Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Home Blog Page 269

जिराभवानीमा ६१ जनाद्वारा रक्तदान

ओमप्रकाश चाैधरी/
सेढवा । थारु संम्बत २६४९ नयाँ बर्ष एवम् माघी/खिचड़ीको अवसरमा साेमबार जिराभवानी गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

जिराभवानी गाँउपालिका वडा नं. १ पकडीटोलामा भएको कार्यक्रममा ५ महिला सहित ६१ जनाले रक्तदान गरेका रक्त संचार केन्द्र वीरगंजका प्राबिधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

आयोजक संस्थाका अध्यक्ष गोबिन्द चौधरीको अध्यक्षता तथा जिराभवानी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामशरण ख्वास थारुको प्रमुख आतिथ्यमा भएकाे रक्तदान कार्यक्रममा जिराभवानी गाँउपालिकाका पूर्व उपाध्यक्ष उषा देवी थरुनी, वडाध्यक्ष महादेव महतो थारु, पूर्व वडाध्यक्ष उमेश कुमार सिंह लगायतको उपस्थिती रहेकाे थियाे ।

यूवा समाज पकडीटोलाको आयोजनामा हुन गरिरहेका माघी/खिचड़ी बिशेष कार्यक्रमको अवसरमा सो रक्तदान कार्यक्रम भएको थियो ।

बहुदरमाईकाे समस्या समाधान भएन, कर्मचारीकाे तलब भुक्तानी गर्न सिडियाेले लेखे पत्र

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बहुदरमाई नगरपालिकाकाे शिक्षक/कर्मचारीको तलब भत्ता भुक्तानीको 
व्यवस्था गर्न आग्रह गरेका छन् ।
 
प्रमुख जिल्ला अधिकारी अर्यालले आइतबार एक पत्र लेख्दै विगत ६ महिनादेखि तलब भत्ता नपाएका शिक्षक/कर्मचारीकाे तलब भत्ता भुक्तानीकाे व्यवस्था गर्न नगर प्रमुख सिंगासन साह तेलीलाई आग्रह गरेका हुन् । अधिकारी अर्यालले नगर प्रमुख तेलीलाई लेखेकाे पत्र गृह मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत वाेधार्थ गरिएकाे छ । 
 
लामाे समय सम्म बहुदरमाई नगरपालिकाकाे समस्या समाधान नहुँदा अधिकारी अर्यालयले लिखित रुपमै कर्मचारीकाे तलब भत्ता भुक्तानी गर्न, जाडोयाममा विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य अगाडी बढाउन तथा विधार्थीहरुको दिवाखाजा लगायतका शैक्षिक कृयालापहरु नियमित रुपमा अगाडी बढाई पठनपाठन सहज बनाउन आग्रह गरेका हुन् ।
 
बहुदरमाई नगरपालिका अन्तर्गत कार्यरत शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले विगत ६ महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् । नयाँ आर्थिक मसान्त सुरु भएदेखि नै नगरपालिका अन्तर्गतका कर्मचारीहरु तलब भत्ता नपाएपछि आवश्यक सहजीकरणका जिल्ला प्रशासन कार्यालयमा समेत त्यहाँ केही व्यक्तिहरुले निवेदन, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाएका थिए ।
 
साे विषयमा नगर प्रमुख लगायत जिम्मेवार पदाधिकारीहरुसँग विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भइसकेकाे छ ।
 
जाडोयाममा नागरिकहरु शितलहरबाट प्रभावित हुन सक्ने सम्भावना समेतलाई मध्यनजर गरी मिति २०८१-०८-१६ मा भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट समेत यस विषयमा नगरपालिका जिम्मेवार व्यक्तिहरुकाे ध्यानाकर्षण गराईएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
जिल्ला प्रशासनले जनाए अनुसार  नगरपालिकाको नगरसभा सम्पन्न भएको तर सभाबाट पारित निर्णयहरु प्रमाणिकरण गर्ने, अख्तियारी प्रदान गर्ने र खाता संचालन जस्ता प्रकृयागत विषयहरु अगाडी नबढेका कारण वजेट कार्यान्वयनको सुरुवाति चरण अवरुद्ध भएको छ ।
 
