Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागु औषध ईन्जेक्सन र नाईट्रोभेट सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज, १७ मंसिर ।
पर्सा प्रहरीले प्रतिवन्धीत लागु औषध ईन्जेक्सन र नाईट्रोभेट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं. २४ रामगाढवाका विनोद साह तेलीको छोरा बर्ष २० का उदय साह तेली, स्थानिय कमरुदिन अंसारीको छोरा बर्ष १८ का ज्याउल अंसारी र हेटौडा उपमहानगरपालिकाको वडा नं. ४ बस्ने गोपाल परियारका छोरा बर्ष ४२ का बिजय परियार रहेका छन ।

ईलाका प्रहरी कार्यालय नगवा, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज १६, नगवाबाट आईतबार राती भारत रक्सौल तर्फबाट वीरगंज आईरहेको ना.५४प. ९३८६ नम्बरको मोटरसाइकलमा सावर तेली र अंसारीलाई लागु औषध इजेक्सन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । निजहरुको साथबाट ईन्जेक्स डाईजेल्याव ५०० पिस, फेनारगन ५०० पिस, र नुर्फिन ५०० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै प्रहरी चोकी ईनर्वा, पर्साबाट खटेको टोलीले वीरगंज १६, रजतजयन्ती चौकबाट नै भारतको रक्सौल तर्फबाट वीरगंज पैदल हिडी आइरहेको परियारलाई आइतबार बेलुका लागु औषध नाईट्रोभेट ट्याबलेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको परियारको साथबाट नाईट्रोभेट ट्याबलेट ३०० पसि पिस फेला परेको प्रहरी कार्यालय प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...