Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 147

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

0

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको संक्रमण फैलिन नदिन अभियान सञ्चालन गरिएको बताP ।

चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि बढाइएको प्रमुख सिंहको भनाइ छ।

बिहीबारदेखि सुरु भएको अभियानअन्तर्गत दोस्रो दिन घण्टाघर देखि पावरहाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा विषादी छर्किने कार्य केन्द्रित गरिएको थियो। महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि नै पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए ।

महानगरका अनुसार ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ। वीरगंजमा चिसो र गर्मी मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुईपटक नियमित रूपमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विकास, सुशासन र रोजगारीमा केन्द्रित पर्सा २ की उम्मेदवार रिमा यादवको प्रतिबद्धता पत्र

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ की नेकपा (एमाले) उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसँगै पर्सा–२ को चौतर्फी रूपान्तरणमा केन्द्रित कार्ययोजना अघि सारेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्रमा उनले सचेत सांसदको रूपमा नीति निर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् । संसदमा कानुन निर्माणका क्रममा मधेसको भू–धरातल, सीमावर्ती क्षेत्रका समस्या र पर्सावासीका आवश्यकतालाई प्रतिविम्बित गराउने गरी नीतिगत बहस गर्ने उनले जनाएकी छन् । साथै पर्सागढी गुरुयोजना र सिँचाइ आयोजना जस्ता ठूला योजनालाई राष्ट्रिय प्राथमिकतामा पार्न बजेट पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कृषि क्षेत्रतर्फ किसानमैत्री नीति, मल र बीउको स्थायी समाधान तथा कृषि उपजको भण्डारणका लागि चिस्यान केन्द्र निर्माणलाई प्राथमिकतामा राखिएको छ । कृषि अनुदान वास्तविक किसानसम्म सोझै पुग्ने व्यवस्था मिलाउन र कृषि बिमा सहज तथा प्रभावकारी बनाउन नीतिगत पहल गर्ने उल्लेख छ।

स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधारका लागि क्षेत्रभित्र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, उपकरण र दक्ष जनशक्तिको व्यवस्था तथा महिलाहरूको पाठेघर क्यान्सर परीक्षण र उपचारलाई निःशुल्क र प्रभावकारी बनाउने योजना समेटिएको छ।

विद्यालयहरूलाई प्रयोगात्मक तथा प्राविधिक शिक्षामा केन्द्रित गर्दै विषयगत शिक्षक दरबन्दी सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ।

सांस्कृतिक तथा पर्यटकीय धरोहर संरक्षणअन्तर्गत पर्सागढीको ऐतिहासिक पहिचानलाई प्रवर्द्धन गर्दै गुरुयोजनासहित पूर्वाधार विकास र विन्दवासिनी मन्दिर लगायत धार्मिक स्थलहरूलाई पर्यटन सर्किटमा जोड्ने योजना अघि सारिएको छ।

सुशासन र जनउत्तरदायित्वतर्फ “सांसदसँग सवाल” कार्यक्रममार्फत नियमित जनसंवाद, सार्वजनिक सुनुवाइ तथा सरकारी सेवामा पारदर्शिता र गुणस्तरमा कडा निगरानी गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

उम्मेदवार यादवले विकास, सेवा र रोजगारीमुखी एजेन्डासहित सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन मतदातासँग अपिल गरेकी छन्।

पर्सा ४ काे जगरनाथपुरमा रमेश रिजालकाे घरदैलाे, मतदाताबाट टीका र समर्थन

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा बिहीबार नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल घरदैलो कार्यक्रममा सहभागी हुँदा स्थानीय मतदाताले स्वागत गर्दै समर्थन जनाएका छन्।

बिहीबार दिउँसो मत माग्ने क्रममा रिजाल घरघरमा पुग्दा घरभित्रबाट स्वस्फूर्त रूपमा निस्किएका महिला, युवा तथा बृद्धबृद्धाले टीका लगाएर स्वागत गरेका थिए। सो अवसरमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार रिजालले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि नेपाली कांग्रेस का योजना र प्रतिबद्धताबारे अवगत गराएका थिए।

