Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

शुद्धीकरणसहितको सदस्यता नवीकरण गर्न प्रेस चाैतारीकाे माग

spot_img
spot_img

पोखरिया । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता नवीकरण प्रक्रियामा शुद्धीकरण नगरेको भन्दै प्रेस चौतारी नेपाल पर्सा शाखाले आपत्ति जनाएको छ । शनिबार सम्पन्न बैठकले महासंघको लापरवाहीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल शुद्धीकरणसहितको नवीकरण प्रक्रिया अपनाउन माग गरेको हो ।

प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा सम्पन्न उक्त दोस्रो बैठकले महासंघलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । बैठकले सदस्यताको नाममा कुनै किसिमको मिलेमतो, अनियमितता वा अपारदर्शिता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बैठकमा सहभागी सदस्यहरूले महासंघले शुद्धीकरणबिना सदस्यता नवीकरण गर्न खोजे त्यसविरुद्ध चरणबद्ध दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

वीरगंजस्थित त्रिजुद्ध माद्यमिक विद्यालयमा बसेकाे बैठकमा प्रेस चौतारी नेपाल मधेश प्रदेश इन्चार्ज अच्युत पौडेल, केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज तुलसी भण्डारी, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...