शिक्षकहरुले तलब नपाएका, विधार्थीहरुको दिवाखाजा लगायतका विषयहरु र अन्य शैक्षिक/अतिरिक्त क्रियाकलापहरु रोकिन पुगेको देखिन्छ । यिनै विषयहरु तथा नगरपालिकाको आन्तरिक अवस्थालाई इंगित गर्दै विभिन्न समयका धर्ना, विरोध प्रदर्शन जस्ता कृयाकलापहरु पनि भए गरेका देखिन्छ र सो सन्दर्भमा भएका अवाञ्छित क्रयाकलापहरुका वारेमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान कार्य समेत भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
यसरी लामो समय देखि राष्ट्रसेवकहरुले नियमित रुपमा कार्यसम्पादन गरिरहेका तर काम गरेवापत पारिश्रमिक नपाएका, शितलहरबाट नागरिकहरु प्रभावित वनेका, विद्यार्थीहरु राज्यद्वारा प्रदत दिवाखाजाको सुविधावाट वञ्चिच भएका छन भने शिक्षा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनसँग सम्बन्धित अन्य कृयाकलापहरु समेत प्रभावित हुन पुगेका छन ।
 
यी विषयहरु आफैमा संवेदनशील विषय रहेका र प्रकरान्तमा जिल्लाको शान्ति सुरक्षासँग सम्बन्धित रहेको तथ्य निर्विवाद छन । नगरपालिकाको तर्फबाट यी विषयहरुमा तत्काल सहजीकरण नभए स्थिति थप जटिल बन्‍न जाने देखिएको छ ।
 
तर त्यँही नगरपालिका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री समेह हुँदा नगरपालिकाकाे समस्या समाधान हुन सकेकाे छैन् । केही दिन पहिला मात्र विद्यार्थीहरुद्वारा नगरपालिका कार्यालयमा भएकाे ताेडफाेड तथा आगजानीमा एक कराेड जतिकाे क्षति भएकाे थियाे । तै पनि हाल सम्म त्यहाँकाे समस्या समाधान हुन सकेकाे छैन । 

युवा संघ नेपालकाे वीरगंज महानगर भेला सम्पन्न, चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगर स्तरिय भेला शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न भेलाले तारकेश्वर चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय युवा संघ नेपाल वीरगंज महानगर कमिटी गठन गरेकाे छ ।

गठित कमिटीकाे उपाध्यक्षमा अखलेश गुप्ता, सचिव मधु सिह, सह सचिव नागेश्वर यादव, काेषाध्यक्ष जयप्रकाश मण्डल, पपु कुमार महताे, दिपेश सर्राफ, सुनिल पटेल, राेशन साह, मनाेहर गिरी, राजेश मण्डल रंजित यादव, कृष्णा पटेल, विकास यादव, विपिन महताे, राजु पटेल, शक्ति कुमार गुप्ता लगायतका सर्वसहमत चयन भएका छन् ।

 नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका सह ईन्चार्ज मनाेज चाैधरीकाे अध्यक्षता सम्पन्न भेलाकाे उद्घाटन नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य‍ नगेन्द्र चौधरी चाैधरीले गरेका थिए ।

 भेलालाई सम्बाेधन गर्दै नेता चाैधरीले युवाहरुकाे निर्देशनलाई पार्टीले आफ्नो म्यान्डेट बनाएर अगाडी बढने बताए । उनले पार्टीले युवाहरुलाई काम गर्ने दिने  र राजनितीकाे अग्र मोर्चामा राख्ने नीति लिएकाेले युवाहरुले देशकाे मुहार फेर्न नेतृत्व लिनु पर्ने कुारामा जाेड दिए ।

वीरगंज नगर सभागृहमा भएकाे भेलालाई नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका ईन्चार्ज बालगाेपाल थापा, पार्टीका युवा नेता मंंजुर आलम, युवा संघका केन्द्रिय सदस्य सन्जु चाैधरी, जयशंकर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे भने भेलाकाे सहजिकरण समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवानले गरेका थिए ।

चोर नेताहरुका कारण वीरगंजकाे विकास भएन, अब चुप लागेर बसिदैन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) पर्साकाे आयाेजना शनिबार वीरगंजमा भ्रष्टाचार विरुद्धकाे खबरदारी सभा सम्पन्न भएकाे छ । वीरगंजलाई आर्थिक राजधानी बनाउने संकल्प सहित वीरगंजकाे घण्टाघर नजिक रहेकाे वीपी उद्यानमा भएकाे सभालाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले वीरगंजसंग सबै नेताहरुले धाेका दिएकाे वताए ।

उनले मुलुककाे परिवर्तनमा वीरगंजकाे अग्रगामी भुमिका रहेपनि चाेर नेताहरुकाे कारण वीरगंजकाे विकास नभएकाे आराेप लगाए । उनले भने, ‘पहिले शिक्षा आर्जन गर्न, उपचार गर्न वीरगंज आउथ्यो । हराभरा थियो । वीरगंजकाे घण्टाघर आजको होईन । नारायणी अस्पताल आजको होईन, कृषि औजार कारखाना आजको होईन, चिनीमिल आजको होईन । जतिपनि पूर्वाधारहरुमा आँखा उठाउनुस यी सबै पहिलेकै हो । भने, यी चोर नेताहरुले के गरे म प्रश्न गर्न चहान्छु ।’

