Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

छिपहरमाई गाउपालिकाको वडा नं.१, मिर्जापुर खुल्ला दिशामुक्त घोषणा

spot_img
spot_img

विरगंज, १४ मंसिर ।

पर्साको छिपहरमाई गाउपालिकाको वडा नं.१ मा रहेको मिर्जापुर आज खुल्ला दिशामुक्त घोषणा भएको छ । जिल्लाको ५२ औ साविक गाविस मिर्जापुर खुल्ला दिशामुक्त कार्यक्रमको प्रमुख अतिथी पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले  खुला दिशामुक्त भएको घोषणा गर्नुभयो ।

महादेव अधारभुत विद्यालयमा भएको घोषणा सभालाई सम्बोधन गर्दैसांसद यादवले पर्सा जिल्लाको बाकी वडालाई १ बर्षभित्रमा खुल्ला दिशामुक्त गरेर जिल्लालाई नै खुल्ला दिशामुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । वहाले सरसफाई सामाजको लागि एक आधारभुत आवश्यकता भएको बताउदै स्वास्थ्य सामाज निमार्णको लागि सबैभन्दा पहिले खुल्ला दिशामुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो ।

एक घर एक चर्पी छिपहमाई गाउपालिकाको शान, स्वच्छ जिवन, स्वच्छ वातावरण हामी सबैको स्वभिमान भन्ने मान्यताका साथ खुल्ला दिशामुक्त वडा घोषणा भएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले वताउनु भयो ।

वडाध्यक्ष राजबली प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्राशन कल्वार ,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, खानेपानी सरसफाई कार्यालयका  जाकिर हुसेन, संघिय सामाजबादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव लगायत स्थानिय बासिन्दा समेतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...