Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

spot_img
spot_img

वीरगञ्ज, १५ चैत ।
डाक्टर श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी वीरगञ्जकी एक महिलाको उपचारका क्रममा निधन भएको छ । नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षिय सुनिताको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

सुनीतालाई डा. यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ । शुक्रबार अपरान्ह अस्पतालमा उपचार कै क्रममा उनको मृत्यु भएको सुनिताको ठुलो दाई मोहन यादवले वताए । डा. यादव र उनको परिवारका सदस्य विरुद्ध सुनिताको माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजरी पनि दिएको छ । डा. एसएन यादवको नामले वीरगञ्जमा परिचित डा. सचितानन्द चैत ६ गते बुधबार होलीको दिन राति वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् ।

बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा र्पुयाइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । डा. यादवको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद लिए अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...