Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगञ्जमा विद्यार्थीहरुको आन्दोलन उग्र बन्दै, अनुभुति कलेज र सवारी साधानमा तोडफोड

spot_img
spot_img

वीरगञ्ज, १५ चैत ।
प्रदेश २ मा एसईई परिक्षा स्थगित भएको विरोधमा वीरगंजमा भइरहेको विद्यार्थीहरको आन्दोलन उग्र बन्दै गएको छ । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुको वीरगंजको मुर्ली स्थित रहेको अनुभुती क्लेजमा तोडफोड गरेका छन । तोडफोडको क्रममा झडप पनि भएको छ भने झडमा परी केही विद्यार्थीहरु घाइते पनी भएका छन ।

तोडफोड गर्ने क्रममा प्रहरीले आन्दोलनरत विद्यार्थीहरु मध्ये २ जनालाई पक्राउ समेत गरेको छ । कञ्चनजंगा मा.वि.का नितेश गुप्ता र ओसिस मा.वि.का अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनरत विद्यार्थीहरु वीरगंज बजार समेत वन्द गराएका छन भने सवारी साधनमा अवरोध गरेका छन ।

अवरोधका क्रममा केही सवारी साधन माथी तोडफोड समेत गरेका छन । हाल विद्यार्थीहरुको आन्दोलनलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय, पर्सामा विद्यार्थीहरुलाई वोलाई बुझाउने प्रयास भइरहेको छ ।

आज हुन भनिएको समाजिक बिषयको परीक्षा स्थगित भए पछि वीरगंज लगायत विभिन्न ठाउँका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन । परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्चात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोड समेत गरेका थिए । प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरी विच झडप पनि भएको थियो ।

झडपमा परी अभिनन्दन चौहान, आशिक अंसारी, विद्यार्थी नेता मुनराज तिवारी लगायत आधा दर्जन विद्यार्थीहरु घाइते भएका छन । प्रहरीले प्रदर्शनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहोरा तथा ३ राउन्ड आश्रुग्यास समेत हानेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोलन दबाउन पानी, आश्रुग्यास छोडे पछि विद्यार्थीहरु प्रहरी माथी ढुंगामुडा समेत गरेका थिए ।

परीक्षा अगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमित तर्फको परीक्षा स्थगित भए पछि विद्यार्थीहरु आन्दोलित भएका हुन ।

यस अघि बिहिरबार भएको विज्ञान विषयको परिक्षा पनि रद भए पछि विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए । सप्तरीमा विज्ञान विषयको परिक्षा बाहिरएको र प्रदेश भरी नै परिक्षा रद गरिए पछि आक्रोषित विद्यार्थीहरु विहिबार साझ पनि वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...