Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भईरहेकोले दोषीलाई कारवाही गरिनु आवश्यक ः विद्यार्थी नेता साह

spot_img
spot_img

अखिल क्रान्तिकारीका केन्द्रिय सचिव सुर्य नारायण साहले प्रदेश नं. २ मा क्रमिक रुपमा एसईई परिक्षाको प्रश्नपत्र वाहिरिने कार्य दुखद एवम निन्दिय भएको बताएका छन । शुक्रवार महोत्तरीको गौशालामा उज्यालोसँग कुराकानी गर्दै केन्द्रिय सचिव साहले छानविनबाट यस्ता निन्दीय कार्यमा दोषी ठहर भएकालाई सरकारले कानुन अनुसार समयमै कारवाही नगरे आफुहरु कालोमोसो दल्ने प्रतिक्रिया दिएका छन । संगठनका प्रदेश संयोजक समेत रहनुभएका साहले विद्यार्थीको भविष्यमाथि खेलवाड भईरहेको समयमा प्रदेश सरकारले अनुसन्धानको क्रममा सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन ।

उनले भने–‘प्रदेश सरकारलाई पन्छिने कुनै चान्स यसपटक छैन । यसमा सवैले समयमै सहयोग गरे दोषी कानुनीको दायराबाट उम्किन नसक्ने भन्दै सचेत नागरिकको भुमिका निर्वाह गरिनुपर्छ ।’ एसर्ईई दिने परिक्षार्थी र विद्यार्थी नेताहरु संयम अपनाएर अनुसन्धानमा सहयोग गर्नका लागि नेता साहले सवैसँग आग्रह गरेका छन । त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रामउमेश यादवले प्रदेश नं. २ लाई बदनाम गर्ने कार्य भईरहेकोेले सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने आग्रह गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...