Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

परिक्षा स्थगित भए पछि विद्यार्थीहरु आन्दोलित, वीरगंज र कलैयाको अवस्था तनावग्रस्त

spot_img
spot_img

वीरगंज, १५ चैत ।
प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित भए पछि वीरगंज लगायतका विभिन्न ठाउँमा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन । परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्चात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगंजको घण्टाघरमा टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोड समेत गरेका छन ।

प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरी विच धेरै पटक झडप पनि भएको छ । हाल घण्टाघरको अवस्था तनावग्रसत नै छ । प्रहरीले प्रदर्शनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहोरा तथा आश्रुग्यास समेत छोडेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोलन दबाउन पानी आश्रुग्यास छोडे पछि विद्यार्थीहरु प्रहरी माथी ढुंगामुडा समेत गरेका थिए ।

यस्तै बाराको कलैयामा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन भने त्यहांको अवस्था पनि हाल तनावग्रस्त रहेको हाम्रा सम्वाददाताले जनाएका छन । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको परीक्षा स्थगन गरिएको जानकारी गराए ।

यस अघि बिहिरबारको भएको विज्ञान विषयको परिक्षा पनि रद भएको थियो । सप्तरीमा विज्ञान विषयको परिक्षा बाहिरएको प्रदेश भरी नै परिक्षा रद गरिए पछि आक्रोषित विद्यार्थीहरु विहिबार साझ पनि वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए । रद भएको विज्ञान विषयको परिक्षा पुन चैत २२ गते र स्थगित भएको सामाजिक विषयको परिक्षा चैत २३ गते हुने छ ।

वीरगंजको घण्टाघरको केही तिस्बिरहरु

studenyt_kalikatimes

see exam andolan_kalikatimes

ghantaghar_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...