Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमालेका बसरुद्दीन अन्सारी काँग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज। नेकपा (एमाले) का नेता तथा वीरगंजका मेडिकल व्यवसायी बसरुद्दीन अन्सारी नेपाली काँग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। जनकपुरमा आयोजित काँग्रेसको प्रतिज्ञा सभामा काँग्रेस सभापति गगन थापाले अन्सारीलाई खादा तथा मालाले स्वागत गर्दै पार्टीमा भित्र्याएका हुन्।

अन्सारी लामो समयदेखि विभिन्न राजनीतिक धारमा सक्रिय रहँदै आएका नेता हुन्। उनले राजावादी, माओवादी हुँदै एमालेसम्मको यात्रा तय गर्दै पटक–पटक चुनाव लडेका थिए। स्थानीय तह निर्वाचन २०७४ अघि एमाले प्रवेश गरेका अन्सारी त्यसपछि पार्टीको केन्द्रीय सदस्य पदका आकाङ्क्षी बनेका थिए, तर ११औँ महाधिवेशनमा पराजित भएका थिए।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट टिकटको अपेक्षा राखेका अन्सारीले टिकट नपाएपछि काँग्रेस रोजेको निकट स्रोतहरूले बताएका छन्। उनले आफ्ना केही सहयोगीहरूलाई पनि टिकट दिलाउने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्।

पार्टी प्रवेशपछि अन्सारीले समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्रको समृद्धि, स्थायित्व तथा दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा समर्पित गर्ने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गगन थापाले अन्सारीको प्रवेशले पर्सा जिल्लामा काँग्रेसको सङ्गठन थप सशक्त बनेको उल्लेख गरे। उनले देशको परिवर्तनका लागि वैकल्पिक सोच, पारदर्शिता र इमानदार नेतृत्व आवश्यक रहेको बताउँदै अनुभवी नेताहरूको साथले पार्टी अझ बलियो बन्ने धारणा राखे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...