जनकपुर,६ चैत ।
मधेशमा मनाईने होली पर्वकालागी दुई दिन सार्वजनिक विदा दिएको छ । प्रदेश नं. २ का सरकारले भोली र पर्सी मधेसमा मनाइने होली पर्वको लागि दुईदिन सार्वजनिक विदा घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलले चैत ७ र ८ सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । हिमाली र पहाडी जिल्लामा बुधवार होली पर्व हर्सोल्लासपूर्वक मनाईदै छ ।
होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामना समेत व्यक्त गरेको छ ।
होली पर्वकालागी चैत ७ र ८ सार्वजनिक विदा
