Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पटेर्वा सुगौलीमा साबुन निर्माण तालिम सुरु

spot_img
spot_img

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा १० दिने साबुन निर्माण तालिम शुक्रबार देखी सुरु भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा र सुनौलो नेपालको आयोजनामा तालिम सुरु भएको हो । वडा नं. ४ का वडा अध्यक्ष राजेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा शुक्रबार तालिमको उदघाटन गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले गरिन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष महतोले महिला बिशेष कार्यक्रम अन्तर्गत गाउँपालिकाले महिलाहरुको आर्थिक स्तर सुधारको तालिम संचालन गरेको वताइन । महिलाहरुलाई उधमशिल बनाउन पालिका स्तरमा नै क्रियाशिल रहेका दुईटा समुह १८ जनालाई तालिम दिन लागेको उनले वताइन ।

यस्तै पोखरिया नगरपालिकाको वडा नं. ६, श्रिसियामा पोष्ण एवं सरसफाई सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजनामा सुनौलो हजार दिनका महिलाहरुको लागि करेसाबारी, पोष्ण, कुखुरा पालन र सरसफाई सम्बन्धि प्रशिण दिइएको समाजिक विकास शाखाका ना.सु. विनोद पाण्डेले वताए ।

दुईटा समुहमा भएको तालिम ३०/३० जनाको सहभागिता रहेको थियो भने तालिममा नगरपालिकाका उप मेयर सलमा खातुन र प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा लगायतकाको बिशेष उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...