Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगञ्जस्थित रेडक्रसद्वारा रक्तदान गर्न सार्वजनिक अपील

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले हाल रक्त अभावका कारण उत्पन्न समस्या समाधानका लागि आम नागरिकहरूलाई रक्तदान गर्न वा गराउन आग्रह गरेको छ।

गर्मीका कारण विभिन्न संघ–संस्थाबाट हुने रक्तदान कार्यक्रमहरूमा कमी आएको भन्दै सोसाइटीले विशेष अपील गर्दै वीरगञ्जस्थित रक्तसंञ्चार सेवा केन्द्रमा आउने थाईसिमिया, एनेमिया, डायलाइसिस उपचाररत बिरामी, सुत्केरी महिला, एचआइभी संक्रमित बिरामीहरूलाई रगतको चरम अभाव भएको उल्लेख गरेको छ।

रेडकसले रक्तदान शिविर सञ्चालन गर्नका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज र युवाहरूको सहयोग मागेको छ। साथै, महिला पुरुष सबै रक्तदातालाई वीरगञ्ज स्थित रक्तसंञ्चार केन्द्रमा पुगेर स्वेच्छिक रक्तदान गर्न हार्दिक अनुरोध गरिएको छ।

रेडकस पर्सा शाखाका मन्त्री विनोद गिरिले हस्ताक्षर गरेको अपीलमा भनिएको छ, “रक्तदान जीवनदान हो।”

रक्तदानका लागि इच्छुक व्यक्तिहरूले नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखा, वीरगञ्जमा सम्पर्क गर्न सक्नेछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...