Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 232

२२ किलाे सुन प्रकरण : राजस्व चुहावट मुद्दामा भारतीय नागरिकलाई धरौटी आदेश

0

वीरगंज । जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकहरूलाई धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार अदालतको ईजलास नम्बर १ का न्यायाधीश भोला ढकालले भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदीका सिन्हालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

अदालत स्रोतका अनुसार भारतको रक्सौल, पूर्वी चम्पारण बिहारका ५८ वर्षीय अशोक र ३२ वर्षीया निवेदीकाको ठाँउमा अर्को दुई भारतीय नागरिकलाई हाजिर गराएर अदालतबाट धरौटीमा छाडिएको हो । राजस्व चुहावट मुद्धामा अशोक र निवेदीकालाई जनही १५ लाख रुपैयाँ धरौटी माग गरिएकाे थियो भने सम्पत्ति शुद्धिकरण मुद्धामा अशोकलाई १५ लाख र निवेदीकालाई १० लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अदालतमा हाजिर भएका व्यक्तिलाई नम्बर नै नभएकाे गाडीमा राखी न्यायाधीश बस्ने क्वार्टरकाे घरमा लगिएको थियाे । यस्तै, न्यायाधीश ढकाल बस्दै आएको घरबेटी दिपक नाम गरेका व्यक्तिले फरार अभियुक्तको ठाँउमा अर्कैलाई हाजिर गराएको दाबी गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार स्थायी बसोबास नभएका र एक वर्ष वा सोभन्दा बढी सजाय हुने कसुरमा अभियोग लागेका व्यक्तिलाई थुनामा राख्न सकिने व्यवस्था छ । तर यस मुद्धामा यस्तो प्रक्रिया अवलम्बन नभएको स्रोतले जनाएको छ ।

यस बारे बारा प्रहरी र अदालत प्रशासनलाई जानकारी गराउदा समेत हाजिर भएका व्यक्तिहरुकाे बारेमा अनुसन्धान भएकाे थिएन । अदालतका स्रेस्तेदार राजकुमार दाहालले अदालतमा मुद्दामा सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र खुल्ने कागजात हेरेर ब्यान गराइएकाे बताए । उनका अनुसार अदालतमा राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा भारतिय नागरिकलाई आधार कार्डकाे आधारमा हाजिर गराएर धरौटीमा छाड्न आदेश भएको हो ।

२०७७ कात्तिक १ मा वीरगंज महानगरपालिका–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट पर्सा प्रहरीले २२ किलो ५७६ ग्राम सुन बरामद गरेको थियो । उक्त अपार्टमेन्टमा अशोक सिन्हा बस्दै आएका थिए भने साे अपार्टमेन्ट उनकी छाेरी निवेदिकाकाे नाममा दर्ता रहेकाे छ । साेही प्रकरण बारे राजश्व अनुसन्धान कार्यालय पथलैयाले बारा जिल्ला अदालतमा दर्ता गरेकाे मुद्दाकाे आइतबार सुनुवाई भएकाे थियाे ।

यस घटना बारे विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि आदेश गर्ने न्यायाधीश ढकाल बस्दै आएकाे काेठा सार्ने तयारी गरेकाे बुझिएकाे छ । आइतबार मात्र ढकालले नौ जनालाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।

वीरगंज भन्सार : साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

0

वीरगंज । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।

जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिनुभयो । ‘‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’’ उहाँले भन्नुभयो,‘‘आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’’

वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । गत आवको दुई महिनामा छ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।

झूटा विवरणमा नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

0

सर्लाही । झूटा विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिन सहयोग गरेको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन् ।

चार जना व्यक्तिले झूटा वतन र विवरण प्रस्तुत गरी वडा अध्यक्ष यादवबाट सिफारिस तथा सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको र लिन खोजेको आरोपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको च. नं. ११२९१ मिति २०८१।०३।०३ को पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नागरिकता सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतबार वडाध्यक्ष यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष यादवलाई सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

पर्साकाे पोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

0

वीरगंज । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँबाट १९ किलोभन्दा बढी चरेस बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल बि.ओ.पि. प्रसौनी भाठ्ठाबाट खटिएको टोलीले साेमबार बिहान करिब १ बजे उक्त चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्रकाेटीकाे कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली तलासी गर्दा २ वटा कालो झोलामा कार्टुनभित्र १९.१२६ केजी अवैध लागुऔषध फेला परेको सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टले जानकारी दिए । घटनास्थलमा कोही पनि व्यक्ति फेला नपरेकाेले पक्राउ गर्न नसकिएकाे सशस्त्र प्रहरीले जनाएको छ ।

