

हुन् 

वीरगंज, २२ असोज ।
बीरगंजको लाल बंगल परिसरमा थुपारिएको हुयुम पाइप पल्टिदा आज सांझ खेल्ने गएका ४ बालबालिका च्यापिएर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ । घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो । गम्भिर घाईते भएका ८ राेहितकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् । त्यसैगरि वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् ।

१० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्की गम्भीर घाइते वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
यस्तै जिरा भवानी १ का गोविन्द चौधरीका दुई छोरी पनि घाइते भएका छन् । १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ ।
कालिका कन्स्ट्रक्सन प्रा.लि.ले अण्डर ग्राउण्ड नाला निर्माणका लागि बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित लाल बंगला परिसरमा हुयुम पाईप थुपारेर राखेको छ । हुयुम पाईपको थुप्रो माथि चढेर खेल्ने क्रममा अचानक हुयुम पाईप गुडकिएर खस्दा बालबालिका च्यापिएका थिए ।
जनकपुरधाम, २२ असोज ।
मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको ।
झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गर्नु भयो ।
स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उहाँको कथन थियो ।
मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गर्नु भयो ।
प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।
पर्सा, २२ असोज ।
पर्साको बहुदरमाई नगरपालिकाको दोस्रो नगर सभा आज सम्पन भएको छ । नगरपालिकाका मेयर नितेन्द्र साहको अध्यक्षतामा भएको नगर सभाले ५४ करोड ४२ लाख बराबारको अनुमानित आय प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा प्राप्तहुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, आन्तरिक आय तथा अन्य आय गरी कूल ५४ करोड ४२ लाख अनुमान गरिएको मेयर साहले वताए । आयलाई चालु तथा पूँजीगत शिर्षकमा वाँडफाँड गरी नगरपालिकाले लिएका मुख्य मुख्य नीति तथा योजनालाई बजेटले खामे सम्म समेट्ने प्रयास गरिएको साहले जानकारी गराए ।
बहुदरमाई नगरपािलकाको विकास र सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृर्षि र पुर्बाधार दोस्रो नगर सभाको नारा रहेको छ । आर्थिक बर्ष २०७५/०७६ लागी नगर सभाले शिक्षामा ११ करोड ६१ लख, कृर्षिमा ४७ लाख ३० हजार, पशुमा २८ लाख ७ हजार, वन तथा वातावरणमा २७ लाख ६ हजार, विपत ब्यवस्थापन आर्थिक सहयोग समेतमा २७ लाख, नगर क्षेत्रका सडक, सार्वजनिक सम्मपति मर्मत संम्भार ५५ लाख, खानेपानी सरसफाई ३७ लाख, धर्म संस्कृति, दिवस प्रर्बधन कार्यक्रम ४० लाख, स्वस्थ्य तर्फ ३ करोड ८५ लाख ६१ ह्जार, पुर्वाधार विकास कार्यक्रम २० करोड ५६ लाख ९७ हजार २ सय ४ रुपैया, प्रशासनिक खर्च (कर्मचारी र पद्याधिकारी समेत) ७ करोड २७ लाख, सामाजिक सुरक्षा भता वितरण ५ करोड १५ लाख, सामाजिक समावेशि विकास कार्यक्रम ३३ लाख ६१ हजार लगायतको बजेट पारित गरेको छ ।
बजेट निर्माण गर्दा हामीले आर्थिक विकास तथा गरिवीनिवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा योगदान पुर्याउने, सेवाप्रवाह, संस्थागतविकास र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दीगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बहुदरमाई क्षेत्रकाकला र संस्कृतिको पहिचान र प्रबद्र्धन गर्ने, स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोध नगर्ने, जनताको जीवन स्तरमा प्रत्यक्ष फाइदा हुने, आयआर्जन गर्न तथा रोजगारीमा बृद्धि हुने योजनाहरुलाई प्राथमिकता दिएको साहले वताए ।
पर्सा, २२ असोज ।
तलब नपाएका शिक्षकहरु कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय आज घेराउ गरेका छन । गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब भताको माग गर्दै गाउँ कार्यपालिकाको कार्यालय मुडली घेराउ गरेका हुन ।
दशैं नजिकदै जादा पनि २०७५ साउन महिना देखी हाल सम्मका तलब नपाएका शिक्षकहरु आन्दोलित भएका हुन । बिगत केही दिन देखी पटक पटक गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा तलब भताको माग गर्दै आएका शिक्षकहरु तलब नपाए पछि गाउँपालिकाका कार्यालय घेराउ गरेका हुन ।
यस अघि गाउँपालिका अन्तर्गतका १० वटा सामुदायिक बिधालयका सम्मपुर्ण प्रध्यनाध्यापकहरुले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुश्वाहालाई तलब भताको मांग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
अध्यक्ष कुश्वाहाले असोज २१ गते, आइतबार सम्म तलबभता पठाउने वताए पनि तलब नपाएका कारण गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरिएको प्रध्यानाध्यापक आबास मियाँले बताए ।
आन्दोलित शिक्षकहरु संग प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले असोज २५ गते सम्म तलब भता बिधालयको खातामा गई हाल्ने आश्वासन दिए पछि शिक्षकहरु हालको लागि आन्दोलन स्थगित गरेका छन । २५ गते सम्म पनि विद्यालयको खातामा तलब गएन भने फेरी २६ गते देखी कडा आन्दोलन गर्ने चेतावनी शिक्षकहरुले दिएका छन ।

वीरगंज, २२ असोज ।
विर्तामाई संरक्षण समिति, वीरगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा विर्ताले आज संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन ।
वीरगंज, २२ असोज ।
सानो पाइला द्वारा वीरगंजमा सञ्चालनमा रहेको सानो घरको डाएन बरोज सानो घरले नामाकरण गरिएको छ ।
वीरगंज महानगरपालिका विर्ता स्थित रहेको सानोघरको उपमेयर शान्ति कार्की, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया र वियोन्ड द ओरफान्ज फाउण्डेशनका सिईओ गियोफ हुकर लगायतले संयुक्त रुपमा नामाकरण गरेका हुन् ।
घरवार विहिन रहेका बालबालिकाहरुलाई सानो पाईलाले अस्ट्रेलियाको वियोन्ड द ओरफान्ज फाउण्डेशनको सहयोगमा सञ्चालित सानो घरलाई फाउण्डेशनका सदस्य स्वर्गिय डाएन बरोजको सम्झनामा नामाकरण गरिएको सानो पाइलाका जय साहले वताए ।
सोना पाईलाका अध्यक्ष सुदिप लामाको सभापतित्वमा समपन्न कार्यक्रममा वियोन्ड द ओरफान्ज फाउण्डेशन अस्ट्रेलियाका रे क्रिक, केररी, जोन यस्तै अमेरिकाका क्याथरेनी, रिचेल, सानो पाइलाका सिईओ कञ्चन झा, सचिव सुष्मा तिवारी लगायतको उपस्थिति रहेको थियो ।
हाल डाएन बरोज सानो घरमा १२ जना बालबालिकाहरु रहेका छन् ।
काठमाडौं , २२ असोज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठकको मिति भने तय भएको छैन ।
स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।
सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारी समेत गराएका थिए ।