Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

राष्ट्रिय विकास परिषदको सदस्यमा मेयर सरावगी नियुक्त

spot_img
spot_img

वीरगंज, १५ चैत्र ।
राष्ट्रिय विकास परिषद, २०७५ को सदस्यमा वीरगंजका मेयर विजय सरावगी नियुक्त भएका छन । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/१२/११ को निर्णय अनुसार वीरगज महानगरपालिकाका मेयर सरावगीलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाण्डौले जनाएको छ ।

राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७४ को दफा ७ को उपदफा २(ञ्) बमोजिम मेयर सरावगीलाई नियुक्त गरिएको आयोगले जनाएको । आयोगले मेयर सरावगीको आयोगको च.न. ३१ भएको मिति २०७५/१२/१२ को नियुक्ति पत्र वीरगंज महानगरलाई पठाउदै जानकारी गराएको हो ।

राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्यसंचालन) आदेश २०७४ को व्यवस्था अनुसार आगामी आर्थिक बर्ष २०७६/०७७ देखी कार्यन्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको दिर्घकालिन सोच सहितको पन्ध्रौ योजना २०७६/७७–२०८०/८१) को आधारपत्र (मस्यौदा) राष्ट्रिय विकास परिषदरमा छलफल गरी मार्गदर्शन तथा पृष्ठपोषण प्राप्त गर्न परिषदको सदस्यमा नियुक्त भएको पत्र प्राप्त भएको मेयर सरावगीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार राति करिब ९ बजेको समयमा इलाका...

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...