घरदैलो कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्यका साथै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले घरदैलो अभियानले मतदातासँगको सम्बन्ध अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने बताएका छन्।

पर्सा–३ मा रुपेश पाण्डे झन बलियो : जसपाका युवा नेता चौरसिया सहित सयौं जना एमाले प्रवेश

0

वीरगंज । जनता समाजवादी पार्टीका प्रभावकारी युवा नेता तथा बिन्दवासिनी गाउँपालिका प्रमुखका प्रत्यासी मधुसुदन चौरसियाको नेतृत्वमा सयौं जना नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

चौरसिया सहित एमाले प्रवेश गर्नेहरूमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय नेता तथा कार्यकर्ताहरू रहेका छन्।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै नवप्रवेशीहरूको आगमनले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।

सो अवसरमा नवप्रवेशी नेताहरूले स्थानीय तहदेखि संघीय तहसम्म विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पर्सा ३ का एमालेका उम्मेदवार रुपेश पाण्डेलाई जिताउन सक्रिय भुमिका खेल्न प्रतिवद्धता समेत जनाए ।

सयौंको संख्यामा नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेसँगै पर्सा क्षेत्र नं. ३ मा एमाले अझ बलियो बनेको नेताहरूले बताएका छन्। यसले पर्सा क्षेत्र नं. ३ का उम्मेदवार पाण्डेको जित सुनिश्चित हुने दाबी समेत गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय सहकार्य र निरन्तर पहलले पर्सामा पार्टी संगठन सुदृढ हुँदै गएको एमाले स्रोतले जनाएको छ । पार्टीले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तार र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन हजरालाई विशेष जिम्मेवारी समेत दिएकाे छ ।

प्रादेशिक अस्पताल पोखरियाको एक्सरे सेवा अवरुद्ध, ठेकेदारले पार्टपुर्जा झिकेर लग्यो

0

एमालेका बसरुद्दीन अन्सारी काँग्रेसमा प्रवेश

0

वीरगंज। नेकपा (एमाले) का नेता तथा वीरगंजका मेडिकल व्यवसायी बसरुद्दीन अन्सारी नेपाली काँग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। जनकपुरमा आयोजित काँग्रेसको प्रतिज्ञा सभामा काँग्रेस सभापति गगन थापाले अन्सारीलाई खादा तथा मालाले स्वागत गर्दै पार्टीमा भित्र्याएका हुन्।

अन्सारी लामो समयदेखि विभिन्न राजनीतिक धारमा सक्रिय रहँदै आएका नेता हुन्। उनले राजावादी, माओवादी हुँदै एमालेसम्मको यात्रा तय गर्दै पटक–पटक चुनाव लडेका थिए। स्थानीय तह निर्वाचन २०७४ अघि एमाले प्रवेश गरेका अन्सारी त्यसपछि पार्टीको केन्द्रीय सदस्य पदका आकाङ्क्षी बनेका थिए, तर ११औँ महाधिवेशनमा पराजित भएका थिए।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट टिकटको अपेक्षा राखेका अन्सारीले टिकट नपाएपछि काँग्रेस रोजेको निकट स्रोतहरूले बताएका छन्। उनले आफ्ना केही सहयोगीहरूलाई पनि टिकट दिलाउने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्।

पार्टी प्रवेशपछि अन्सारीले समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्रको समृद्धि, स्थायित्व तथा दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा समर्पित गर्ने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गगन थापाले अन्सारीको प्रवेशले पर्सा जिल्लामा काँग्रेसको सङ्गठन थप सशक्त बनेको उल्लेख गरे। उनले देशको परिवर्तनका लागि वैकल्पिक सोच, पारदर्शिता र इमानदार नेतृत्व आवश्यक रहेको बताउँदै अनुभवी नेताहरूको साथले पार्टी अझ बलियो बन्ने धारणा राखे।

