Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मेकानिकहरुद्वारा मृतक सहकर्मीका श्रीमतीलाई आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज,१७ मंसिर । मोटरसाइकल दुर्घटनामा  परी ज्यान गुमाएका वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका ३० बर्षिय रणधीर साहको परिवारलाइ सोमबार आर्थिक सहयोग गरिएको छ । चितवनको भरतपुरमा गत कातिक २५ गते मोटरसाईकल दुर्घटना हुदाँ साहको मृत्यु भएको हो । भरतपुरमै मेकानीकको काम गर्नेहरुले मृतक साहकी श्रीमति सबिता सरार्फलाई ७० हजार १ सय ५० रुपैया नगद सहयोग गरेका हुन् ।

मानविय नाताले मृतकको घरमा पुगेर सहयोग गरेको मेकानीक विरबहादुर नेपालीले बताए । विगत ३ बर्ष देखि चितवनको भरतपुर महानगरपालिका ११ गणेशथानमा मोटरसाईकलको वर्कशप खोलेर बस्दै आएका साहको परिवारलाइ भरतपुरका ६० जना मेकानीकहरुले रकम संकलन गरी सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार सहयोग गरीएको नेपालीले बताए ।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष श्याम बाबु प्रसाद चौरसीयाले मृतक साहका परीवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । मृतक साहको अल्पआयुमै आक्समिक निधन भएकाले सहयोग रकम बैंकमा खाता खोलेर छोरीहरुको नाममा राखिने वडा अध्यक्ष चौरसीयाले प्रतिबद्धता व्यतm गरे ।

सहयोग वितरणमा प्रहरी चौकी गणेश टोलका प्रहरी हवल्दार सुरेन्द्र राय यादव , भरतपुरका मेकानीकहरु ईन्द्र विक, मनोज साह, हरीनारायण साह, अर्जुन साह, सुरेन्द्र चौधरी लगायतका मेकानीकहरुको उपस्थिति रहेको थियो । मृतक साहको ५ बर्ष र ३ बर्षका गरि २ जना छोरी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...