Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

होलीको अवसरमा भएको मैत्री पूर्ण फुटबल प्रतियोगितामा पर्सा प्रहरी विजयी

spot_img
spot_img

वीरगञ्ज, २ चैत ।
पर्सा प्रहरी र ब्यावस्थित बिरगांज अभियान एवं ग्रीन सिटी आदर्शनगर बीच शनिबार मैत्री पूर्ण फुटबाल प्रतियोगिता सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आन्तर्गत होलीको अवसरमा भएको मैत्री पूर्ण फुटबल प्रतियोगितामा पर्सा प्रहरी विजयी भएको छ ।

पर्सा प्रहरी खेलको २०, २२, ३२, ४२ मिनेटमा प्रहरी निरीक्षक आशीष अधिकारीले ४ गोल प्रहरीको तर्पmबाट, प्रहरी नायब उपरिक्षक मानबहादुर राईले २५ मिनेटमा १ गोल, प्रहरी निरीक्षक राजेश दत्तले १ गोल प्रहरी जवान संदीपले १ गोल गरि ७ गोल गरेका थिए भने ब्यवस्थिति बिरगांजका टीमका तर्पm बाट पेनाल्टी सूटमा अजित राईले १ गोल गरेका थिए र पर्सा प्रहरीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा ७–१ को अन्तरले बिजयी हाशिल गरेका थिए ।

यता ब्यवस्थिति बिरगांजका तर्फबाट रेवती ढकालको नेतृत्वमा र उपकप्तान दिलीप राज कार्कीको नेतृत्वमा उतरेको टीम खेलको २१ औ मिनेटमा पेनाल्टी द्वारा अजित राईले एक गोल फरकाएका थिए ।

खेल होलीको उपलक्ष्यमा सभ्य र मर्यादित होली खेलने उद्देश्यले समापन्न भएको र उक्त खेलमा बिरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत बिनोद बस्नेत, ब्यावस्थित बिरगंज अभियानका संयोजक कार्की, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, वड़ा अध्यक्ष जगत साह कानू, राजकिशोर गुप्ता, वड़ा सदस्य जितेन्द्र सिंह, प्रहरी निरिक्षक चक्र मल्ल, निशांत थापा, डा. महेश सिंह धामी, ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतान, मुकेश खेतानको उपस्थितिमा संबै खेलाड़ीलाई मेडल र अबीर लगाई शुभकामना ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...