Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

जिराभवानीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा घरेलु विवादका क्रममा आफ्नै श्रीमतीको ज्यान लिएका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही ठाउँ निवासी ३२ वर्षीय जितेन्द्र माझी मुसहर रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका मुसहरले मादक पदार्थ सेवनको अवस्थामा श्रीमती असपतलीया देवी मुसहरमाथि हातपात तथा लाठीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । घटनाबारे अस्थायी प्रहरी पोष्ट शंकरसरैयामा जानकारी मिल्ने बित्तिकै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीको सक्रियतामा भाग्ने प्रयासमा रहेका अभियुक्तलाई घेराबन्दी गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले  जानकारी दिएको छ ।

साथै, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट SoCo टोली खटाई घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ।

पक्राउ परेका मुसहरलाई कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...