Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

पटेर्वा सुगौलीमा साबुन निर्माण तालिम सुरु

spot_img
spot_img

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा १० दिने साबुन निर्माण तालिम शुक्रबार देखी सुरु भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा र सुनौलो नेपालको आयोजनामा तालिम सुरु भएको हो । वडा नं. ४ का वडा अध्यक्ष राजेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा शुक्रबार तालिमको उदघाटन गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले गरिन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष महतोले महिला बिशेष कार्यक्रम अन्तर्गत गाउँपालिकाले महिलाहरुको आर्थिक स्तर सुधारको तालिम संचालन गरेको वताइन । महिलाहरुलाई उधमशिल बनाउन पालिका स्तरमा नै क्रियाशिल रहेका दुईटा समुह १८ जनालाई तालिम दिन लागेको उनले वताइन ।

यस्तै पोखरिया नगरपालिकाको वडा नं. ६, श्रिसियामा पोष्ण एवं सरसफाई सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजनामा सुनौलो हजार दिनका महिलाहरुको लागि करेसाबारी, पोष्ण, कुखुरा पालन र सरसफाई सम्बन्धि प्रशिण दिइएको समाजिक विकास शाखाका ना.सु. विनोद पाण्डेले वताए ।

दुईटा समुहमा भएको तालिम ३०/३० जनाको सहभागिता रहेको थियो भने तालिममा नगरपालिकाका उप मेयर सलमा खातुन र प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा लगायतकाको बिशेष उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशी भएकै कारण विभेद र फिल्मबाट हटाइएको काजल कर्णको दाबी

काठमाडौं । छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ । अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप...

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...