Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

छिपहरमाई गाउपालिकाको वडा नं.१, मिर्जापुर खुल्ला दिशामुक्त घोषणा

spot_img
spot_img

विरगंज, १४ मंसिर ।

पर्साको छिपहरमाई गाउपालिकाको वडा नं.१ मा रहेको मिर्जापुर आज खुल्ला दिशामुक्त घोषणा भएको छ । जिल्लाको ५२ औ साविक गाविस मिर्जापुर खुल्ला दिशामुक्त कार्यक्रमको प्रमुख अतिथी पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले  खुला दिशामुक्त भएको घोषणा गर्नुभयो ।

महादेव अधारभुत विद्यालयमा भएको घोषणा सभालाई सम्बोधन गर्दैसांसद यादवले पर्सा जिल्लाको बाकी वडालाई १ बर्षभित्रमा खुल्ला दिशामुक्त गरेर जिल्लालाई नै खुल्ला दिशामुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । वहाले सरसफाई सामाजको लागि एक आधारभुत आवश्यकता भएको बताउदै स्वास्थ्य सामाज निमार्णको लागि सबैभन्दा पहिले खुल्ला दिशामुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो ।

एक घर एक चर्पी छिपहमाई गाउपालिकाको शान, स्वच्छ जिवन, स्वच्छ वातावरण हामी सबैको स्वभिमान भन्ने मान्यताका साथ खुल्ला दिशामुक्त वडा घोषणा भएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले वताउनु भयो ।

वडाध्यक्ष राजबली प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्राशन कल्वार ,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, खानेपानी सरसफाई कार्यालयका  जाकिर हुसेन, संघिय सामाजबादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव लगायत स्थानिय बासिन्दा समेतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...