Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान

spot_img
spot_img

काठमाडौं ५ चैत ।
प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान भएको छ ।गोली हानाहानवाट कुनै मानवीय क्षती नभएको र प्रहरीले विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ ।
रोची गाउँपालिका स्थित बिपी राजमार्ग आसपासमा भएको मुठभेडपछि विप्लव समुहको गतिबिधि सो क्षेत्रमा रहेको भन्ने आशंका भएको अपराध अनुसन्धान महाशाखा टेकुबाट सोमेन्द्र सिंह राठौरको नेतृत्व टोली त्यसतर्फ गएको थियो ।
सो क्षेत्र तर्फ प्रहरीलाई देख्नेबित्तिकै विप्लव समुहका कार्यकर्ताले फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको एसपी केदार ढकालले जानकारी दिनुभयो ।
२८ गते फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको र त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...