Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

पर्सा–३ मा रुपेश पाण्डे झन बलियो : जसपाका युवा नेता चौरसिया सहित सयौं जना एमाले प्रवेश

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका प्रभावकारी युवा नेता तथा बिन्दवासिनी गाउँपालिका प्रमुखका प्रत्यासी मधुसुदन चौरसियाको नेतृत्वमा सयौं जना नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

चौरसिया सहित एमाले प्रवेश गर्नेहरूमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय नेता तथा कार्यकर्ताहरू रहेका छन्।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै नवप्रवेशीहरूको आगमनले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।

सो अवसरमा नवप्रवेशी नेताहरूले स्थानीय तहदेखि संघीय तहसम्म विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पर्सा ३ का एमालेका उम्मेदवार रुपेश पाण्डेलाई जिताउन सक्रिय भुमिका खेल्न प्रतिवद्धता समेत जनाए ।

सयौंको संख्यामा नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेसँगै पर्सा क्षेत्र नं. ३ मा एमाले अझ बलियो बनेको नेताहरूले बताएका छन्। यसले पर्सा क्षेत्र नं. ३ का उम्मेदवार पाण्डेको जित सुनिश्चित हुने दाबी समेत गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय सहकार्य र निरन्तर पहलले पर्सामा पार्टी संगठन सुदृढ हुँदै गएको एमाले स्रोतले जनाएको छ । पार्टीले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तार र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन हजरालाई विशेष जिम्मेवारी समेत दिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...

धोबीनी गाउँपालिकाको ३१ करोड ७ लाखकाे बजेट सार्वजनिक

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेटसहित नीति तथा...

पर्साका प्रहरी प्रवक्ता डीएसपी बस्नेतको मानव बेचबिखन ब्युरोमा काज सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला...