Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

होली मर्यादित र सभ्य बनाउन वीरगंजमा चेतनामूलक प्रभात फेरी

spot_img
spot_img

वीरगंज, ४ चैत ।
मर्यादित एवं सभ्य होली पर्बको लागि वीरगंजमा सोमबार जनचेतनामुलक प्रभात फेरी सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजको रोयल पार्टी प्यालेसबाट निस्केको प्रभात फेरी घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै वीरगंज बजार परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर होली मिलन तथा सुभकामना कार्यक्रममा परिणत भएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज, पर्यटन पत्रकार संघ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, समुदाय प्रहरी साझेदारी पर्सा, व्यवस्थित वीरगंजको संयुक्त आयोजनामा भएको प्रभात फेरीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवी, वीरगंज स्प्रिट क्लब माईस्थानका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागीता रहेको थिए ।

prabhat feri2_kalikatimes

प्रभातफेरीमा सभागिहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली करले होइन, रहरले मनाऔं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । होली पर्वमा उछृङ्खल गतिविधि नहोस् भन्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको व्यवस्थित वीरगंज अभियानका दिलिप राज कार्कीले वताए । रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा वोल्द पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नागरिकले कर्तव्य र जिम्मेवारी बोध गर्दा समस्या नआउने बताए । ‘संविधानमै नागरिकका कर्तव्यहरु उल्लेख गरिएका छन, एक अर्काको हकलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘होलीमा कुनैपनि गतिविधिले साथीभाई, सामाजिक मूल्य मान्यतामा असर नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले होली पर्वलाई सभ्य र मर्यादित तरिकाले मनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, व्यवस्थित वीरगञ्ज अभियानका लगायतले होलीको सुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...