Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 251

जय गुरुदेव एकाडेमीकाे दोस्रो वार्षिकोत्स भव्य रुपमा सम्पन्न

वीरगंज । पर्साको कालिकामाइ गाउँपालिकामा रहेको जय गुरुदेव एकाडेमी स्कूलकाे दोस्रो वार्षिकोत्स शनिबार भव्य रुपमा सम्पन्न भएकाे छ । विद्यालय परिसर मै वार्षिकोत्सबको अवसरमै भएकाे कार्यक्रमकाे उद्घाटन पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य सिंगासन साह कलवारले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री कलवारले मुलुककाे शिक्षा क्षेत्रमा निजि विद्यालयहरुकाे ठुलाे याेगदान रहेकाे वताए । उनले यस स्कूलका विद्यार्थीहरुकाे प्रस्तुती देखेर आफू खुशी भएकाे बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्व मन्त्री कलवारले ग्रामिण भेगमा रहेकाे याे विद्यालय राम्राे गरेकाे र अझै राम्राे गर्नु पर्ने शुभकामना दिए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, वक्तृत्वकला, गायन, सामाजिक संदेश दिने खालका सामूहिक ड्रामा लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

स्कूलका सञ्चालक रामबाबु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार गुप्ता, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार, विद्यालयका विजय शाह, बलिराम शाह, सुनिल कुशवाहा, विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका र स्थानिय सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

साेही कार्यक्रम मै विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेता विधार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हितेश राणा थापाले जानकारि दिए ।

नौतन बहुअरीमा २१ महिला सहित १०१ जनाद्वारा रक्तदान

जल दिवस : आउन सक्ने पानीको समस्या बारे के भन्छन ई. चन्द्रवंशी ?

वीरगंज । आज विश्व जल दिवस । मार्च २२, २०२५ को दिन मनाइने विश्व जल दिवसकाे यस बर्षकाे मुख्य नारा “हिम नदि सरंक्षण” रहेकाे छ । जल दिवसको अवसर मै आयाेजित एक कार्यक्रममा वाेल्दै जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका साहायक हाईड्रोलोजिस्ट इन्जिनियर बरमेश चन्द्रवंशीले पानीकाे बचत जरुरी रहेकाे वताएका छन् ।

पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५  बिरन्चीबर्वा निवासी इ. चन्द्रवंशीले विश्व जल दिवसको अवसरमा आयाेजित कार्यक्रममा आफ्नाे प्रस्तुती दिदै विरगंज लागायत पर्साको अन्य गाउँमा भूमिगत पानीकाे समस्या हुने भएकाेले पानीकाे बचत गर्नु पर्ने धारणा राखेका हुन् ।

उनले भूमिगत पानीको समस्या (Ground Water Depletion in Parsa) मा हुनुको कारण तथा तीनका समाधानको समेत र्चाचा गर्दै पानी को महत्व व्यङ्गागतम शैलीमा तल उल्खेखित अनुसार प्रस्तुत गरे ।

save water !

पानी हजुर बुवाले नदिमा देख्नु भयो,
बुवाले इनारमा देख्नु भयो,
हामीले धारामा देख्यौँ,
हाम्रा छोराछोरीले बोतलमा देख्नेछन,
हाम्रा नातानातिनाले क्याप्सुलमा देख्नेछन,
यदि हामीले अझै बेवास्ता गर्यो भने एक दिन आँसुमा मात्र देखिनेछ ।

उनले अवको केही दिनमा फेरी पनि पानीको समस्य आउने सक्ने अनुमान गरेका छन् । अहिले देखी आउन सक्ने पानीकाे समस्याबाट जाेगिन उपायकाे बारेमा साेच्नु पर्ने पालिकाका जनप्रतिनिधिहरुलाई इ. चन्द्रवंशीले सुझाव दिएका छन् ।

प्रचण्डको अभिव्यक्ति प्रती नेता चौधरीको आपत्ति

वीरगंज । नेकपा (एकीकृत समाजबादी )का केन्द्रिय सदस्य एवं पर्सा जिल्ला सह- इन्चार्ज मनोज चौधरीले नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति प्रती आपती जनाएका छ्न ।

जनतासंग माओवादी तराई मधेश जागरण अभियान अन्तरगत वीरगंज पुगेका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतले गरेको फैसला बमोजिम बिरगंज सडक फराकिलो गर्न नहुने अभिव्यक्ति प्रती केन्द्रिय सदस्य चौधरीले आपती जनाएका हुन ।

नेता चौधरीले कालिका टाइम्ससंग कुरा गर्दै वीरगंजको मेन रोडको बाटो फराकिलो गर्न आवश्यक नहेको प्रचण्डको अभिव्यक्ति वीरगंजको बिकास बिरोधी अभिव्यक्ति भएको बताउँदै मेन रोड फराकिलो बनाउने अभियानमा कसैले अवरोध गर्न नहुने वताए ।

चौधरीले मधेस प्रदेशमा जागरण अभियानमा रहेर प्रचण्डले मधेसकै बिकासमा बाधा पुग्ने गरि दिएको अभिव्यक्तिले आफू दुखित भएको बताउँदै उनको अभिव्यक्तिले वीरगंज मेन रोड फराकिलो अभियानमा असर नपर्ने भएकोले कोइ कसैलाई बिचल्लीत नहुन आग्रह समेत गरेका छ्न ।

नेता चौधरीले प्रचण्ड पुत्रि मेयर रहेको महानगरपालिका भरतपुरको मेन रोडको बाटो फराकिलो भइ सौन्दरिकरन भएको र अरु कोइ मेयर भएको ठाउँमा सडक फराकिलो गर्न नहुने अभिव्यक्ति दिनु हास्यास्पद भएको प्रतिक्रिया दिएका हुन् ।

लोकतन्त्रको बहानामा स्ववियु: शिक्षाको हत्यारा कि नेताको कारखाना ?

