वीरगंज,१७ मंसिर । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका ३० बर्षिय रणधीर साहको परिवारलाइ सोमबार आर्थिक सहयोग गरिएको छ । चितवनको भरतपुरमा गत कातिक २५ गते मोटरसाईकल दुर्घटना हुदाँ साहको मृत्यु भएको हो । भरतपुरमै मेकानीकको काम गर्नेहरुले मृतक साहकी श्रीमति सबिता सरार्फलाई ७० हजार १ सय ५० रुपैया नगद सहयोग गरेका हुन् ।
मानविय नाताले मृतकको घरमा पुगेर सहयोग गरेको मेकानीक विरबहादुर नेपालीले बताए । विगत ३ बर्ष देखि चितवनको भरतपुर महानगरपालिका ११ गणेशथानमा मोटरसाईकलको वर्कशप खोलेर बस्दै आएका साहको परिवारलाइ भरतपुरका ६० जना मेकानीकहरुले रकम संकलन गरी सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार सहयोग गरीएको नेपालीले बताए ।
यस्तै वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष श्याम बाबु प्रसाद चौरसीयाले मृतक साहका परीवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । मृतक साहको अल्पआयुमै आक्समिक निधन भएकाले सहयोग रकम बैंकमा खाता खोलेर छोरीहरुको नाममा राखिने वडा अध्यक्ष चौरसीयाले प्रतिबद्धता व्यतm गरे ।
सहयोग वितरणमा प्रहरी चौकी गणेश टोलका प्रहरी हवल्दार सुरेन्द्र राय यादव , भरतपुरका मेकानीकहरु ईन्द्र विक, मनोज साह, हरीनारायण साह, अर्जुन साह, सुरेन्द्र चौधरी लगायतका मेकानीकहरुको उपस्थिति रहेको थियो । मृतक साहको ५ बर्ष र ३ बर्षका गरि २ जना छोरी रहेका छन् ।









लायन्स क्लब अफ वीरगंजका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पत्रकार तिवारी यादव, पुजा कुशवाहा, बर्षा पाण्डे, इरफान आलम, रोशन महतो, अनुशा श्रेष्ठ, रम्भा देवी, अजय राम, दिनेश साह, स्वेता श्रीवास्तव, कृष्णा यादव, शम्भु घिमिरे, रुपनारायण ठाकुर, मोहित श्रेष्ठ सुनिल श्रेष्ठ, कुमार बस्नेत लगायतकाले रक्तदान गरेका छन ।
पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपाका युवा नेता रहबर अंसारी, लायन्स क्लब अफ वीरगंजका सचिव छेदुप लामा, सह सचिव दिगम्बर थापा, कोषाध्यक्ष राजेश बर्णवाल, लायन्स क्लब अफ सेन्टर सिटी वीरगंजका अध्यक्ष गुडी जोशी, लियो क्लब अफ वीरगंजका अध्यक्ष सिमन गुरुङ्ग, पूर्व अध्यक्ष दिपेन्द्र यादव, सचिव मेराजुल हवारी, कोषाध्यक्ष रामविनेश यादव लगायतकाको सहभागिता रहेको थियो ।
आयोजक संस्थाका कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको गोष्ठी समापन समाहरोहमा पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतो, विन्दावासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ता, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुश्मी देवी लगायतकाले मन्तव्य राखेका थिए ।


