Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

अख्तियारद्वारा बाराका वन कार्यालयका प्रमुख ठाकुर सहित ३ जना घुससहित पक्राउ

spot_img
spot_img

सिमरा, १५ चैत । बाराका डिभिजन वन कार्यालयका प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुरसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

सिमरास्थित कार्यालयबाट कार्यालयप्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी पनि घुससहित पक्राउ परेका छन् ।

कवाडी मालसामानसम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...