-प्रभाकर साह
नेपालको शिक्षा प्रणालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई लोकतन्त्रको सुन्दर पहिचानको रूपमा प्रस्तुत गरिन्छ। यो प्रणालीले विद्यार्थीहरूलाई आफ्नो आवाज उठाउने, नेतृत्व विकास गर्ने र शैक्षिक सुधारका लागि योगदान दिने अवसर प्रदान गर्छ भन्ने दाबी गरिन्छ। तर, के यो वास्तवमै लोकतान्त्रिक अभ्यास हो, वा केवल राजनीतिक दलहरूको स्वार्थ पूरा गर्ने बहाना मात्ररु गहिरो विश्लेषण गर्दा स्ववियुको चरित्र स्पष्ट हुन्छ—यो या त शिक्षाको गुणस्तर र भविष्यको हत्यारा हो, वा राजनीतिक नेताहरूको उत्पादन गर्ने कारखाना। दुवै अवस्थामा, यसले नेपालको शैक्षिक क्षेत्रलाई गहिरो संकटमा धकेलेको छ।

“शैक्षिक प्रणाली सुधारको कडी विद्यार्थी कल्याणमा निहित छ,
न कि राजनीतिक स्वार्थको अखडामा बन्दी बनाइराख्नुमा।”

नेपालको शैक्षिक क्षेत्रमा स्वतन्त्र विद्यार्थी युनियन चुनाव एक यस्तो प्रक्रिया हो, जसले विद्यार्थी प्रतिनिधित्व र लोकतन्त्रको नाममा ठूलो महत्त्व राख्छ। यो प्रणालीले विद्यार्थीहरूलाई आफ्ना आवाज उठाउने र शैक्षिक सुधारका लागि नेतृत्व प्रदान गर्ने अवसर दिन्छ भन्ने मान्यता राखिन्छ। तर, यो प्रक्रियाको गहिरो विश्लेषण गर्दा यसका सकारात्मक र नकारात्मक पक्षहरू स्पष्ट हुन्छन्, जसले नेपालको शिक्षा प्रणाली र राजनीतिक संरचनाको जटिल सम्बन्धलाई उजागर गर्छ। साथै, विकसित राष्ट्रहरूको शिक्षा प्रणालीसँग तुलना गर्दा नेपालले लोकतान्त्रिक प्रतिनिधित्वको नाममा किन शैक्षिक समस्याहरूको सामना गरिरहेको छ भन्ने प्रश्न पनि उठ्छ। नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको कुरा कसैबाट लुकेको छैन। अपर्याप्त बजेट, शिक्षक प्रशिक्षणको कमी, र ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच जस्ता समस्याहरू चर्चामा छन्। तर, यी सबैभन्दा माथि उभिएको एउटा यस्तो समस्या छ, जसले शैक्षिक वातावरणलाई नै प्रदूषित बनाइरहेको छ—स्वतन्त्र विद्यार्थी युनियन। यो संगठन, जुन सुरुमा विद्यार्थीको हित र शैक्षिक सुधारका लागि गठन भएको थियो, आज राजनीतिक हस्तक्षेप र अराजकताको पर्याय बनेको छ।

स्वतन्त्र विद्यार्थी युनियनको स्थापना सन् १९६५ मा त्रिभुवन विश्वविद्यालयमा भएको थियो। प्रजातन्त्रको पुनर्स्थापनापछि विद्यार्थीहरूलाई आफ्नो आवाज उठाउने मञ्च दिने उद्देश्यले यो संगठन बनेको थियो। सुरुका दिनमा स्ववियु ले क्याम्पसमा छात्रवृत्ति, पुस्तकालय सुविधा, र शैक्षिक गुणस्तर सुधारका लागि आवाज उठाएको इतिहास छ। तर, १९७० को दशकदेखि नै राजनीतिक दलहरूले यसलाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउन थाले। नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, र अन्य दलका भ्रातृ संगठनहरूले स्ववियु लाई आफ्नो राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलो बनाए, जसले यसको मूल चरित्र नै बदलियो। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव त्रिभुवन विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूमा हरेक दुई वर्षमा हुने परम्परा हो। यो प्रक्रिया सतहमा विद्यार्थीहरूको स्वायत्त नेतृत्व र लोकतान्त्रिक अभ्यासको प्रतीक देखिन्छ। तर, वास्तविकतामा यो चुनाव प्रमुख राजनीतिक दलहरूको प्रभाव र नियन्त्रणमा हुन्छ। नेपाल विद्यार्थी संघ ९नेपाली कांग्रेस०, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९नेकपा एमाले०, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ९माओवादी केन्द्र० जस्ता संगठनहरूले आफ्ना मातृदलको नीति र स्वार्थलाई प्रतिबिम्बित गर्छन्। यी युनियनहरूले विद्यार्थीहरूलाई राजनीतिक प्रशिक्षणको मैदान बनाएका छन्, जहाँ भविष्यका नेताहरू जन्मिन्छन्—जस्तै शेरबहादुर देउवा, गगन थापा वा योगेश भट्टराई।

