Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्साकाे पोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँबाट १९ किलोभन्दा बढी चरेस बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल बि.ओ.पि. प्रसौनी भाठ्ठाबाट खटिएको टोलीले साेमबार बिहान करिब १ बजे उक्त चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्रकाेटीकाे कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली तलासी गर्दा २ वटा कालो झोलामा कार्टुनभित्र १९.१२६ केजी अवैध लागुऔषध फेला परेको सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टले जानकारी दिए । घटनास्थलमा कोही पनि व्यक्ति फेला नपरेकाेले पक्राउ गर्न नसकिएकाे सशस्त्र प्रहरीले जनाएको छ ।

थप मद्दतका लागि सुरक्षा बेश क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरी नायब उपरिक्षक सम्भु कटुवालको गाडी तथा मोबाइल टोलीले बरामद गरिएको चरेस जिम्मामा लिएर ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...