Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ सम्पन्न

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सौहार्दपूर्ण बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मिडिया फर बोर्डर हार्मोनी नेपालद्वारा वीरगंजमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभको समापन कार्यक्रममा मन्त्री यादवले दुवै मुलुकबिच आपसी सम्बन्ध सुमधुर बनाउन कन्क्लेभले पारित गरेको घोषणापत्रले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मन्त्री यादवले कतिपय भारतीय मिडियाले अफवाह फैलाउने खालका समाचार सम्प्रेषण गर्दा समस्या उत्पन्न हुने भन्दै सचेत रहन आग्रह गरे। उनले भने, “नेपालका नदीनालाको पानी भारतबग्ने तर्फ गलत ढंगले बुझिनु हुँदैन। सीमा क्षेत्रमा बन्द वा तारजाली लगाएर समस्या समाधान हुँदैन। नेपाल–भारत सम्बन्ध विशेष र दीर्घकालीन छ।”

कन्क्लेभले १७ बुँदे घोषणापत्र जारी गर्दै साझा मुद्दा पहिचान गरी समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय गर्ने, गलत सूचना र दुष्प्रचारबाट मिडियालाई जोगाउने, दुवै देशका नागरिकका वास्तविक समस्याको फिल्ड रिपोर्टिङ गर्ने र द्वन्द्व उत्पन्न गर्न सक्ने खालका समाचारबाट परहेज गर्ने प्रतिबद्धता जनाएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले पत्रकारहरूलाई दुवै देशको सम्बन्धमा असर नपर्ने गरी जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे । मधेस प्रदेश सभा सदस्य श्याम पटेलले सत्य तथ्य समाचार मात्र सम्बन्ध प्रगाढ बनाउने बताए ।

सम्मेलनमा नेपालका विभिन्न जिलाबाट ४० र भारतका विभिन्न प्रान्तबाट ५० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व राजदूत विजयकान्त कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, वरिष्ठ पत्रकार हस्त बहादुर गुरुङ, मिडिया फर बोर्डर हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारी लगायत उपस्थित थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...