उनले थपे, ‘आज नारायणी अस्पतालको दूरदशा किन भयो ? पार्टीका दलाल र झोलेहरूलाई प्रश्न गर्न चाहान्छु । ठाकुरराम विश्वविद्यालय हुन्छ कि हुदैन ?’ सरकारले लुट्ने मात्रै काम गर्ने । यसको रिटर्नीङ केही पनि नदिने सरकारको पहिला भएका जति पनि सम्पत्तिहरु छन् त्यसको रक्षा पनि नहुने आज बेचेर खाने यी नेतहरुलाई प्रश्न गर्ने कि नगर्ने ? अब वीरगंज जागेको छ । चुप लागेर बस्दैन ।’

बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा वीरगंजमा केही पनि विकास नहुनु चोर र दलाल नेताहरु कारक रहेको दोषारोपण गरे । वीरगंजबाट देशको आधा राजस्व लिने तर वीरगंजलाई भने केही पनि प्रतिफल नदिने राज्यसँग अब वीरगंज चुप लागेर नबस्ने चेतावनी दिए । उनले अब प्रभु साह पनि चुप लागेर नबस्ने वताए ।

पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले वीरगंजलाई आर्थिक राजधानी बनाउन दबावकाे लागि पनि खबरदारी सभा गरिएकाे वताए । उनले देशकाे प्रशासनिक राजधानी काठमाडाैं हुने र आर्थिक राजधानी वीरगंज किन नहुने प्रश्न गर्दै वीरगंजलाई आर्थिक राजधानी बनाउन सरकारसंग माग समेत गरे ।

अध्यक्ष साहले संविधान गलत बन्यो भन्दा गोली ठोक्ने सरकारले नै संविधान संसोधन गर्छु भन्नु हास्यास्पद रहेको बताए । जनताको बलमा राजा फालेका नेताहरु नै अहिले राजा बनेको उनको भनाई थियाे ।

नेता साहले संविधान गलत बनेकोले सच्याउन माग गर्दा मधेसी जनतालाई गोली ठोक्ने कांग्रेस र एमाले अहिले संविधान संसोधन गर्ने भनेर गठबन्धन बनाएको टिप्पणी गरे । जनतालाई पटक पटक धोका दिने कांग्रेस एमालले अब वीरगंजलाई प्रयोग नगर्न चेतावनी दिए ।

आजपाका युवा नेता विश्वराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, माैलापुर नगरपालिकाकी मेयर रिना साह लगायतका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु सहित हजाराैंकाे सहभागिता रहेको थियो ।

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था वीरगंजकाे १३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाकाे बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा संस्थाको कुल कारोवार रु ८२ करोड ६३ लाख ०७ हजार ७ सय ८० रुपैया रहेको वताए । 

उनले संस्थाको शेयर पुजि रु ३ करोड २९ लाख १४ हजार २ सय, बचत रकम रु. ६३ करोड ७८ लाख ४० हजार ५४, जागेडा तथा विभिन्न कोषहरु रु ४ करोड १६ लाख ८७ हजार ७ सय १७ पुऱ्याउन संस्था सफल रहेको जानकारी दिए । यसैगरी आर्थिक बर्ष २०८०/०८१ मा ऋण लगानी रु.५६ करोड ५२ लाख ११ हजार १२ रहेकोमा नाफा रु. १ करोड २८ लाख १९ हजार ९ सय ३६ रुपैया हुन गएको अधिकृत चाैरसियाले वताए ।

साथै संस्थाको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको र सो जग्गामा १ वर्ष भित्र भवन निर्माण गर्ने योजना रहेको अधिकृत चौरसियाले बताए ।

उनले प्रविधीमैत्री सेवा, स्मार्ट सदस्य अन्तर्गत संस्थाको सेवालाई क्रमश: क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियान थालिएको वताए । उनले भने “यसका लागि प्रविधीमैत्री सेवालाई द्रुत गतिमा अगाडि बढाएका छौं । हालसम्म २२० जनाले एटिएम सेवा, १११३ जनाले मोवाईल बैंकिङ्ग, ४३३ जनाले एस.एम.एस. सेवा र २५५ जनाले Quick Response Code (क्यू आर कोड) प्रविधीको प्रयोग गरिरहेका छन् ।” 