यो सम्बन्धको सकारात्मक पक्ष के हो भने, विद्यार्थी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। २००४ सालको जयतु संस्कृतम् आन्दोलनदेखि २०४६ र २०६२र६३ को जनआन्दोलनसम्म विद्यार्थीहरूले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लडेर लोकतन्त्र स्थापनामा योगदान दिएका छन्। तर, नकारात्मक पक्ष यो हो कि आजका दिनमा यी युनियनहरू शैक्षिक सुधारभन्दा पनि राजनीतिक शक्ति प्रदर्शन र गुटबन्दीको औजार बनेका छन्। चुनावको समयमा हुने हिंसा, क्याम्पस प्रशासनको तालाबन्दी र नक्कली विद्यार्थी भर्ना जस्ता घटनाहरूले यो प्रणालीको विकृति झल्काउँछ।

स्ववियु को सबैभन्दा ठूलो कमजोरी भनेको यसको अत्यधिक राजनीतिकरण हो। हरेक वर्ष त्रिभुवन विश्वविद्यालय र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हुने स्ववियु निर्वाचनमा करोडौँ रुपैयाँ खर्च हुने गरेको अनुमान छ। सन् २०१७ को एक अध्ययनअनुसार ९स्रोतस् नेपाल विद्यार्थी युनियनको आन्तरिक प्रतिवेदन०, एउटा क्याम्पसको निर्वाचनमा मात्र औसतमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ, जुन प्रायः राजनीतिक दलहरूले उपलब्ध गराउँछन्। यो पैसा प्रचार, भोजभतेर, र कहिलेकाहीँ मतदाता प्रभावित गर्न प्रयोग हुन्छ।

राम्रा पक्षहरू
लोकतान्त्रिक अभ्यास
स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० ले विद्यार्थीहरूलाई मतदान र नेतृत्व चयनको अनुभव प्रदान गर्छ, जुन लोकतन्त्रको आधारभूत सिद्धान्त हो। यो प्रक्रियाले विद्यार्थीहरूलाई सानै उमेरमा लोकतान्त्रिक मूल्य र मान्यताहरूको अभ्यास गर्ने अवसर दिन्छ। उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा हुने चुनावमा विद्यार्थीहरूले आफ्ना प्रतिनिधि चुन्न मतपत्रको प्रयोग गर्छन्, जसले उनीहरूलाई भविष्यमा राष्ट्रिय चुनावमा सहभागी हुन तयार पार्छ। यो अभ्यासले विद्यार्थीहरूलाई आफ्नो अधिकार र जिम्मेवारीप्रति सचेत बनाउँछ र उनीहरूमा नेतृत्व क्षमताको बीज रोप्छ। यसले नेपालजस्तो लोकतन्त्रको अभ्यासमा नयाँ रहेको मुलुकमा लोकतान्त्रिक संस्कृतिको विकासमा योगदान दिएको छ। तर, यो लाभ तब मात्र पूर्ण हुन्छ जब चुनाव स्वच्छ र निष्पक्ष हुन्छ, जुन नेपालमा प्रायः विवादको विषय बन्छ। तैपनि, यो प्रक्रियाले विद्यार्थीहरूलाई लोकतन्त्रको सैद्धान्तिक र व्यावहारिक पक्ष बुझाउने एउटा महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।

आवाजको प्रतिनिधित्व
स्ववियुले विद्यार्थीहरूको समस्या—जस्तै शुल्क वृद्धि, सुविधाको अभाव—उठाउन सक्ने सम्भावना राख्छ, जसले उनीहरूको आवाजलाई शक्तिशाली बनाउँछ। इतिहास हेर्दा, विद्यार्थी युनियनहरूले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्। उदाहरणका लागि, सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ३०५ छुटको व्यवस्था युनियनको पहलकदमीको परिणाम हो। त्यस्तै, क्याम्पसमा पुस्तकालय सुविधा, छात्रवृत्ति र आधारभूत पूर्वाधारका लागि गरिएका आन्दोलनले विद्यार्थी जीवनलाई सहज बनाएको छ। यो पक्षले विद्यार्थीहरूलाई आफ्ना हकअधिकारका लागि लड्न सिकाउँछ र उनीहरूमा सामूहिक एकताको भावना जागृत गर्छ। तर, यो लाभ सीमित छ किनभने युनियनहरू प्रायः राजनीतिक स्वार्थमा अल्झिन्छन् र वास्तविक शैक्षिक समस्याहरू ओझेलमा पर्छन्। यदि युनियनहरूले आफ्नो ध्यान साँचो अर्थमा विद्यार्थी हितमा केन्द्रित गरे भने, यो प्रणालीले शैक्षिक सुधारमा ठूलो योगदान दिन सक्छ।

