Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगञ्जमा विद्यार्थीहरुको आन्दोलन उग्र बन्दै, अनुभुति कलेज र सवारी साधानमा तोडफोड

spot_img
spot_img

वीरगञ्ज, १५ चैत ।
प्रदेश २ मा एसईई परिक्षा स्थगित भएको विरोधमा वीरगंजमा भइरहेको विद्यार्थीहरको आन्दोलन उग्र बन्दै गएको छ । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुको वीरगंजको मुर्ली स्थित रहेको अनुभुती क्लेजमा तोडफोड गरेका छन । तोडफोडको क्रममा झडप पनि भएको छ भने झडमा परी केही विद्यार्थीहरु घाइते पनी भएका छन ।

तोडफोड गर्ने क्रममा प्रहरीले आन्दोलनरत विद्यार्थीहरु मध्ये २ जनालाई पक्राउ समेत गरेको छ । कञ्चनजंगा मा.वि.का नितेश गुप्ता र ओसिस मा.वि.का अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनरत विद्यार्थीहरु वीरगंज बजार समेत वन्द गराएका छन भने सवारी साधनमा अवरोध गरेका छन ।

अवरोधका क्रममा केही सवारी साधन माथी तोडफोड समेत गरेका छन । हाल विद्यार्थीहरुको आन्दोलनलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय, पर्सामा विद्यार्थीहरुलाई वोलाई बुझाउने प्रयास भइरहेको छ ।

आज हुन भनिएको समाजिक बिषयको परीक्षा स्थगित भए पछि वीरगंज लगायत विभिन्न ठाउँका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन । परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्चात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोड समेत गरेका थिए । प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरी विच झडप पनि भएको थियो ।

झडपमा परी अभिनन्दन चौहान, आशिक अंसारी, विद्यार्थी नेता मुनराज तिवारी लगायत आधा दर्जन विद्यार्थीहरु घाइते भएका छन । प्रहरीले प्रदर्शनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहोरा तथा ३ राउन्ड आश्रुग्यास समेत हानेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोलन दबाउन पानी, आश्रुग्यास छोडे पछि विद्यार्थीहरु प्रहरी माथी ढुंगामुडा समेत गरेका थिए ।

परीक्षा अगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमित तर्फको परीक्षा स्थगित भए पछि विद्यार्थीहरु आन्दोलित भएका हुन ।

यस अघि बिहिरबार भएको विज्ञान विषयको परिक्षा पनि रद भए पछि विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए । सप्तरीमा विज्ञान विषयको परिक्षा बाहिरएको र प्रदेश भरी नै परिक्षा रद गरिए पछि आक्रोषित विद्यार्थीहरु विहिबार साझ पनि वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...