Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंज–१६ फुलवारी टोलामा वृक्षारोपण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क पूर्वपट्टि फुलवारी टोलामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा करिब ५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) जडान गरिएको आयोजकले जानकारी दिएको छ।

समारोह ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सशस्त्र प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट र नेपाल इनोभेट सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले वृक्षारोपण अभियानलाई वातावरणीय संरक्षण र आगामी पुस्ताका लागि हरियाली विस्तारको महत्वपूर्ण कदम भएको उल्लेख गर्दै निरन्तर संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। आयोजक संस्थाहरूले नियमित अनुगमनमार्फत रोपिएका बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...