Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

रिफरल मेचानिजम सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

spot_img
spot_img

वीरगंज, १४ मंसिर ।
रिफरल मेचानिजम सम्बन्धी २ दिने कार्यशाला गोष्ठी शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । स्थानिय अधिकार कार्यक्रम (एल.आर.पी.) अन्तर्गत हरिओम पार्टी प्यालेस अशोकवाटीका, वीरगंजमा आयोजित गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहभागि न्यायिक समितिका सदस्यहरुलाई कस्ता मुद्दाहरु रेफर गर्ने र कस्ता मद्दाहरु मेलमिलाप गर्ने बारे समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको ।

dyc gosthi 2-kalikatimesआयोजक संस्थाका कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको गोष्ठी समापन समाहरोहमा पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतो, विन्दावासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ता, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुश्मी देवी लगायतकाले मन्तव्य राखेका थिए ।

गोष्ठीको सहजिकरण आयोजक संस्थाकी अनुगमन मूल्यांकन अधिकृत देवता रिजाल, कार्यक्रम संयोजक कोपिला चौलागाई लगायतकाले गरेका थिए । एक्सनएड नेपालको सहयोगमा र दिब्य युवा क्लब वीरन्चीबर्वाको आयोजनामा भएको गोष्ठीमा पर्साका ५ स्थानिय तहको न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाले लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार मुल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको छ भने डिसेम्बर १० र ११ गते वीरगंजमा राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...