Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध ईन्जेक्सन र नाईट्रोभेट सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज, १७ मंसिर ।
पर्सा प्रहरीले प्रतिवन्धीत लागु औषध ईन्जेक्सन र नाईट्रोभेट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं. २४ रामगाढवाका विनोद साह तेलीको छोरा बर्ष २० का उदय साह तेली, स्थानिय कमरुदिन अंसारीको छोरा बर्ष १८ का ज्याउल अंसारी र हेटौडा उपमहानगरपालिकाको वडा नं. ४ बस्ने गोपाल परियारका छोरा बर्ष ४२ का बिजय परियार रहेका छन ।

ईलाका प्रहरी कार्यालय नगवा, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज १६, नगवाबाट आईतबार राती भारत रक्सौल तर्फबाट वीरगंज आईरहेको ना.५४प. ९३८६ नम्बरको मोटरसाइकलमा सावर तेली र अंसारीलाई लागु औषध इजेक्सन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । निजहरुको साथबाट ईन्जेक्स डाईजेल्याव ५०० पिस, फेनारगन ५०० पिस, र नुर्फिन ५०० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै प्रहरी चोकी ईनर्वा, पर्साबाट खटेको टोलीले वीरगंज १६, रजतजयन्ती चौकबाट नै भारतको रक्सौल तर्फबाट वीरगंज पैदल हिडी आइरहेको परियारलाई आइतबार बेलुका लागु औषध नाईट्रोभेट ट्याबलेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको परियारको साथबाट नाईट्रोभेट ट्याबलेट ३०० पसि पिस फेला परेको प्रहरी कार्यालय प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...