Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

‘वृहत महिला सम्मेलन २०८२’ मा सम्मानित २५ महिलाः को को हुन् ?

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ मा पर्सा र बारा जिल्लाका २५ जना महिलाहरूलाई सम्मान गरिएको छ ।

- Advertisement -

महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित महिलाहरूलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरिन् । “नारी शक्ति, समर्पण र सम्मान” भन्ने नारासहित सम्पन्न कार्यक्रममा स्वास्थ्य, शिक्षा, राजनीति, साहित्य, पत्रकारिता, खेलकुद, अधिकारकर्मी, सामाजिक सेवा, न्याय, सहकारी, उद्योग व्यवसाय, प्रहरी सेवा लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुयाएका महिलाहरूलाई खोजी गरी सम्मान गरिएको हो ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रकी डा. रिचा मण्डल, कर्मचारी सेवामा रहेकी रिमा साह, राजनीतिज्ञ चयन गुरुङ, भोजपुरी साहित्यकार अनिता कुमारी साह, क्रिकेट खेलाडी साना परवीन, चिकित्सक डा. मञ्जुलता अग्रवाल, उद्यमी मञ्जु गुप्ता, राजनीतिज्ञ गोकुली कुमारी रेग्मी, शिक्षामा योगदान पुर्याएकी नम्रता रिसाल, दलित अधिकारकर्मी नागी देवी गोसाई, फोटोग्राफर मिनी पब्जियार, पटेरवासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, न्याय क्षेत्रमा सक्रिय ट्विङ्कल कुमारी अग्रवाल, सञ्चारकर्मी लक्ष्मी खरेल, महिला अधिकारकर्मी बबिता जयसवाल, समाजसेवी मधु राणा, सञ्चारकर्मी माधुरी महतो, अधिवक्ता प्रतिमा चौरसिया, सञ्चारकर्मी प्रियंका कुमारी दास, सिलाईकटाई प्रशिक्षक आरती यादव, महिला तथा बाल अधिकारकर्मी यम कुमारी सापकोटा, नर्स सुभद्रा थापा, शिक्षा र दाइजोविरुद्ध अभियान चलाएकी शिखा यादव, प्रहरी निरीक्षक निकिता कुमारी मिश्र र सहकारी अभियानकर्मी कोपिला सिम्खडालाई सम्मान गरिएको हो ।

आयाेजक संस्थाका अनुसार सम्मानित हुनेहरुकाे याेगदान यस प्रकार रहेकाे छ ।

१. डा. रिचा मण्ड (स्वास्थ्यकर्मी, चिकित्सक)
स्वास्थ्यकर्मी मण्डल स्वास्थ्य उपचारको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ । उहाँले स्वास्थ्य सेवामार्फत जनसेवामा विशिष्ट योगदान पुर्याउनुभएको छ । यो योगदानका लागि सम्मानित गरिएको हो ।

२. रिमा साह (कर्मचारी उद्योग विभाग)
मधेसी समुदायमा सामान्य, मध्यम वर्गीय परिवारमा जन्मिएर आफ्‌नो विद्यार्थी जीवनदेखि नै पढाईमा अब्बल हुनुहुन्थ्यो । तर, छोरीहरूलाई धेरै पढाउनु हुँदैन भन्ने समाजको मानसिकताको कारण विभिन्न किसिमका बाधा अवरोध र सङ्घर्षलाई निर्भिकतापूर्वक समाधान गरी आफ्‌नो उच्च स्तरीय अध्ययनलाई निरन्तरता दिदै विसं २०७४ सालमा नेपाल सरकारको शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरी हाल मधेश प्रदेश सरकारको उपसचिव पदमा रही सेवा प्रदान गरिरहनुभएको छ ।

३. चयन गुरुङ (राजनीतिकर्मी, वडाअध्यक्ष वडा नं.१४, जीतपुरसिमरा उपमहानगरपालिका, बारा)
राजनीतिमा सक्रिय महिला हुनुहुन्छ । जनताको प्रतिनिधिको रुपमा गुरुङ जनसेवामा देखाउनुभएको कार्य निकै प्रशंसायोग्य रहेकाेले सम्मान गरिएकाे हाे ।