नेतृत्व विकास
युनियनले राजनीतिक र सामाजिक नेतृत्वको प्रशिक्षण दिन्छ, जसले भविष्यमा राष्ट्रिय स्तरका नेताहरू उत्पादन गर्छ। नेपालको राजनीतिक इतिहासमा विद्यार्थी युनियनहरू नेतृत्वको नर्सरी साबित भएका छन्। शेरबहादुर देउवा, गगन थापा, पुष्पकमल दाहालजस्ता नेताहरूले आफ्नो करियरको सुरुवात विद्यार्थी राजनीतिबाट गरेका थिए। यो प्रक्रियाले विद्यार्थीहरूलाई संगठनात्मक कौशल, वक्तृत्वकला र जनमत जुटाउने क्षमता सिकाउँछ, जुन राष्ट्रिय राजनीतिमा प्रवेश गर्न आवश्यक हुन्छ। यसले युवाहरूलाई नेतृत्वको अवसर प्रदान गरेर देशको भविष्य निर्माणमा योगदान दिन्छ। तर, यो लाभको अर्को पाटो पनि छ—जब युनियनहरू केवल राजनीतिक नेतृत्व उत्पादनको कारखाना बन्छन्, तब शैक्षिक उद्देश्य गौण हुन्छ। विद्यार्थीहरू पढाइभन्दा राजनीतिमा बढी सक्रिय हुन्छन्, जसले उनीहरूको शैक्षिक भविष्यलाई प्रभावित गर्छ। तैपनि, यो प्रणालीले नेतृत्व विकासको आधार तयार गरेको कुरालाई नकार्न सकिँदैन।

नराम्रा पक्षहरू
राजनीतिकरणले शैक्षिक उद्देश्यको मृत्यु
युनियनहरू मातृदलको छायाँमा परेका छन्, जसले शैक्षिक एजेन्डालाई पूर्ण रूपमा मेटाइदिएको छ। यो प्रणालीले विद्यार्थीहरूलाई पढाइ र ज्ञानको खोजीमा प्रेरित गर्नुको सट्टा राजनीतिक गुटबन्दी र दलको स्वार्थको सिपाही बनाउँछ। उदाहरणका लागि, सरकार परिवर्तनको माहोल बनाउन वा कुनै नेताको पक्षमा प्रदर्शन गर्न युनियनहरूले क्याम्पस बन्द गर्छन्, जसको शैक्षिक मूल्य शून्य छ। यो राजनीतिकरणले क्याम्पसहरूलाई शैक्षिक थलोको सट्टा राजनीतिक अखडा बनाएको छ, जुन अनावश्यक छ। शैक्षिक क्यालेन्डरमा यो प्रणालीले कुनै सकारात्मक योगदान दिँदैन, बरु विद्यार्थीहरूलाई अनावश्यक राजनीतिक दबाब र भ्रष्टाचारको संस्कृतिमा धकेल्छ। नक्कली भर्ना, पैसाको चलखेल र प्राध्यापकहरूमाथिको प्रभाव जस्ता गतिविधिहरूले यो प्रणालीको औचित्य समाप्त भएको देखाउँछ। यो बोझिल प्रक्रियाले शैक्षिक सुधारको सट्टा बिगार मात्र गरिरहेको छ।

हिंसा र अराजकताको अनावश्यक चक्र
हिंसा र अराजकता यो प्रणालीको अभिन्न अंग बनिसकेको छ, जुन शैक्षिक संस्थाहरूका लागि कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। २०७९ चैत १९ मा त्रिचन्द्र क्याम्पस र रत्न राज्य लक्ष्मी क्याम्पसमा भएको खुकुरी प्रदर्शन र प्रहरीसँगको झडपले यो प्रणालीले कसरी शैक्षिक वातावरणलाई ध्वस्त पार्छ भन्ने देखायो। यो समस्या २०८१ मा पनि दोहोरिएको छ। चैतमा हुने स्ववियु चुनावको तयारीमा काठमाडौंका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच झडप र तोडफोडका घटनाहरू भए, जस्तै त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी र तोडफोडपछि प्रहरीसँग झडप भएको घटना। यस्तै, रत्न राज्य लक्ष्मी क्याम्पसमा पनि संगठनहरूले प्रशासनिक भवनमा ताला लगाएर निर्वाचन प्रक्रिया अवरुद्ध पारे। यो हिंसाले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा असर पार्छ, क्याम्पसमा डरको वातावरण सिर्जना गर्छ र अभिभावकहरूलाई आफ्ना छोराछोरीको सुरक्षाप्रति चिन्तित बनाउँछ। यो अनावश्यक अराजकताले शैक्षिक क्यालेन्डरमा थप बोझ मात्र बढाउँछ—किनभने झडप र प्रदर्शनपछि क्याम्पस बन्द हुन्छ, जसले पढाइको तालिका भत्काउँछ। यो प्रणालीले शान्तिपूर्ण र उत्पादनशील शैक्षिक वातावरणको सट्टा अस्थिरता र त्रास उत्पन्न गर्छ, जुन कुनै पनि शैक्षिक संस्थाको लक्ष्यसँग मेल खाँदैन। यो केवल समय र स्रोतको बर्बादी हो।

