Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

वीरगंजको श्रीपुर र रानिघाटमा प्रदीप यादवको घरदैलो, अरविन्द सिंह पनि सहभागी

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका–११ र १४ अन्तर्गत रानीघाट, श्रीपुर, बहुवरीलगायत क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा यादवले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदान र क्षेत्रीय विकास योजनाहरू प्रस्तुत गरे। उनले आफूलाई क्षेत्रको हरेक कुनामा जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। यादवले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैं देख्न सक्नुहुन्छ।”

उनी यस क्षेत्रमा सधैं जनताको सुख–दुःखमा साथ रहने र अन्य उम्मेदवारहरू चुनावी मौसममा मात्र सक्रिय हुने भएकाले मतदाताले सावधानी अपनाउनुपर्ने बताए। यादवले नेकपा (एमाले) को राष्ट्रियता, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासलाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको पनि उल्लेख गरे।

पूर्व मन्त्रीसमेत रहेका यादवले गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणको एजेन्डालाई आफ्नो जीवनको हिस्सा बनाएको दाबी गरे।

कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...