Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

पत्रकार माधुरी महतो पूर्वराष्ट्रपति भण्डारीबाट सम्मानित

spot_img
spot_img

वीरगंज । बीबीसी नेपाली सेवाकी संवाददाता तथा मधेस खबर अनलाइन न्युज पोर्टलकी सम्पादक माधुरी महतो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी छन्।

शनिबार वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ मा पूर्वराष्ट्रपति भण्डारीले महतोलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरी सम्मान गरेकी हुन्।

“नारी शक्ति, समर्पण र सम्मान” भन्ने नारासहित आयोजित सम्मेलनमा पर्सा र बारा जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका २५ जना महिलाहरूलाई समेत दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरिएको थियो।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील महिला शक्ति केवल परिवारको हिस्सा मात्र नभई समाजको प्रगतिका आधारस्तम्भ भएको उल्लेख गर्दै त्यस्ता महिलाहरूलाई खोजी गरी सम्मान गरेकोमा वीरगंज उद्योग वाणिज्य संघलाई धन्यवाद दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...