Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगञ्मा दोस्रो प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

spot_img
spot_img

वीरगञ्ज, २ चैत ।
वीरगञ्मा दोस्रो प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । टिम आदर्शनगर, वीरगञ्जको आयोजनामा बैशाख ७ गते देखि प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक टिम आदर्शनगरले आज नेपाल पत्रकार महासंघ पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने टिमका संयोजक सदाम हुसेनले वताए । प्रतियोगिताको लागि खेलाडी र टिम दर्ताको कार्य सुरु भइसकेको उनले वताए । उनका अनुसार खेलाडी दर्ता शुल्क रु १५ सय र टिम दर्ता शुल्क रु ७० हजार रहेको छ । चैत्र ६ गते सम्म प्रतियोगितामा सहभागि हुन खेलाडी र टिम दर्ता गराउन सकिने छ ।

रु १७ लाख ५० हजारको लागतमा हुन गइरहेको प्रतियोगिताको विजेतालाई रु एक लाख र उप विजेतालाई रु ५० हजार प्रदान गरिने आयोजक टिमका अध्यक्ष सुमित कादमियाले वताए । पत्रकार सम्मेलनमा वोल्दै उनले १५ ओभरको हुने प्रतियोगिता डे नाईट हुने वताए । वीरगञ्ज प्रिमियर लिग प्रतियोगिताले वीरगञ्जका क्रिकेट खेलाडीहरुलाई अझ सशक्त बनाउने अध्यक्ष कादमियाको भनाई थियो ।

पत्रकार सम्मेलनमा टिमका उपाध्यक्ष विवेक कुमार सरार्फ, सह सचिव इशमाईल अली, क्रिकेट खेलाडी इर्शाद एहमद लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...