Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

विद्यालय व्यवस्थापन समितीका पदाधिकारीको पदभार ग्रहण

spot_img
spot_img

विरगंज,१४ मंसिर  ।

पर्साको पकहामैनपुर गाउपालिका वडा नंं.४ को लहावरथकरीमा रहेको श्री ब्रहम स्थान ने.रा.प्रा.वि.मा गत मंगलबार गठन भएको विद्यालय व्यवस्थापन समितीका पदाधिकारीको पदभार ग्रहण कार्यक्रम सम्पन भएको छ । विद्यालयका प्रधानाध्यापक अशोक साह तेलीको अध्यक्षता तथा वडाध्यक्ष ढेडी प्रसाद यादवको प्रमुख आतिथ्यमा पदभार ग्रहण कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सिकेन्द्र प्रसाद यादवलाई प्रधानाध्यापक अशोक साहले पदभार ग्रहण गराउनु भयो । समितीका सदस्यहरु लतिफ मिया धोवी, हसर्दिन हवारीलाई समितीका अध्यक्ष यादवले र गाउपालिकाका वोर्ड सदस्य सुशिला देवीले महिला सदस्यहरु सुरसती देवी, अफिफा खातुन ,श्रीमती महापती देवी अहिरिनलाई पदभार ग्रहण गराउनु भयो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै समितीका अध्यक्ष सिकेन्द्र यादवले आफनो कार्यकालमा विद्यालयलाई बोर्डिगं स्कुलभन्दा बलियो बनाउदै शिक्षामा नयाँ सुधार ल्याउने बताउनुभयो । अध्यक्ष यादवले विगत ४ बर्षदेखि व्यवस्थापन समिती विहिन रहेको विद्यालयको शैक्षिक तथा भौतिक अवस्था दैयनीय रहेकाले १ बर्षभित्रमा नै सुधार ल्याएर आफनै कार्यकालमा कक्षा ८ सम्मको पठनपाठन सुचारु गराउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष ढेडि प्रसाद यादवले आफनो मुख्य एजेन्डा शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार रहेको बताउदै वडाभित्रका सम्पुर्ण विद्यालयको शिक्षाको सुधारको लागि आफुले सहयोग गर्ने बताउनु भयो ।

पदभार ग्रहण कार्यक्रममा नेकपाका स्थानिय नेता सुरेश मेहता ,नेपाली कांग्रेसका जोधा चौहान,रामा प्रसाद यादव ,वृजकिशोर यादव ,पकहमैनपुर गाउपालिकाका वोर्ड सदस्य सुशिला देवी,वडा सदस्य अनिल साह तेली सबैठवाका प्रधानाध्यापक अब्दुलाह मियाँ राकी,बनकटवाका प्रधानाध्यापक गोपाल प्रसाद लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...