पर्सा–३ मा रूपेश पाण्डेको घरदैलो, विकास र जनसेवामा प्रतिबद्धता

0

वीरगंज । पर्सा जिल्ला, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत कटैया र गुलवरिया क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का रूपेश पाण्डेय ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा पाण्डेयले आफू अरू जस्ता नभई जनताको सेवा र हितका लागि प्रतिवद्ध रहेको बताए। उनले विकासका सम्पूर्ण कार्यहरू विजयी भएपछि पूरा गर्ने अठोट लिएका छन् र जनतालाई झुटो आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार पाण्डेयले मतदातालाई अन्य उम्मेदवारका झुटो आश्वासनमा नपर्न आग्रह गर्दै, विजयी भएपछी स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरे। साथै, क्षेत्र नम्बर ३ का जनताले आफूलाई मतदान गरी विजयी बनाउने पूर्ण विश्वास रहेको पनि उनले बताए।

घरदैलो कार्यक्रममा पूर्वमन्त्री तथा एमाले नेता प्रमोद जैसवाल, मन्जुर आलम, फरमान मियाँ, सुजित गिरी, सन्तोष साह लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

इनरुवामा रास्वपाकाे सम्पर्क कार्यालय संचालन, उम्मेदवार पन्तद्वारा उद्घाटन

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिकाको इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालय सञ्चालनमा आएको छ । कार्यालयकाे उद्घाटन रास्वपा पर्सा सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तले गरेका छन्।

उद्घाटनका क्रममा पन्तले इनरुवाबासीप्रति आफ्नो माया रहेको बताउँदै, स्थानीय मतदातालाई आफ्नो ठाउँबाट रास्वपालाई जिताउन आग्रह गरे। उनले यहाँको जनताको मायाको सधैं सम्मान र कदर गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा रास्वपा वीरगंज महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापति, दिलिप कुर्मी, मुकेध पटेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम बिजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए।

पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान, विकास र रोजगारीमा प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले बुधबार बहुदरमाई नगरपालिका–३, नगरदाहा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन् । घरदैलोमा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत मागेकी छन्।

यादवले स्थानीय टोल–बस्तीमा पुगेर विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता बनाउँदै आफू चुनावी मैदानमा उत्रिएको र परिवर्तनका लागि सूर्य छापमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन्। कार्यक्रममा स्थानियहरूले यादवलाई स्वागत गर्दै मिठाइ समेत खुवाएका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार विजय सरावगी, बहुदरमाई नगरप्रमुख सिंहासन साह, नेता शिव पटेल, पुरन कुर्मी, वडा अध्यक्ष सुरेन्द्र यादव लगायत सयौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। टोलीले नगरदाहाका विभिन्न टोलमा पुगेर मतदातासँग छलफल गर्दै जनताका समस्या, सुझाव र अपेक्षाहरू सुनेको थियो।

उम्मेदवा‍र यादवले सडक, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। केन्द्रीय सदस्य सरावगीले पनि यादव सक्षम, इमानदार र जनतासँग नजिकको उम्मेदवार भएकाले उनलाई विजयी गराउन मतदातालाई आग्रह गरे।

कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार र बेरोजगारी समाधानजस्ता माग राखेका थिए। उम्मेदवार यादवले ती माग प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिँदै आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

वीरगंजको श्रीपुर र रानिघाटमा प्रदीप यादवको घरदैलो, अरविन्द सिंह पनि सहभागी

0

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका–११ र १४ अन्तर्गत रानीघाट, श्रीपुर, बहुवरीलगायत क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा यादवले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदान र क्षेत्रीय विकास योजनाहरू प्रस्तुत गरे। उनले आफूलाई क्षेत्रको हरेक कुनामा जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। यादवले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैं देख्न सक्नुहुन्छ।”

उनी यस क्षेत्रमा सधैं जनताको सुख–दुःखमा साथ रहने र अन्य उम्मेदवारहरू चुनावी मौसममा मात्र सक्रिय हुने भएकाले मतदाताले सावधानी अपनाउनुपर्ने बताए। यादवले नेकपा (एमाले) को राष्ट्रियता, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासलाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको पनि उल्लेख गरे।

पूर्व मन्त्रीसमेत रहेका यादवले गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणको एजेन्डालाई आफ्नो जीवनको हिस्सा बनाएको दाबी गरे।

कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो।