Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरी गाउँपालिकाको ५१ करोडको बजेट सार्वजनिक, आन्तरिक राजस्व ३० लाख मात्र

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५१ करोड ५४ लाख ६४ हजार ८५२ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार ठोरी–४ स्थित घेयाङ डाँडाको गाउँपालिका कार्यालयमा आयोजित १३औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा आन्तरिक राजस्वबाट ३० लाख रुपैयाँ, संघ सरकारको अनुदानमार्फत ३२ करोड ४१ लाख, प्रदेश सरकारको अनुदानबाट १ करोड ९५ लाख, संघ सरकारबाट राजस्व बाँडफाँडतर्फ ६ करोड ९७ लाख ७२ हजार र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ७७ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। साथै, सामाजिक सुरक्षा भत्ता शीर्षकमा संघ सरकारबाट ९ करोड ५० लाख रुपैयाँ आउने जनाइएको छ।

गाउँसभा अध्यक्षता गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय साह सोनार रहेका थिए। कार्यक्रममा पाँचवटै वडाका अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बजेटका विवरण र स्रोतबारे जानकारी गराएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...