Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै

spot_img
spot_img

वीरगंज,७ चैत ।
तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ । जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुनगरको परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

तस्विर प्रणय साह

पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुरको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलन रहेको छ । पहाडी भूभागमा होलिका दहनअघि नै फागु(होली) मनाउने चलन भए पनि तराईमा भने ‘होलिका दहन’ गरेपछि भोलिपल्ट मनाउने परम्परा रहेको छ ।

तस्विर प्रणय साह

तराई मधेसका अधिकाश गाउँ घरमा ‘होलिका दहन’ का दिन राति गाउँ टोलका मानिसहरु आआफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ । ‘होलिका दहन’ भइसकेपछि मानिसहरू स्थानिय आफनो भाषमा होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन्। तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास रहेको छ होेली पर्वमा रङ अबिर लगाई एक आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । जनकपुरमा भने शुक्रबार होली मनाइँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...