Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

वीरगञ्मा दोस्रो प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

spot_img
spot_img

वीरगञ्ज, २ चैत ।
वीरगञ्मा दोस्रो प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । टिम आदर्शनगर, वीरगञ्जको आयोजनामा बैशाख ७ गते देखि प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक टिम आदर्शनगरले आज नेपाल पत्रकार महासंघ पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने टिमका संयोजक सदाम हुसेनले वताए । प्रतियोगिताको लागि खेलाडी र टिम दर्ताको कार्य सुरु भइसकेको उनले वताए । उनका अनुसार खेलाडी दर्ता शुल्क रु १५ सय र टिम दर्ता शुल्क रु ७० हजार रहेको छ । चैत्र ६ गते सम्म प्रतियोगितामा सहभागि हुन खेलाडी र टिम दर्ता गराउन सकिने छ ।

रु १७ लाख ५० हजारको लागतमा हुन गइरहेको प्रतियोगिताको विजेतालाई रु एक लाख र उप विजेतालाई रु ५० हजार प्रदान गरिने आयोजक टिमका अध्यक्ष सुमित कादमियाले वताए । पत्रकार सम्मेलनमा वोल्दै उनले १५ ओभरको हुने प्रतियोगिता डे नाईट हुने वताए । वीरगञ्ज प्रिमियर लिग प्रतियोगिताले वीरगञ्जका क्रिकेट खेलाडीहरुलाई अझ सशक्त बनाउने अध्यक्ष कादमियाको भनाई थियो ।

पत्रकार सम्मेलनमा टिमका उपाध्यक्ष विवेक कुमार सरार्फ, सह सचिव इशमाईल अली, क्रिकेट खेलाडी इर्शाद एहमद लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...