शैक्षिक अवरोधको अनावश्यक बोझ
तालाबन्दी, हड्ताल र प्रदर्शनले शैक्षिक क्यालेन्डरलाई पटक(पटक अवरुद्ध पार्छ, जुन यो प्रणालीको सबैभन्दा ठूलो हानि हो। त्रिभुवन विश्वविद्यालयमा वर्षौंदेखि तालाबन्दीका कारण परीक्षा ढिलो हुने, पाठ्यक्रम पूरा नहुने र डिग्री लिन वर्षौं लाग्ने समस्या छ। यो अनावश्यक प्रक्रियाले विद्यार्थीहरूको भविष्य दाउमा राख्छ, विशेष गरी गरिब र मध्यमवर्गीय विद्यार्थीहरूलाई, जो सीमित स्रोतमा पढ्न बाध्य छन्। जब क्याम्पसहरू महिनौंसम्म बन्द हुन्छन्, विद्यार्थीहरूको समय र ऊर्जा बर्बाद हुन्छ, र उनीहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता घट्छ। यो प्रणालीले शैक्षिक क्यालेन्डरमा कुनै मूल्य थप्दैन—बरु, यो अनावश्यक बोझ बनेर नियमित पठनपाठन र अनुसन्धानको बाटो छेक्छ। यो हटाउँदा शैक्षिक तालिका सहज र प्रभावकारी बन्न सक्छ।

विद्यार्थी जीवनमा अनावश्यक दबाब र विचलन
यो प्रणालीले विद्यार्थीहरूलाई अनावश्यक दबाबमा राख्छ र उनीहरूको व्यक्तिगत जीवनलाई बर्बाद गर्छ। धेरै विद्यार्थीहरू पढाइमा ध्यान केन्द्रित गर्नुको सट्टा युनियनको राजनीतिमा संलग्न हुन्छन्, जसले उनीहरूको शैक्षिक लक्ष्य र परिवारको सपनालाई धराशायी बनाउँछ। कतिपयले पढाइ नै छाडेर पूर्णकालीन राजनीतिमा लाग्छन्, जसले उनीहरूको करियर र पारिवारिक जीवनमा संकट निम्त्याउँछ। यो अनावश्यक विचलनले विद्यार्थीहरूलाई आफ्नो भविष्य बनाउनेभन्दा राजनीतिक खेलमा समय खर्च गर्न बाध्य बनाउँछ। शैक्षिक क्यालेन्डरमा यो प्रणालीले कुनै सकारात्मक योगदान दिँदैन—बरु, यो बोझ बनेर विद्यार्थीहरूलाई तनाव र असफलतातर्फ धकेल्छ। यदि यो प्रणाली नहुँदो हो त, विद्यार्थीहरूले आफ्नो पढाइ र व्यक्तिगत विकासमा बढी समय दिन सक्थे।

सामाजिक विभाजनको अनावश्यक बीज
युनियनहरूले विद्यार्थीहरूलाई दलगत आधारमा विभाजित गर्छन्, जुन शैक्षिक संस्थाहरूका लागि पूर्ण रूपमा अनावश्यक र हानिकारक छ। क्याम्पसमा मित्रता, सहकार्य र बौद्धिक छलफलको संस्कृतिको सट्टा शत्रुता र द्वन्द्वको वातावरण सिर्जना हुन्छ। यो विभाजनले विद्यार्थीहरूबीच घृणा र असहिष्णुता बढाउँछ, जुन समाजमा पनि फैलिन्छ। यो प्रणालीले शैक्षिक क्यालेन्डरमा कुनै मूल्य थप्दैन—बरु, यो अनावश्यक बोझ बनेर सामाजिक एकताको आधारलाई कमजोर बनाउँछ। यदि यो हटाइयो भने, क्याम्पसहरूमा विद्यार्थीहरूबीच स्वस्थ सम्बन्ध र सहकार्यको वातावरण बन्न सक्छ, जुन शिक्षाको मूल उद्देश्यसँग मेल खान्छ।

शैक्षिक गुणस्तरमा अनावश्यक ह्रास
यो प्रणालीले शैक्षिक गुणस्तरलाई निरन्तर खस्काउँछ, जुन कुनै पनि शैक्षिक संस्थाको लागि अनावश्यक र अस्वीकार्य छ। जब क्याम्पसहरू राजनीतिक गतिविधिको केन्द्र बन्छन्, अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टतामा ध्यान दिइँदैन। विश्वविद्यालयहरूले विश्वस्तरीय मापदण्ड पूरा गर्न सक्दैनन्, र नेपालका डिग्रीहरू अन्तर्राष्ट्रिय बजारमा कमजोर बन्छन्। यो अनावश्यक बोझले शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउनुको सट्टा प्राध्यापक र विद्यार्थी दुवैको मनोबल गिराउँछ। यदि यो प्रणाली हटाइयो भने, क्याम्पसहरू शैक्षिक उत्कृष्टताको थलो बन्न सक्छन्, जसले देशको प्रगतिमा साँचो योगदान दिन्छ।

“स्ववियु: लोकतन्त्रको मुखौटा लगाएर शिक्षाको हत्या गर्ने हतियार, वा नेतृत्वको कारखाना चलाउने बहाना—दुवैमा नेपालको भविष्य बन्धक छ।”

आर्थिक र स्रोतको अनावश्यक बर्बादी
चुनाव, आन्दोलन र हिंसामा हुने खर्चले क्याम्पसको बजेटमा अनावश्यक दबाब पार्छ, जुन शैक्षिक क्यालेन्डरका लागि बोझ मात्र हो। प्रचार सामग्री, झडपको क्षति र तालाबन्दीको व्यवस्थापनमा खर्च हुने रकम पुस्तकालय, प्रयोगशाला र छात्रवृत्तिमा प्रयोग हुन सक्थ्यो। यो प्रणालीले कुनै उत्पादनशील नतिजा दिँदैन—बरु, यो अनावश्यक खर्चको चक्र बनेर स्रोतको दुरुपयोग गर्छ। यदि यो हटाइयो भने, शैक्षिक संस्थाहरूले आफ्नो स्रोतलाई विद्यार्थी हित र गुणस्तरीय शिक्षामा लगानी गर्न सक्छन्।

यी सातवटा बुँदाहरूले स्पष्ट गर्छन् कि स्ववियु प्रणाली शैक्षिक क्यालेन्डरमा अनावश्यक बोझ मात्र हो। यो न त विद्यार्थीको हितमा छ, न त शिक्षाको गुणस्तरमा योगदान दिन्छ। राजनीतिकरण, हिंसा, शैक्षिक अवरोध, व्यक्तिगत दबाब, सामाजिक विभाजन, गुणस्तर ह्रास र स्रोतको बर्बादी जस्ता समस्याहरूले यो प्रणालीको कुनै औचित्य बाँकी नरहेको देखाउँछ। यदि यो पूर्ण रूपमा हटाइयो भने, शैक्षिक क्यालेन्डर सहज हुनेमात्र होइन, क्याम्पसहरू साँचो अर्थमा ज्ञान र विकासको केन्द्र बन्न सक्छन्। यो प्रणालीको निरन्तरताले नेपालको शिक्षालाई झन् पछाडि धकेल्नेछ।

विकसित राष्ट्रहरूसँग तुलना किन उनीहरूको शिक्षा प्रणाली उत्कृष्ट छ?
संयुक्त राज्य अमेरिका, जर्मनी, जापानजस्ता विकसित राष्ट्रहरूको शिक्षा प्रणालीमा विद्यार्थी युनियनहरू छन्, तर तिनीहरूको स्वरूप र उद्देश्य नेपालको भन्दा फरक छ। त्यहाँका युनियनहरू मुख्यतः शैक्षिक र सामाजिक गतिविधिमा केन्द्रित हुन्छन्—जस्तै क्याम्पस सुविधा सुधार, करियर परामर्श, र सांस्कृतिक कार्यक्रम। राजनीतिक दलहरूसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रचलन न्यून छ। उदाहरणका लागि, अमेरिकाका विश्वविद्यालयहरूमा ‘Student Government Association’ ले विद्यार्थी जीवन सुधारमा काम गर्छन्, तर तिनीहरू डेमोक्रेटिक वा रिपब्लिकन पार्टीको छायाँमा चल्दैनन्।
यी देशहरूको शिक्षा प्रणाली उत्कृष्ट हुनुका कारणहरू-
1. राजनीति र शिक्षाको पृथकीकरणस् शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिएको छ, जसले अनुसन्धान र नवप्रवर्तनमा जोड दिन्छ।
2. गुणस्तरीय पूर्वाधारस् सरकारले शिक्षामा ठूलो लगानी गर्छ, जसले सुविधा र अवसर बढाउँछ।
3. स्वायत्तता: विश्वविद्यालयहरूलाई स्वतन्त्र रूपमा नीति बनाउने अधिकार छ, जुन नेपालमा राजनीतिक प्रभावले सीमित छ।
नेपालमा भने, स्ववियु चुनावको नाममा हुने राजनीतिकरणले शिक्षालाई कमजोर बनाएको छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक नियुक्तिदेखि पाठ्यक्रमसम्म राजनीतिक हस्तक्षेप हुन्छ, जसले शैक्षिक गुणस्तर खस्कन्छ।

स्वतन्त्र विद्यार्थी युनियनको अवधारणा सैद्धान्तिक रूपमा गलत होइन, तर नेपालमा यसको अराजक र राजनीतिकृत रूपले शिक्षाको हत्या गरेको छ वा यो नेतृत्वको कारखानामा सीमित भएको छ र राजनीतिकृत रूपले शैक्षिक प्रणालीलाई धराशायी बनाएको छ। २०८१ चैतका तालाबन्दी र हिंसाले यो प्रणालीको अनावश्यकता पुष्टि गर्छ। यो न त विद्यार्थी हितमा छ, न त शैक्षिक उत्कृष्टतामा योगदान दिन्छ। यदि यो पूर्ण रूपमा हटाइयो भने, शैक्षिक क्यालेन्डर सहज बन्छ, क्याम्पसहरू ज्ञान र नवप्रवर्तनका केन्द्र बन्छन्, र विद्यार्थीहरूको भविष्य सुरक्षित हुन्छ। नेपालको शिक्षा प्रणालीमा सुधारको यो सुनौलो अवसर हो—जहाँ राजनीतिक हस्तक्षेपको अन्त्य, स्रोतको सदुपयोग र गुणस्तरीय शिक्षाको प्राथमिकता अपरिहार्य छ। यो कदमले मात्र देशलाई समृद्धिको बाटोमा डोर्याउन सक्छ, जहाँ शिक्षाले समाजको आधार बलियो बनाउँछ र युवा पुस्ताले आफ्नो सपना साकार पार्न सक्छन्। अन्यथा, यो प्रणालीको निरन्तरताले नेपालको शैक्षिक भविष्यलाई अन्धकारमा धकेल्नेछ।