थप मद्दतका लागि सुरक्षा बेश क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरी नायब उपरिक्षक सम्भु कटुवालको गाडी तथा मोबाइल टोलीले बरामद गरिएको चरेस जिम्मामा लिएर ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

बाल सुधारगृह वीरगंजबाट भागेका ५० किशाेर अझै फरार

0

वीरगंज । पर्सास्थित बाल सुधारगृह तोडफोड गरी भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् । गत भदौ २४ गते राति बाल सुधारगृह तोडफोड गरेर भागेका ती किशोरमध्ये केहीलाई प्रहरीले पक्राउ गरे पनि आधाभन्दा बढी अझै नियन्त्रणमा आएका छैनन् ।

बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार उक्त रात १४२ जना किशोर राखिएका थिए । तीमध्ये अहिले सुधारगृहमा ९० जना मात्रै रहेका छन् भने सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । “भदौ २४ गतेको घटनापछि हालसम्म १७ जना पक्राउ परेका छन्,” काफ्लेले बताए, “तर ५० जना अझै सम्पर्कमा आएका छैनन्, उनीहरुको खोजी तीव्र पारिएको छ ।”

काफ्लेले फरार किशोरको खोजीका लागि अभिभावकहरूसँग नियमित समन्वय भइरहेको र चाँडै नै उनीहरू नियन्त्रणमा आउने विश्वास लिइएको बताए ।

ठेकेदारको लापरबाहीले वीरगंजकाे सडक आठ वर्षदेखि अलपत्र

0

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत हरपतगन्ज हाइवे, अपौनी, उदयपुर–घुर्मी, सौराहालगायतका टोलहरू जोड्ने करिब आठ किलोमिटर सडक निर्माण कार्य आठ वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी मर्कामा परेका छन्।

सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगंजमार्फत सडक निर्माणकाे लागि स्वच्छन्द/पप्पु/युनाइटेड बिल्डर्स जेभी वीरगंजले ठेक्का पाएका हुन् । स्थानियका अनुसार ठेकेदार कम्पनीले सडक खनेर अधुरै छाड्दा सडकमा पानी जम्ने, फोहोर संकलन हुने र आवतजावतमा गम्भीर समस्या हुने अवस्था बनेको छ ।

वडा नम्बर २० अपौनी निवासी स्थानीय बिक्की सिंहले पटकपटक आग्रह गर्दा पनि आयोजना कार्यालय र ठेकेदार कम्पनीले सुनुवाइ नगरेको गुनासो गरे । ठेकेदार कम्पनीको आन्तरिक विवादले आयोजनाको काम अदालतमा पुगेकाले थप ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालयका कर्मचारीहरूले बताएका छन् ।

गत आर्थिक वर्ष ०७४/७५ मा ८४ करोड ९८ लाख ५३ हजारमा सम्झौता भएको उक्त आयोजनाको म्याद पाँचपटक बढाइए पनि हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको सूचना अधिकारी राजन जैसवालले जानकारी दिए । ठेकेदार कम्पनीले हालसम्म ५९ प्रतिशत भुक्तानी (५४ करोड ११ लाख) लिइसकेको र भिओका कारण लागत ९१ करोड ४७ लाख पुगेको उनले बताए ।

यसैबीच वीरगंज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सहरी विकासमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै तत्काल ग्राभेल बिछ्याई सडक सञ्चालनयोग्य बनाउन माग गरेका छन् । उनका अनुसार खाल्डो खनेर छाडिएकाले स्थानीयहरू हैजा, मलेरिया र डेंगुजस्ता रोगको जोखिममा रहेको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लामो समयदेखि अलपत्र रहेको उक्त आयोजनाको निरीक्षण गरेर ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । उनले अब यस विषयलाई गम्भीर रूपमा लिएर ठोस निष्कर्षमा पुग्ने र काम अगाडि बढाउन निर्देशन दिने बताए ।