४. अनिता कुमारी साह (भोजपुरी साहित्यकार)
पेशाले शिक्षक अनिता कुमारी साह नेपाल भोजपुरी प्रतिष्ठान वीरगंजकाे अध्यक्ष हुनुहुन्छ । भोजपुरी साहित्य लेखनमा सक्रिय उहाँका हिन्दी, नेपाली, गजल, कविता लेख्नुभएको छ ।

५. साना परवीन (क्रिकेटर खेलाडी)
साना परवीनले खेल क्षेत्रमा आफ्‌नो विशिष्ट योगदान दिनुभएको छ । क्रिकेट खेलमा सक्रिय खेलाडीको रुपमा यहाँले खेल क्षेत्रलाई मात्र नभएर समय-समाज र देशलाई समगर याेगदान पुर्‍याउनु भएकाे छ ।

६. डा. मन्जुलता अग्रवाल (चिकित्सक)
डा. अग्रवाल वीरगंजलाई आधारभूमि बनाएर चिकित्सा क्षेत्रमा सक्रिय चिकित्सा क्षेत्रमा यहाँको दशकौ लामो अनुभव र योगदान रहेकाे छ । डा. अग्रवालले उपचारको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको छ ।

७. मञ्जु गुप्ता (बुटिक उद्यमी)
सिलाइकटाइलाई व्यवसायमा रुपमा अघि बढाउनुभएकी मञ्जु गुप्ताले बुटिक गर्नुभएको छ । बुटिकमा महिलाहरुलाई रोजगारी दिनुभएको छ । यसरी उहाँको आफू मात्र होइन, अरूलाई पनि रोजगारी दिनुभएकाे छ ।

८. गोकुली कुमारी रेग्मी (उपाध्यक्ष, ठोरी गाउँपालिका, पर्सा)
रेग्मी पर्साको ठोरी गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । उहाँले राजी जनताको सेवामा आफूलाई समर्पित गर्नुभएको छ । राजनीतिलाई समाज रुपान माध्यम बनाउनुभएकी रेग्मी पर्सा जिल्लाको राजनीतिमा स्थापित हस्ताक्षर हुनुहुन्छ ।

९. नम्रता रिसाल (आवासीय विद्यालय सञ्चालक)
बारा जिल्लामा रहेर विद्यालय सञ्चालन गरी शिक्षाको क्षेत्रमा याेगदान पुर्याएकाे व्यक्ति हुन् । शिक्षामार्फत सामाजिक क्षेत्रको विकासमा यहाँको विशेष योगदानको कदर गर्दै यहाँलाई यो अवसरमा सम्मानित गरिएको छ ।

१०. नागी देवी गोसाई (दलित अधिकारकर्मी)
नागी देवी गोसाई दलित अधिकारको पक्षमा काम गर्दै आउनुभएको छ । ३० वर्षदेखि महिला बचत समूहमार्फत महिलाहरुलाई एकीकृत गरी बचतमा प्रोत्साहित गर्दै आउनु भएकाे छ । दलित महिलाको अधिकार स्थापित गर्न राजनीतिमा दलित महिलाको सहभागि जोड्दै आउनुभएको छ ।

११. मिनी पन्जियार (फोटोग्राफर)
पन्जियारले व्यावसायिक फोटो र भिडियोग्राफी गर्दै आउनु भएकाे छ । एक दशकदेखि फाेटाे र भिडियो खिच्ने कामलाई अघि बढाएर समाजमा अनुकरणीय काम गर्नुभएको छ ।

१२. ममता महतो (गाउँपालिका उपाध्यक्ष, पटेरवासुगौली, पर्सा)
पर्साको पटेरवासुगौली गाउँपालिको उपाध्यक्षको रुपमा लगातार २ कार्यकाल हुनुभएको छ । राजनीतिमार्फत स्थानीय जनजीवनको आर्थिक समृद्धि रुपान्तरणमा भुमिका खेल्नु भएकाे छ । राजनीतिलाई मूल कर्म बनाएर जनसेवामा समर्पित उहाँ पर्साकी सशक्त नेतृ हुनुहुन्छ ।

