Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भईरहेकोले दोषीलाई कारवाही गरिनु आवश्यक ः विद्यार्थी नेता साह

spot_img
spot_img

अखिल क्रान्तिकारीका केन्द्रिय सचिव सुर्य नारायण साहले प्रदेश नं. २ मा क्रमिक रुपमा एसईई परिक्षाको प्रश्नपत्र वाहिरिने कार्य दुखद एवम निन्दिय भएको बताएका छन । शुक्रवार महोत्तरीको गौशालामा उज्यालोसँग कुराकानी गर्दै केन्द्रिय सचिव साहले छानविनबाट यस्ता निन्दीय कार्यमा दोषी ठहर भएकालाई सरकारले कानुन अनुसार समयमै कारवाही नगरे आफुहरु कालोमोसो दल्ने प्रतिक्रिया दिएका छन । संगठनका प्रदेश संयोजक समेत रहनुभएका साहले विद्यार्थीको भविष्यमाथि खेलवाड भईरहेको समयमा प्रदेश सरकारले अनुसन्धानको क्रममा सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन ।

उनले भने–‘प्रदेश सरकारलाई पन्छिने कुनै चान्स यसपटक छैन । यसमा सवैले समयमै सहयोग गरे दोषी कानुनीको दायराबाट उम्किन नसक्ने भन्दै सचेत नागरिकको भुमिका निर्वाह गरिनुपर्छ ।’ एसर्ईई दिने परिक्षार्थी र विद्यार्थी नेताहरु संयम अपनाएर अनुसन्धानमा सहयोग गर्नका लागि नेता साहले सवैसँग आग्रह गरेका छन । त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रामउमेश यादवले प्रदेश नं. २ लाई बदनाम गर्ने कार्य भईरहेकोेले सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने आग्रह गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...