वीरगंजमा पहिलो पटक घटस्थापनाकाे दिन भव्य चुनरी यात्रा हुने

0

वीरगंज । विश्व हिन्दु परिषद् पर्साले नेपालमै पहिलो पटक भव्य चुनरी यात्राको तयारी पूरा गरेको जनाएको छ । परिषद्को नगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भोलि सोमबार (घटस्थापनाको दिन) दिउँसो ३ बजेदेखि करिब १५ सय भक्तजनहरूको सहभागितामा १५१ मिटर लामो माताको चुनरी यात्रा निस्कने बताए ।

उनका अनुसार भारतका विभिन्न राज्यहरूमा विशेषगरी घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यसपालि पहिलो पटक वीरगंजस्थित गहवामाई मन्दिरमा आयोजना गरिएको हो । भक्तजनहरूले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको पनि उनले जानकारी दिए ।

चुनरी यात्रा नगर परिक्रमा गर्दै पुनः माईस्थानमा पुगेर विशेष पूजा–आराधनासहित सम्पन्न गरिने सर्राफले बताए । उनले यो यात्रा देश र समाजको हित र मंगलकामनाका लागि आयोजना गरिएको र यसका लागि कुनै आर्थिक सहयोग कसैबाट नलिएको स्पष्ट पार्दै सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई यस ऐतिहासिक यात्रामा सहभागी हुन आग्रह गरे ।

काठमाडाैं महानगरले दुर्गम गाउँपालिकामा एम्बुलेन्स वितरण गर्दै

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम आगामी असोज ७ गते सोमबारदेखि सुरु हुने घोषणा गरेका छन्।

उनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम र स्वास्थ्य सेवाबाट वञ्चित ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिनेछ । उनले वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा रहेका स्थानलाई प्राथमिकता दिएको बताए ।

“स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,” मेयर साहले समाजिक संजाल फेसबुकमा लेखेका छन् “यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।”

महानगरले पालिका छनोटका लागि मापदण्ड बनाएर नै वितरण प्रक्रिया अघि बढाएको जनाएको छ ।

जेनजी आन्दोलनमा आन्तरिक राजस्व कार्यालय वीरगंजमा रु १ करोडको क्षति

0

वीरगंज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण आन्तरिक राजस्व कार्यालय वीरगंजमा करिब रु एक करोड मूल्य बराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति पुगेको छ।

गत भदौ २४ गतेको आगजनीका कारण कार्यालयको भवनका विभिन्न कोठामा समेत ठूलो क्षति भएको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रका अनुसार कर सङ्कलन शाखामा सबैभन्दा बढी क्षति भएको छ ।

“कार्यालयका कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरणहरू आगजनीले जल्नुका साथै केही लुटपाट पनि भएको छ,” उनले जानकारी दिए । कार्यालयका अनुसार भवनको तल्लो तलाका अधिकांश संरचनामा क्षति पुगेको छ र एउटा कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

८ वर्षदेखि अलपत्र परेको सडक निर्माण गर्न वडाध्यक्षद्वारा मन्त्री घिसिङलाई आग्रह

0

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह परागले ८ वर्षदेखि खाल्डो खनेर अलपत्र छोडिएको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका छन् ।

सिंहले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै हरपतगंज हाईवे, अपौनी, उदयपुर घुर्मि, सौराहा लगायतका टोलहरू जोड्ने करिब ८ किलोमिटर लामो सडक वर्षौंदेखि अधुरो रहेकाले तत्काल ग्रेभल बिछ्याई सञ्चालनयोग्य बनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार कन्ट्राक्ट नम्बर DUDBC/Parsa/2074-075/NCB-08 अन्तर्गत पर्ने उक्त सडक ठेक्का लिएर ठेकेदारले गहिरो खाल्डो खनेपछि छाडेपछि स्थानीयहरू हैजा, मलेरिया र डेगुँजस्ता रोगको जोखिममा परेका छन् । सडकमा जमेको पानी र फोहरले आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको उनले बताए ।

वडाध्यक्ष सिंहले विगत ८ वर्षमा १३ पटकसम्म समय दिइए पनि काम पूरा नभएको गुनासो गर्दै, मन्त्रालयको पहलमा अपूरा काम सम्पन्न गर्न तथा तत्काल ग्रेभल बिछ्याई बाटो चलायमान हुने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि ठोस पहल नभएको वडाध्यक्षको भनाइ छ ।