Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ ः प्रधानमन्त्री

विराटनगर, ३ चैत (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उहाँले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताउनुभयो ।
उहाँले सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध लगाइन्छ कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको हो भनी प्रष्ट पार्नुभयो ।
उहाँले विप्लव समूहलाई आह्वान गर्दै भन्नुभयो, “सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ ।”
प्रधानमन्त्री ओलीले “विप्लव समूहलाई निषेध गर्दा नेपालका लोकतान्त्रिक पार्टीका नेताको रुवावासी किन भन्दै इतिहासमा जवाफ दिने कुरा गर्नुहुदैन भन्नुभयो ।”

- Advertisement -

उहाँले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताको रुवावासी र छाती पिट्नु के उद्देश्य हो बुझ्न आग्रह गर्नुभयो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...