Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

राष्ट्रिय विकास परिषदको सदस्यमा मेयर सरावगी नियुक्त

spot_img
spot_img

वीरगंज, १५ चैत्र ।
राष्ट्रिय विकास परिषद, २०७५ को सदस्यमा वीरगंजका मेयर विजय सरावगी नियुक्त भएका छन । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/१२/११ को निर्णय अनुसार वीरगज महानगरपालिकाका मेयर सरावगीलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाण्डौले जनाएको छ ।

राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७४ को दफा ७ को उपदफा २(ञ्) बमोजिम मेयर सरावगीलाई नियुक्त गरिएको आयोगले जनाएको । आयोगले मेयर सरावगीको आयोगको च.न. ३१ भएको मिति २०७५/१२/१२ को नियुक्ति पत्र वीरगंज महानगरलाई पठाउदै जानकारी गराएको हो ।

राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्यसंचालन) आदेश २०७४ को व्यवस्था अनुसार आगामी आर्थिक बर्ष २०७६/०७७ देखी कार्यन्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको दिर्घकालिन सोच सहितको पन्ध्रौ योजना २०७६/७७–२०८०/८१) को आधारपत्र (मस्यौदा) राष्ट्रिय विकास परिषदरमा छलफल गरी मार्गदर्शन तथा पृष्ठपोषण प्राप्त गर्न परिषदको सदस्यमा नियुक्त भएको पत्र प्राप्त भएको मेयर सरावगीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...