१३. ट्विङ्कल कुमारी अग्रवाल (उच्च अदालत वीरगंज)
यहाँले न्याय क्षेत्रमा पुऱ्याउनुभएको योगदान अतुलनीय छ । न्याय सेवाल नगरिकलाई न्याय दिलाउने कार्यमा अग्रवाल सक्रिय हुनुहुन्छ । यहाँले न्यायकाे लागि पुऱ्याउनुभएको सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।

१४ लक्ष्मी खरेल (संचारकर्मी)
वीरगंजमा लामो समयदेखि पत्रकारितामा सक्रिय लक्ष्मी खरेल सशक्त सञ्चारकर्मी हुनुहुन्छ । अहिले नेपाल टेलिभिजनमा कार्यरत खरेलले विगतमा स्थानीय रेडियो, सञ्चारमाध्यममा काम गरेको लामो अनुभव छ । उहाँ करीब २ दशकदेखि पत्रकारकाे रुपमा सक्रिय हुनुहुन्छ ।

१५. बबिता जयसवाल (महिला अधिकारकर्मी)
महिला अधिकारको क्षेत्रमा यहाँको सक्रियता उल्लेखनीय छ । बारा जिल्लामा अधिकारको अभियानमा यहाँले दिनुभएको योगदान अन्यत्रका लागि पनि अनुसरणी छ । बालविवाह र दाइजो प्रथाविरुद्ध, निर्णायक तहमा महिलाहरुलाई अर्थपूर्ण सहभसंवैधानिक मौलिक हकअधिकार सुनिश्चिता र महिलाहरुलाई आत्मनिर्भर बनाउन काम गर्दै आउनुभएको छ । यो कार्यको उच्च कदर गर्दै यहाँलाई यो वृहत महिला सम्मेलन सम्मान प्रदान गरिएको हो ।

१६ मधु राणा (समाजसेवी, नेपाल रेडक्रस पर्सा उपसभापति)
विगत ४० वर्षभन्दा लामो समयदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ‍ । रेडक्रस सोसाइटी, जेसीज, नेपाल नेत्रज्योति संघ, राष्ट्रिय क्षयरोग निवारण आशाकिरण केन्द्र, विद्यालय व्यवस्थापन समितिमार्फत् शिक्षा क्षेत्रमा पुर्याउनु भएकाे योगदानका लागि सम्मान गरिएकाे हाे ।

१७ माधुरी महतो (सञ्चारकर्मी)
विगत डेढ दशकभन्दा लामो समयदेखि वीरगंज लगायत पर्सा, बारा तथा मधेश प्रदेश जिल्लामा रहेका उद्योग, वाणिज्य, अर्थ र विकाससँग सम्बन्धित विषयवस्तुक सामाजिक तथा विशेषगरी महिलाका मुद्दाका विभिन्न पक्षहरूबारे आफ्ना संचारमाध्यमबाट सशक्त रूपमा पत्रिका, रेडियो, टेलिभिजनमार्फत् प्रकाशन-प्रसारण क्षेत्रले बोकेको अपार सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा खेलेको भूमिका तथा योगदान प्रशंसनीय र अनुकरणीय छ ।

१८. प्रतिमा चौरसिया (अधिवक्ता, सचिव नेपाल बार एशोसिएसन, पर्सा)
विगत डेढ दशकदेखि कानून व्यवसायीको रुपमा चाैरसियाकाे सक्रियता छ । पेशामार्फत् न्यायको क्षेत्रमा चाैरसिया उल्लेखनीय योगदान दिनुभएको छ । कर्मक्षेत्रको पर्सा जिल्ला अदालत बार एशोसिएशनको सचिव पदमा रहेर यहाँले सांगठनिक कार्यम सशक्त उपस्थिति दर्ज गर्नुभएको छ ।

१९. प्रियंका कुमारी दास (सञ्चारकर्मी)
दास विगत एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय हुनुहुन्छ । बारा कलैयाको विश्वास एफएम ९३.६ मेगाहर्जमार्फत स्थानीय समुदायलाई सूचना, शिन्देश, मनोरञ्जनमा जोड्दै आउनुभएको छ । सञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै पत्रकारिता र सामाजिक दायित्वलाई सँगै अघि बढाउनु भएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष, Broadcasting Association of Nepal -BAN की केन्द्रिय सदस्यका रूपमा कार्यरत हुनुहुन्छ ।

२०. आरती यादव (प्रशिक्षक सिलाई कटाई)
यादवले सिलाईकटाईको प्रशिक्षणमार्फत् महिलाहरूलाई आत्मनिर्भर बनाउन भुमिका खेल्नुभएकाे छ । २० वर्षदेखि महिलाई आर्थिक रुपमा सबल बनाउन भुमिका खेल्नु भएकाे छ ।

२१. यम कुमारी सापकोटा (साथी नेपाल अध्यक्ष, महिला तथा बाल अधिकारकर्मी)
महिला र बालअधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्छ । सापकाेटा संस्थामा क्रियाशील रहेर महिला र बालबालिकाको अधिकारका क्षेत्रमा गर्नुभएकाे समाजमा हुने बालबालिका र महिला अधिकार संरक्षणमा याेगदान पुयाउनुभएको छ ।

२२ सुभद्रा थापा (नर्स)
सुभद्रा थापा स्वास्थ्य उपचारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले स्वास्थ्य सेवाक विशिष्ट योगदान पुऱ्याउनुभएको छ ।

२३. शिखा यादव (दाइजोविरुद्ध छोरी शिक्षा अभियन्ता)
यादव दाइजो प्रथाविरुद्ध छोरीलाई शिक्षा दिने अभियानमा सक्रिय हुनुहुन्छ । आवासीय विद्यालयको प्राचार्य रहेर यहाँले शिक्षाको क्षेत्रमा योगदानमात्र दिनुभएको छ । समाजमा रहेको दाइजोप्रथा अन्त्यका लागि छोरीलाई दाइजो होइन, शिक्षा दिन अभिप्राय स्थापित गराउन २०० भन्दा बढी बालिकाहरुलाई शिक्षा दिनुभएको छ ।

२४. निकिता कुमारी मिश्र (प्रहरी निरीक्षक)
प्रहरी सेवामा रही देश र जनताको सेवा गर्दै आउनु भएकाे छ । सत सुरक्षणमको मूल उद्देश्यमा समर्पित भई अपराध अनुसन्धान, समुदायमैत्री सेवा, व्यवस्थापन र पीडित संरक्षणमा सक्रिय हुनुहुन्छ । परम्परागत सोच र लैङ्गिक विभेदकाे अन्त्य गर्दै उहाँले प्रहरी सेवामा महिलाको सशक्त उपस्थिति सुनिश्चित गर्न दिनुभएको छ । साहस, नेतृत्व र समर्पणको प्रतीकका रूपमा उहाँले महिला सशक्त समानता र सार्वजनिक सेवामा निरन्तर प्रेरणा प्रदान गर्दै जनसेवामा अग्रणी भूमिका गर्नुभएको छ ।

२५. कोपिला सिम्खडा (सहकारी अभियानकर्मी)
व्यवसाय र सहकारी अभियानमार्फत समाज रुपान्तरणको यहाँको याेगदान रहेकाे छ । बारा जिल्लामा सञ्चालित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षकाे रुपमा यहाँ कार्यरत हुनुहुन्छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अवैध ईभी स्कुटरविरुद्ध कडाइ, फेरी १३ स्कुटर पक्राउ

वीरगंज । ट्राफिक प्रहरी कार्यालय वीरगंजले आइतबार चेकजाँच अभियान सञ्चालन गर्दै १३ वटा ईभी (इलेक्ट्रिक) स्कुटर नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका...

चौहान समाज पर्साकाे सम्मेलन सम्पन्न, दुई समिति गठन

वीरगंज । नेपाल चौहान समाज कल्याण समितिको बृहत सम्मेलन पर्साको पोखरियास्थित हनुमान मन्दिरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद चौहानको अध्यक्षता तथा पोखरिया...

२५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ

वीरगंज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले...