Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

लियो र लायन्स क्लबको रक्तदान कार्यक्रममा १७ महिला सहित ८८ जना द्वारा रक्तदान

spot_img
spot_img

वीरगंज, १५ मंसिर ।
वीरगंजको घण्टाघरमा आज आयोजित रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन । लियो क्लब अफ वीरगंजको सहयोगमा लायन्स क्लब अफ वीरगंज र लायन्स क्लब अफ सेन्टरल सिटीले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ महिला सहित ८८ जनाले रक्तदान गरेका हुन ।

blood-kalikatimesलायन्स क्लब अफ वीरगंजका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पत्रकार तिवारी यादव, पुजा कुशवाहा, बर्षा पाण्डे, इरफान आलम, रोशन महतो, अनुशा श्रेष्ठ, रम्भा देवी, अजय राम, दिनेश साह, स्वेता श्रीवास्तव, कृष्णा यादव, शम्भु घिमिरे, रुपनारायण ठाकुर, मोहित श्रेष्ठ सुनिल श्रेष्ठ, कुमार बस्नेत लगायतकाले रक्तदान गरेका छन ।

guest-kalikatimesपर्साका प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपाका युवा नेता रहबर अंसारी, लायन्स क्लब अफ वीरगंजका सचिव छेदुप लामा, सह सचिव दिगम्बर थापा, कोषाध्यक्ष राजेश बर्णवाल, लायन्स क्लब अफ सेन्टर सिटी वीरगंजका अध्यक्ष गुडी जोशी, लियो क्लब अफ वीरगंजका अध्यक्ष सिमन गुरुङ्ग, पूर्व अध्यक्ष दिपेन्द्र यादव, सचिव मेराजुल हवारी, कोषाध्यक्ष रामविनेश यादव लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको प्राविधिकहरुको टोली प्राविधिक सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...