Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

२२ किलाे सुन प्रकरण : राजस्व चुहावट मुद्दामा भारतीय नागरिकलाई धरौटी आदेश

spot_img
spot_img

वीरगंज । जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकहरूलाई धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार अदालतको ईजलास नम्बर १ का न्यायाधीश भोला ढकालले भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदीका सिन्हालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

अदालत स्रोतका अनुसार भारतको रक्सौल, पूर्वी चम्पारण बिहारका ५८ वर्षीय अशोक र ३२ वर्षीया निवेदीकाको ठाँउमा अर्को दुई भारतीय नागरिकलाई हाजिर गराएर अदालतबाट धरौटीमा छाडिएको हो । राजस्व चुहावट मुद्धामा अशोक र निवेदीकालाई जनही १५ लाख रुपैयाँ धरौटी माग गरिएकाे थियो भने सम्पत्ति शुद्धिकरण मुद्धामा अशोकलाई १५ लाख र निवेदीकालाई १० लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अदालतमा हाजिर भएका व्यक्तिलाई नम्बर नै नभएकाे गाडीमा राखी न्यायाधीश बस्ने क्वार्टरकाे घरमा लगिएको थियाे । यस्तै, न्यायाधीश ढकाल बस्दै आएको घरबेटी दिपक नाम गरेका व्यक्तिले फरार अभियुक्तको ठाँउमा अर्कैलाई हाजिर गराएको दाबी गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार स्थायी बसोबास नभएका र एक वर्ष वा सोभन्दा बढी सजाय हुने कसुरमा अभियोग लागेका व्यक्तिलाई थुनामा राख्न सकिने व्यवस्था छ । तर यस मुद्धामा यस्तो प्रक्रिया अवलम्बन नभएको स्रोतले जनाएको छ ।

यस बारे बारा प्रहरी र अदालत प्रशासनलाई जानकारी गराउदा समेत हाजिर भएका व्यक्तिहरुकाे बारेमा अनुसन्धान भएकाे थिएन । अदालतका स्रेस्तेदार राजकुमार दाहालले अदालतमा मुद्दामा सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र खुल्ने कागजात हेरेर ब्यान गराइएकाे बताए । उनका अनुसार अदालतमा राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा भारतिय नागरिकलाई आधार कार्डकाे आधारमा हाजिर गराएर धरौटीमा छाड्न आदेश भएको हो ।

२०७७ कात्तिक १ मा वीरगंज महानगरपालिका–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट पर्सा प्रहरीले २२ किलो ५७६ ग्राम सुन बरामद गरेको थियो । उक्त अपार्टमेन्टमा अशोक सिन्हा बस्दै आएका थिए भने साे अपार्टमेन्ट उनकी छाेरी निवेदिकाकाे नाममा दर्ता रहेकाे छ । साेही प्रकरण बारे राजश्व अनुसन्धान कार्यालय पथलैयाले बारा जिल्ला अदालतमा दर्ता गरेकाे मुद्दाकाे आइतबार सुनुवाई भएकाे थियाे ।

यस घटना बारे विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि आदेश गर्ने न्यायाधीश ढकाल बस्दै आएकाे काेठा सार्ने तयारी गरेकाे बुझिएकाे छ । आइतबार मात्र ढकालले नौ जनालाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...