मानव सेवा आश्रममा बस्दै आएकी महिलाको परिवारसँग पुनर्मिलन

वीरगंज । सात वर्षअघि हराएकी एक मानसिक रूपमा कमजोर महिलाको परिवारसँग पुनर्मिलन भएको छ । 

इलाका प्रहरी कार्यालय हेलम्बुले २०८० असार १ गते उद्धार गरी मानव सेवा आश्रममा पठाएकाे महिलाको परिवार खोज्ने प्रयासले सार्थकता पाएको हो ।

वीरगंजस्थित मानव सेवा आश्रममा विगत केही वर्षदेखि बस्दै आएकी महिलाको पहिचान खुलाउन आश्रमले दुई दिनअघि फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा धेरैले सेयर गरेपछि उनको घर पत्ता लागेको मानव सेवा आश्रम वीरगंजका प्रमुख संस्थापक देवेश गुप्ताले जानकारी दिए । 

देवश गुप्ताका अनुसार, चैत ७ गते महिलालाई उनका छोरा लखन सिंहलाई जिम्मा लगाइएको छ ।

लखन सिंहले आफ्नी आमालाई भारतको मध्यप्रदेशस्थित पन्वासा खचरोडमा रहेको घर लिएर गएका छन् ।

ठाकुररामकाे स्ववियु निर्वाचनमा धाँधली भएकाे भन्दै १० संगठनकाे आपत्ति

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाँधली भएकाे भन्दै विभिन्न विद्यार्थी संगठन र समुहहरुले आपत्ति जनाएका छन् ।

अनेरास्ववियूका पवन यादव, अखिल (क्रान्तिकारी) का अनिस कुमार पटेल, समाजवादी विद्यार्थी युनियनका हरिकिशाेर यादव, समाजवादी विद्यार्थी युनियन नेपालका माेहमद सगिर अली, स्वतन्त्र युवा समुह (८ दलिय गठबन्धन) का श्याम प्रसाद गुप्ता, सुधिर पटेल समुहका कमलेश कुमार यादव, जय नेपाल विद्यार्थी संघका राजु गुप्ता, नेपाल विद्यार्थी कल्याण समुहका धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी समुहका मेघराज प्रसाद यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका दिपेश कुमार साहले संयुक्त रुपमा शुक्रबार फेरी अर्काे प्रेस विज्ञप्ती जारी गर्दै चैत ५ गतेकाे निर्वाचनमा धाँधली भएकाे भन्दै आपति जनाएकाे हाे ।

१० विद्यार्थी संगठन र समुहहरुले विज्ञप्ती मार्फत हामी ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा व्यापक धांधली, फर्जी मतदाताको प्रयोग, र निर्वाचन प्रक्रियामा अनियमिता भएको ठहर गर्दै गम्भीर आपत्ति व्यक्त गरेका छन् । साथै उनीहरुले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुबैको राजीनामा समेत माँग गरेका छन् ।

नयाँ क्याम्पस प्रमुख र नयाँ निर्वाचन कमिटि गठन गरी निष्पक्ष छानबिन भई पुनः निर्वाचन गराउन उनीहरुकाे माँग रहेकाे छ । यदि हाम्रो माँगलाई बेवास्ता गरियो भने कडा भन्दा कडा आन्दोलनको कार्यक्रम घोषणा गरिने १० विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

यस्ताे माग गर्नेमा नेकपा एमाले, माओवादी केन्द्र, जसपा नेपाल, जसपा, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दल निकटका विद्यार्थी संगठन र केही स्वतन्त्र विद्यार्थी समुहहरु रहेका छन् । नेपाली कांग्रेस निकट नेवि संघ र नेवि संघ कै वागी उम्मेदवार लगायत केही चैत ५ गते कै मतदानकाे मतगणना गर्नु पर्ने पक्षमा रहेका छन् । 

नेपाल विद्यार्थी समुहले शुक्रबार प्रदर्शन गर्दै बन्द रहेकाे मतगणना गर्नु पर्ने माग समेत गरेकाे छ । मतपेटिकामा सिलबन्दी नम्बर नमिलेपछि बिहिबार भएकाे विवाद कारण निर्वाचन समितिले मतगणना स्थगित गरेकाे थियाे । त्यसपछि दुई चिरामा विद्यार्थी संगठनहरु विभाजित भएका छन् । 

जगरनाथपुरमा अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा वृक्षरोपण

वीरगंज । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा शुक्रबार पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे छ । “समृद्धिका लागि वन परियोजना” अन्तर्गत भए कार्यक्रमकाे शुभारम्भ विरुवा राेपेर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए ।
 
