘बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरे’ लाई केन्द्रिय कार्यालयमा वार्ताको लागि बोलाएकोमा भदौ २८ देखि ३१ गतेसम्म लगातार ४ दिनसम्म चलेको वार्ता निष्कर्षविहीन टुँगियो । सँस्थाका व्यवस्थापन पक्षले हालसम्म वार्तालाई निष्कर्षमा पुर्याउन सकेन, बरु सँस्थाको आडमा कर्मचारीलाई पेल्ने काम गरे ।

सँस्थाले संगठनको मागलाई सम्बोधन नगरी व्यवस्थापन पक्षबाट अनिश्चत तथा निष्कर्षविहीन वार्ता टुंग्याएर समस्या समाधान नगरिएकोमा तालाबन्दी गरिएको बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका अध्यक्ष रामप्रसाद ढुँगानाले जानकारी दिए ।

उनका अनुसार संगठनले आफ्नो विभिन्न माग सहित विरोका कार्यक्रमहरु गरि रहेको अवस्थामा सँस्थाले दोश्रो पटक असोज १६ गतेभित्र छलफल तथा अन्तरक्रियामा बस्ने वातावरण मिलाउने भनेपछि असोज ८ गतेदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको थियो । तर सँस्थाले असोज १६ गते पुनः अर्को पत्र जारी गर्दै संगठनका पदाधिकारीहरु छलफल तोकिएको स्थानमा प्रस्थान नगरी विरोधका कार्यक्रमहरु जारी नै राखेको हुँदा वित्तीय सँस्थाको व्यवसायिक कार्यसंचालनमा बाधा पुगेको भन्दै कारवाही गर्ने उर्दी नै जारी गर्यो ।

सँस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालद्वारा हस्ताक्षर गरि जारी गरिएको पत्रमा आन्दोलनरत संगठनका कर्मचारीहरुलाई कारवाही गर्ने उर्दी जारी गरेपछि संगठनले आन्दोलनलाई थप सशक्त बनाएको हो ।

संगठनले असोज १८ गते केन्द्रिय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी तथा धर्ना दिने, असोज २० देखि २२ गतेसम्म आधा दिन पेन डाउन गर्ने, असोज २३ गतेदेखि शाखा कार्यालयहरुमा ताल्चा बन्दी गरि कलष्टर तथा प्रदेश कार्यालयहरुमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो । तर सँस्थाले कर्मचारी संगठनको मागलाई सम्बोधन गर्नुको सट्टा काममा फर्किन उर्दी जारी गरेपछि संगठनले विरोधको कार्यक्रमलाई थप सशक्त बनाउँदै पेन डाउनको कार्यक्रमलाई स्थगित गर्दै तालाबन्दी एवं धर्ना कार्यक्रमलाई निरन्तरता दिएको हो ।

वार्ताको आयोजना नभएमा सामान्य तरिकाले आन्दोलन गरि दबाब दिने मनसायले संगठन विज्ञप्ती जारि गर्दा सँस्थाको केन्द्रिय कार्यालयले संगठनलाई धाक धम्की दिई आन्दोलन बिथोल्ने तथा संगठनको सहनशिलताको परकाष्ठा पार गर्न वाध्य बनाएको अध्यक्ष ढुँगानाको भनाई छ । सँस्थाले कर्मचारीहरुलाई दमन गर्ने, लिखित सम्झौताहरु कार्यन्वयन नगर्ने, कर्मचारीहरुलाई नोकर जस्तो व्यवहार गर्ने र सँस्थाको व्यवसायिक लक्ष्य तथा कर्मचारीहरुको भविष्य सुनिश्चित हुने कुरामा बाधा पुर्याउन उच्च व्यवस्थापन तत्पर देखिएकोले संगठनको पूर्व घोषित कार्यक्रमहरु परिमार्जन गरि थप आन्दोलनको कार्यक्रमहरु सुचारु गरिएको संगठनका महासचिव मुकेश प्रसाद यादवले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमहरु परिमार्जन गरि थप सशक्त बनाइएकोमा सो बाट संस्थालाई हुने क्षति तथा आन्दोलनको क्रममा हुन सक्ने सम्पूणर् अप्रिय घाटनाको जिम्मेवारी व्यवस्थापक स्वयम हुने संगठनको भनाई छ । संगठनले वार्ताको लागि पहल गरिदिनु हुन, आवश्यक सहयोग गर्न प्रदेश, कलष्टर तथा शाखा कार्यालयहरुलाई आग्रह समेत गरेको छ । त्यसको साथसाथै सँस्थामा देखिएको समस्यालाई समाधानको लागि आवश्यक पहल गर्न नेपाल राष्ट्र बैंक, श्रम तथा रोजगारको कार्यालय टेकु काठमाडौं तथा इलाका प्रहरी कार्यालय बनेपा-३ एवं प्रहरी प्रधान कार्यालय काठमाडौंलाई बोधार्थ पठाउँदै आग्रह गरेको छ ।