संस्थाको वेबसाईट, फेसबुक अकाउण्ट, यूटयूब च्यानल, टिकटक र इन्स्टाग्रामलाई समय सापेक्ष परिमार्जन गर्दै सदस्य सेवा र वस्तुहरुको प्रचार प्रसार र सहज रुपमा सूचना दिने माध्यमको रुपमा विकास गरिरहेको छ । अहिले संस्थाले प्रविधितर्फ मोवाईल बैकिंग, (क्यू आर कोड), एटिएम सेवा, एस.एम.एस. सेवा, मोबाईल टब, संचालनमा रहेको र यस प्रविधिहरुलाई थप उत्कृष्ट बनाउदै लगने प्रमुख कार्यकारी अधिकृत चौरसियाले जानकारी गराए ।

हकारी संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यकाे अध्यक्षतामा भएकाे साधारण सभाकाे उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका संघ चालक शम्भु गुप्ताले गरेका थिए ।

साधारण सभा उद्घाटन समाराेहमा बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व संचालक सदस्य हरेराम पटेल, को-अपरेटिभ म्यानेजर्स कल्व पर्साका संस्थापक अध्यक्ष र बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिस्णु बराल, को-अपरेटिभ म्यानेजर्स कल्व पर्साको अध्यक्ष रविभुषण श्रीवास्तव, साकोसका अध्यक्ष डिल्ली विकम कार्की, स्वच्छ साकोसका अध्यक्ष श्री पवन अग्रवाल, राष्ट्रिय सहकारी बैंक लि. विरगंज शाखा प्रमुख संजय महतो, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन फिल्ड कार्यालय पर्साको प्रमुख गौतम साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साधारण सभा मै उत्कृष्ट सदस्य शोभा कुमारी, मधु चौधरी र शरधा मान्धर उपहार सहित सम्मान समेत गरिएकाे थियाे । स्वागत मन्तव्य सहकारी संस्थाका सुरेन्द्र प्रसाद चाैरसियाले राखेका थिए भन्ने कार्यक्रमका संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए  

गोल्डेन फ्युचरमा आर्थिक साक्षरता सम्बन्धि प्रशिक्षण

वीरगंज । लायन्स क्लब वीरगंज सेंट्रल सिटी र लायन्स क्लब प्रभु अस्पतालको संयुक्त आयोजनामा वीरगंजकाे गोल्डेन फ्युचर सेकन्डरी स्कुलमा बुधबार आर्थिक साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष डा. लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक कबिता खड्का, एरिया चिफ लायन श्याम गुप्ता, प्रभु बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आर्थिक साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष दिगम्बर गुप्ता, डा. निरञ्जन साह, निर्देशक डा. उमेश चौरासिया र प्रभु बैंक मधेस प्रदेशका प्रमुख भूषण गुप्ता, चन्दन गुप्ता, मुकेश गुप्ताको लगायकाे पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले आर्थिक साक्षरताको महत्त्वबारे आफ्ना विचार राख्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । आयोजकहरूले आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा गोल्डेन फ्युचर सेकन्डरी स्कुलका कक्षा ९ र १० का करिब ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

हरपतगञ्जबाट ५० केजी लागु औषध गाँजा सहित ४ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित पांच जनालाई नियन्त्रणमा लिएकाे छ । विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार राति ९:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. २० हरपतगञ्जबाट ५० केजी गाँजा सहित पांच जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ पर्नेमा पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. १ बिश्रामपुर निवासी ४० बर्षिय पारस यादव, साेही ठाउँ निवासी ५२ बर्षिय मैनादिन मियाँ, बहुदरमाई नगरपालिका कै वडा नं.७ तिकुलिया निवासी ३६ बर्षिय अकवर मियाँ र वडा नं.७ कै छप्कैया निवासी ४५ बर्षिय शिव महताे रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

हरपतगञ्ज चोक स्थित सडक भन्दा पांच सय मिटर पश्चिमपट्टी कुलोको बाटो हुँदै चार जना अपरिचित मानिसहरू टाउकोमा लागु औषध गाँजा बोकी जाँदै गरेको अवस्थामा पांचै जनालाई नियन्त्रणमा लिईएकाे प्रवक्ता लम्सालले वताए ।

उनका अनुसार पक्राउ परेकाहरुकाे साथबाट प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिकले बेरी राखिएको लागु औषध गाँजा ४ पोकामा अं.५० के.जी.फेला परेकाे हाे । निजहरूलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

बरियारपुरमा ४ महिला सहित ५२ जनाद्वारा रक्तदान

वीरगंज । जनजागरण युवा क्लब बरियारपुर बाराको २७ औं वार्षिकाेत्सवकाे अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । महागढीमाई मन्दिर नजिकै भएको कार्यक्रममा ४ महिला सहित ५२ जनाले रक्तदान गरेकाे आयाेजकले जनाएकाे छ ।

जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको उद्घाटन गरेका थिए । साे अवसरमा जनजागरण युवा क्लबका कार्यकारी निर्देशक डा. श्रीनिवास बैठा, उपाध्यक्ष राजदेव साह लगायतको विशेष उपस्थिति रहेकाे थियाे । 

कार्यक्रममा रिना कुमारी, गङ्गा थापा, मिना गुप्ता,अवधेश प्रसाद यादव, बाबुराम प्रसाद यादव, नवराज घिमिरे, नरेश प्रसाद साह, मुन्द्रिका चौरसिया, सुरेश यादव, पवन सहनी लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा संयाेजक अभिलाष गुप्ता, रक्त संचार केन्द्र वीरगंजका मनिष गुप्ता, नितेश यादव, लिलाधर साह, समिर अलि लगायतकाले प्राबिधिक सहयोग गरेका थिए ।

पर्साका २५० विपन्न परिवारलाई कम्बल वितरण

वीरगंज । बढ्दो चिसोलाई मध्यनजर गरी पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा बुधबार कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा, उद्योग वाणिज्य संघ र रेडक्रस सोसाइटीको सहकार्यमा बुधबार बढ्दो चिसोलाई मध्यनजर गरी कम्बल वितरण गरिएको हो ।

बढ्दो चिसोलाई मध्यनजर गरी सिसियाडीका दुई सय ५० जना विपन्न परिवारलाई कम्बल वितरण गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । बढ्दाे चिसाे र शितलहरबाट प्रभावति विपन्न परिवारलाई जिल्ला विपथ व्यवस्थापन समितिकाे तर्फबाट कम्बल वितरण गरिएकाे उनले वताए ।

सिसियाडीमा कम्बल विरतण गर्न प्रमुख जिल्ला अधिकारी अर्याल सहित पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, सुमन कुमार कार्की, प्रहरी उपरिक्षक कुमाेद ढुंगेल, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, जिल्ला प्रशास कार्यालयका प्रशासकीय अधिकृत दीपक पटेल, सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेल लगायत पुगेका थिए ।

रेडियो पाेखरियाका गुप्तासहित मधेशका पांच पत्रकार सम्मानित

पाेखरिया । भारत विहारकाे वैशालीमा सार्क जर्नलिस्ट फाेरम (इन्टरनेशनल) कन्फरेन्स २०२५ इन्टरनेशनल आवार्ड सेरेमनी सम्पन्न भएकाे छ । सार्क जर्नलिस्ट फाेरमले आयाेजना गरेकाे कार्यक्रममा पर्साका पत्रकार शैलेश गुप्तासहित मधेस प्रदेशका ५ जना पत्रकार सम्मानित भएका छन् ।

सम्मानित हुनेमा रेडियो पाेखरियाका कार्यरत पत्रकार शैलेश गुप्तासंगै वीरगंजका पत्रकार दिपेन्द्र प्रजापति, चन्दन महताे, पूजा जयसवाल र मेवालाल यादव रहेका छन् । कार्यक्रमकी प्रमुख अतिथी मरिससका पूर्व उपप्रधानमन्त्री हरेष बुद्धुकी पत्नि डाक्टर सरिता बुद्धुले सम्मानित गरेकी हुन्।

कार्यक्रमलाई सम्बाेधन गर्दै डाक्टर बुद्धुले सञ्चारमाध्यम लोकतन्त्रको चौथो खम्बा भएकोले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन । संचारकर्मी समाजकाे ऐना भएकाे वताउँदै उनले पत्रकारले जहिले पनि सत्य र तथ्यमा अधारित समाचार लेख्नु पर्ने वताइन ।

सार्क जर्नलिस्ट फाेरम बिहारका अध्यक्ष डाक्टर शशीभुषण सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा भारत, नेपाल, भुटान, मरिसस, माल्दिभ्स, श्रीलंकाका पत्रकारहरु सहभागी थिए ।

कार्यक्रममा उच्च न्यायलय पटनाका पूर्व न्यायाधीश राजेन्द्र प्रसाद, डाक्टर अनिल सुलभ लगायतका उच्च पदस्थ व्याक्तित्वहरुकाे पनि सहभागीता थियाे । कार्यक्रममा सहभागिहरुलाई वैशालीको विभिन्न ऎतिहासिक, धार्मिक एवं सास्कृतीक स्थलमा अवलोकन तथा भ्रमण समेत गराइएकाे थियाे ।