Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

पोखरिया नपाका जनप्रतिनिधि र कर्मचारीको तलब रोकिने र प्रहरी परिचालन गरिने

वीरगंज, १४ चैत ।
पोखरिया नगरपालिकामा बिहिबार वडा स्तरिय सरसफाई सम्बन्धि रणनितीक योजना कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) ले चर्पी नभएका कर्मचारी र जनप्रतिनिधिको तलब रोक्ने वताए ।

- Advertisement -

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रौनियारले पोखरिया नगरपालिकालाई चैत भित्र खुल्ला दिसामुक्त घोषणा गर्न प्रहरी समेत परिचालन गरिने वताए । सधै चर्पी प्रयोग गर्नेलाई नगरपालिकाले प्रोत्साहन स्वरुप सरसफाई सामग्री समेत उपलब्ध गराउन उनले घोषणा गरे ।

वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडाध्यक्ष अजय साह कलवार, बंका कुर्मी, सोनालाल साह गोढ, नन्दलाल कुर्मी, रामबाबु चौहान, सियानन्द चौहान, समाजिक विकाश शाखाका विनोद पाण्डे, युनिसेफका पोखरिया संयोजक नरेन्द्र साह लागयतकाको सहभागिता रहेको थियो ।

युनिसेफको सहयोगमा र पोखरिया नगर कार्यपालिको कार्यालयको आयोजनामा कार्यक्रम भएको थियो । पोखरिया नगरपालिकाको एउटा मात्र वडा नं. ६, श्रीसिया खुल्ला दिसामुक्त घोषणा हुने वाकी रहेकोले चैत्र भित्र पोखरियालाई खुल्ला दिसामुक्त घोषणा गर्ने सकिने कार्यक्रमको निष्कर्ष रहेको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...