Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा हैजा नियन्त्रण गर्न सबै शक्ति परिचालन गरिन्छ : गृहमन्त्री लेखक

spot_img
spot_img

वीरगंज । संघीय सरकारका गृहमन्त्री रमेश लेखकले वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले सबै शक्ति परिचालन गर्ने बताएका छन् ।

शनिबार राति ८ बजे नारायणी अस्पताल वीरगंजको अनुगमन तथा अवलोकनपछि सरोकारवालासँग अस्पताल सभाकक्षमा भएको छलफल कार्यक्रममा मन्त्री लेखकले आवश्यकता अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत परिचालन गर्न सकिने निर्णय भइसकेको जानकारी दिए ।

“काठमाडौँमा जसरी समाचार सम्प्रेषण भइरहेको छ, स्थलगत रुपमा त्रसित हुने अवस्था छैन । नारायणी अस्पतालका स्वास्थ्यकर्मीले राम्रो काम गरिरहनुभएको छ,” भन्दै गृहमन्त्री लेखकले धन्यवाद व्यक्त गरे । उनले उपचारविना कुनै पनि बिरामीको मृत्यु हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सरकार हैजा तथा झाडापखाला नियन्त्रणका लागि आवश्यक स्रोत र साधन तत्काल उपलब्ध गराउने बताए ।

उनले थपे, “नारायणी अस्पतालमा चिकित्सक अभावदेखि भौतिक पूर्वाधार आवश्यक छ भने स्थानीय प्रशासनले स्पष्ट रूपमा माग गर्नुहोस्, सरकारले स्रोत–साधन उपलब्ध गराउँछ ।”

छलफल कार्यक्रममा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कानूनमन्त्री अजय चौरसिया, खानेपानीमन्त्री प्रदीप यादव, मधेस प्रदेशका भूमि कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, वीरगंज महानगर प्रमुख राजेशमान सिंह, नेपाल प्रहरीका डिआइजी उमा चतुर्वेदी, पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष धीरज शर्माले गरेका थिए भने सहजीकरण मेसु डा. चुमनलाल दासले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...