Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

विद्यालय व्यवस्थापन समितीका पदाधिकारीको पदभार ग्रहण

spot_img
spot_img

विरगंज,१४ मंसिर  ।

पर्साको पकहामैनपुर गाउपालिका वडा नंं.४ को लहावरथकरीमा रहेको श्री ब्रहम स्थान ने.रा.प्रा.वि.मा गत मंगलबार गठन भएको विद्यालय व्यवस्थापन समितीका पदाधिकारीको पदभार ग्रहण कार्यक्रम सम्पन भएको छ । विद्यालयका प्रधानाध्यापक अशोक साह तेलीको अध्यक्षता तथा वडाध्यक्ष ढेडी प्रसाद यादवको प्रमुख आतिथ्यमा पदभार ग्रहण कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सिकेन्द्र प्रसाद यादवलाई प्रधानाध्यापक अशोक साहले पदभार ग्रहण गराउनु भयो । समितीका सदस्यहरु लतिफ मिया धोवी, हसर्दिन हवारीलाई समितीका अध्यक्ष यादवले र गाउपालिकाका वोर्ड सदस्य सुशिला देवीले महिला सदस्यहरु सुरसती देवी, अफिफा खातुन ,श्रीमती महापती देवी अहिरिनलाई पदभार ग्रहण गराउनु भयो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै समितीका अध्यक्ष सिकेन्द्र यादवले आफनो कार्यकालमा विद्यालयलाई बोर्डिगं स्कुलभन्दा बलियो बनाउदै शिक्षामा नयाँ सुधार ल्याउने बताउनुभयो । अध्यक्ष यादवले विगत ४ बर्षदेखि व्यवस्थापन समिती विहिन रहेको विद्यालयको शैक्षिक तथा भौतिक अवस्था दैयनीय रहेकाले १ बर्षभित्रमा नै सुधार ल्याएर आफनै कार्यकालमा कक्षा ८ सम्मको पठनपाठन सुचारु गराउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष ढेडि प्रसाद यादवले आफनो मुख्य एजेन्डा शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार रहेको बताउदै वडाभित्रका सम्पुर्ण विद्यालयको शिक्षाको सुधारको लागि आफुले सहयोग गर्ने बताउनु भयो ।

पदभार ग्रहण कार्यक्रममा नेकपाका स्थानिय नेता सुरेश मेहता ,नेपाली कांग्रेसका जोधा चौहान,रामा प्रसाद यादव ,वृजकिशोर यादव ,पकहमैनपुर गाउपालिकाका वोर्ड सदस्य सुशिला देवी,वडा सदस्य अनिल साह तेली सबैठवाका प्रधानाध्यापक अब्दुलाह मियाँ राकी,बनकटवाका प्रधानाध्यापक गोपाल प्रसाद लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...