वृक्षाराेपण कार्यक्रमको उद्देश्य वन संरक्षणद्वारा खाद्य सुरक्षा, वातावरणीय स्थिरता, र समृद्ध भविष्य निर्माण रहेकाे गाउँपालिका अध्यक्ष यादवले वताए । वनले पोषणयुक्त खाद्य आपूर्ति, जैविक विविधताको संरक्षण, र जलवायु परिवर्तन नियन्त्रणमा खेल्ने महत्त्वपूर्ण भूमिकाबारे जागरूकता फैलाउन जरुरी रहेकाे उनले वताए ।
 
जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे वृक्षाराेपण कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्ष नेपाली कुशवाहा, बिहारी महताे नुनिया लगायतकाे उपस्थित रहेकाे थियाे ।

२०८४ काे निर्वाचन सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष प्रचण्ड

वीरगंज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु २०८४ सम्म प्रधानमन्त्री नहुने वताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत वीरगंज पुगेका अध्यक्ष प्रचण्डले आफु २०८४ काे निर्वाचन अघि जनतासँगै हुने र प्रधानमन्त्री हुने रेसमा नरहेको बताए । 

प्रेस सेन्टर पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष प्रचण्डले आउँदो निर्वाचनमा न्याय दिने ठुलो निकाय भनेको जनता भएको र जनताको पिर मर्का बुझ्दै माओवादी घरदैलोमा पुगिरहेको समेत दाबी गरे । 

उनले प्राधिकरणका कुलमान घिसिङलाई सरकारले दुख दिएको आरोप लगाउँदै वर्तमान सरकार राम्रो काम गर्ने व्यक्तिको खेदो गर्ने काममा जुटेको दाबी गरे । 

पत्रकार सम्मेलनमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, सह महासचिव एवं मधेस विभाग इन्चार्ज मातृका यादव, गिरिराजमणि पोख्रेल, उर्मिला अर्याल लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनकाे सहजिकरण प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकाेठे मगरले गरेका थिए । 

आम नागरिक समाजसँग अध्यक्ष प्रचण्डकाे अन्तरक्रिया

यस अघि वीरगंज मै आम नागरिक समाज, उद्योगी व्यवसायी,बुद्धिजीवी, समाजसेवी, युवा विद्यार्थी सँग अन्तरक्रिया गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सबै नीतिको मुल नीति राजनीति भएको हुँदा राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन वताएका थिए । 

उनले प्रचण्डले राजनीतिक स्थायित्वका निम्ती अपनाउनु पर्ने विधि, पद्धतिमा त्रुटि हुँदा अहिले समस्या भएको बताए । उनले देशमा लामो सङ्घर्ष पछि आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नहुँदा जनतामा निराशा छाएको बताउँदै राजनीतिक परिवर्तन पछि हासिल गर्नुपर्ने आर्थिक समृद्धि तर्फ मुलुक अगाडी बढ्न नसकेकोमा दुख व्यक्त गरे । 

अध्यक्ष प्रचण्डले सीमा क्षेत्रका बासिन्दाले सधैँ विभेद र अन्याय, अत्याचार भोग्दै आएको हुँदा त्यसको अन्त्यका लागि उत्पीडित समुदायसँग जोडिन माओवादीले तराई मधेस जागरण अभियान सुरु गरेको बताए । 

प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि राजनीतिक दलहरूले कुरा गरेर नथाक्ने बताउँदै भ्रष्ट, दलाल र बिचौलियाहरूलाई कारबाही गरेमात्र सुशासन स्थापित हुने दाबी गरे । 

मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट

त्यसअघि शुक्रबार विहान ‘प्रचण्ड’ ले वीरगंजका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए ।

प्रचण्डसहितका शीर्ष नेताहरूको टोलीले गण्डक बहुअरीबाट मर्निङ वाक सुरु गरी घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी र माईस्थान चोक हुँदै विभिन्न स्थानको अवलोकन गर्दै स्थानीयहरूसँग कुराकानी गरेको थियाे ।

मर्निङ वाक कै क्रममा घडिअर्वा पाेखरीमा मेयर राजेशमान सिंहले पनि प्रचण्डलाई स्वागत गरेका थिए । मेयर सिंहले भेटघाटका क्रममा वीरगंजका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए ।

मर्निङ वाककै क्रममा प्रचण्डले वीरगंजकाे प्रसिद्ध ‘बब्लु टी स्टल’ मा चिया पिएका थिए । उनीसँगै पार्टीका नेता, कार्यकर्ता, भातृ संस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए ।

नयाँ वर्षकाे अवसरमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’ हुँदै

वीरगंज । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’को आयाेजना हुने भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा २०८१ साल चैत्र ३१ गते कन्सर्टकाे आयाेजना हुन लागेकाे हाे ।

वीरगंजस्थित होटल भिस्वामा आयाेजना हुने कन्सर्टकाे प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को रहेकाे छ, जसकाे बीरगंजमा पहिलो पटक प्रस्तुत हुन लागेकाे आयाेजकले जनाएकाे छ । आयाेजकले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि कन्सर्टकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे जनाएकाे छ ।

यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्‍यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगंजका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयाेजक संस्थाका अभय कर्णका अनुसार कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ । कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ । मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन् । प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।

कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ । नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ । टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगंजका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।

ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ ।