Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा महिलालाई आत्मविश्वासी बनि नेतृत्व लिन आह्वान

spot_img
spot_img

वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ मा बोल्दै उनले महिलाको योगदान परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म अग्रपंक्तिमा रहेको उल्लेख गरिन्।

भण्डारीले महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सकियो भने समृद्ध नेपालको सपना पूर्णरुपमा पूरा हुने बताइन्। उनले मधेसका जनताले चुरे क्षेत्रको दोहन, मरुभूमिकरण, बाढी डुबान र भूमिगत पानीको स्तर घट्ने समस्याबाट जुद्धिरहेको पनि औँल्याइन् र सरकारलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताइन्।

सम्मेलनमा महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न र आगामी पुस्तालाई प्रेरित गर्न जोड दिँदै उनले “महिलाको अग्रसरता सिंगो राष्ट्रको हित” भएको बताइन्। समाजमा कायम लैंगिक असमानता, पूर्वाग्रह र अवरोध तोड्न महिलाले आत्मबल प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, महिला उद्यमशीलता विकास समितिका सभापति डा. लक्ष्मी गुप्ता लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका २५ जना महिलाहरूलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन्।

संयोजनले यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै नीति निर्माणमा सशक्त सन्देश दिने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...