Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भारतीय सवारीसाधनहरूलाई अनावश्यक दुःख नदिन गृहमन्त्रीकाे निर्देशन

spot_img
spot_img

वीरगंज । गृहमन्त्री रमेश लेखकले बारा र पर्सा जिल्लाको शान्ति सुरक्षाको अवस्था र सीमापार अपराध नियन्त्रणका लागि महत्वपूर्ण निर्देशन दिएका छन् ।

वीरगंजमा आइतबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री लेखकले दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिँदै भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई अनावश्यक दुःख नदिन विशेष जोड दिएका छन् । उनले मधेशका जिल्लाहरूमा चेकजाँचको नाममा भारतीय सवारीसाधनलाई दुःख दिइएको गुनासो आएको भन्दै यस विषयमा संवेदनशील हुन निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित बैठकमा गृहमन्त्रीले धार्मिक गतिविधि, सीमा अपराध, लागूऔषध कारोबार र राजस्व चुहावटजस्ता विषयमा शून्य सहनशीलता अपनाउनुपर्ने बताएका छन् । साथै, बारा र पर्सामा धार्मिक सहिष्णुता कायम राख्न गम्भीरताका साथ काम गर्न आग्रह गरे ।

हालै देखिएको हैजा (कोलेरा) महामारी नियन्त्रणमा सुरक्षा निकायले सक्रिय भूमिका खेल्नुपर्नेमा समेत उनले जोड दिएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे कार्यक्रममा कानुनमन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी ताेय नारायण सुवेदी, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्र, सशस्त्र प्रहरी उपरिक्षक पुरनचन्द्र भट्ट, भन्सार कार्यालय र राजस्व विभागका प्रमुखहरू सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...