Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पोखरिया नपाका जनप्रतिनिधि र कर्मचारीको तलब रोकिने र प्रहरी परिचालन गरिने

spot_img
spot_img

वीरगंज, १४ चैत ।
पोखरिया नगरपालिकामा बिहिबार वडा स्तरिय सरसफाई सम्बन्धि रणनितीक योजना कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) ले चर्पी नभएका कर्मचारी र जनप्रतिनिधिको तलब रोक्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रौनियारले पोखरिया नगरपालिकालाई चैत भित्र खुल्ला दिसामुक्त घोषणा गर्न प्रहरी समेत परिचालन गरिने वताए । सधै चर्पी प्रयोग गर्नेलाई नगरपालिकाले प्रोत्साहन स्वरुप सरसफाई सामग्री समेत उपलब्ध गराउन उनले घोषणा गरे ।

वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडाध्यक्ष अजय साह कलवार, बंका कुर्मी, सोनालाल साह गोढ, नन्दलाल कुर्मी, रामबाबु चौहान, सियानन्द चौहान, समाजिक विकाश शाखाका विनोद पाण्डे, युनिसेफका पोखरिया संयोजक नरेन्द्र साह लागयतकाको सहभागिता रहेको थियो ।

युनिसेफको सहयोगमा र पोखरिया नगर कार्यपालिको कार्यालयको आयोजनामा कार्यक्रम भएको थियो । पोखरिया नगरपालिकाको एउटा मात्र वडा नं. ६, श्रीसिया खुल्ला दिसामुक्त घोषणा हुने वाकी रहेकोले चैत्र भित्र पोखरियालाई खुल्ला दिसामुक्त घोषणा गर्ने सकिने कार्यक्रमको निष्कर्ष रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...