Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026
Home Blog Page 1136

सम्पतीको लोभमा घाँटी रेटि बृधको हत्या गर्नेहरु पक्राउ

0

बारा, १३ कात्तिक । बाराको कलैया उपमहानगरपालिका २३ का ६५ बर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

उनको शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । हत्याका मुख्य योजनाकार भएको अभियोगमा छिमेकी ४५ बषर्ीय वीरेन्द्र पटेल र साबिक अमृतगञ्ज गाबिस ९ का ५५ बर्षीय राम अयोध्या दास तत्मालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै हत्यामा सहयोगीको भूमिका खेलेका कलैया २३ का १९ बर्षीय विशाल पटेल र ६५ बर्षीय बैजनाथ राउत कुर्मी पनि पक्राउ परेका छन् । विशाल वीरेन्द्र पटेलका छोरा हुन् ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टरार्इले जानकारी दिए । घटनामा संलग्न अन्य फरार रहेका अभियुक्तहरुको खोजी भइरहेको उनले बताए ।

किन भयो हत्या ?

मृतक नन्दलालका छोराछोरी छैनन् । दुई दाजुभाइ मध्ये उनी जेठा हुन् । कान्छो भाइ अम्बिका राउत कुर्मीको एक मात्र छोरा थिए । तीन छोरीका बाबु उनी करिव १०/१२ बर्षदेखि बेपत्ता छन् ।

त्यसैले यो परिवार सगोलमै चलेको छ । उनीहरुको प्रशस्त जायजेथा छ । नन्दलालको महंगो मुल्यमा बिक्री हुनसक्ने करिब २ बिगाह जमिनमा माछापालन गर्न भन्दै अभियुक्त वीरेन्द्र पटेलले पोखरी बनाइरहेका छन् ।

वीरेन्द्रले पोखरी खनेको ज्याला र अनुदानमा आएको पैसा नन्दलालसँग माग गरे । तर नन्दलालले अनुदानको पैसा चलाउन नदिने भनेपछि विवाद सुरु भएको थियो ।

‘नन्दलालको पोखरी खनिरहेको जनिम महँगो मुल्यमा बिक्री हुने खालको रहेछ, उनको भाइ पनि सोझा भएकाले सम्पत्तिकै लोभमा हत्या भएको हुनसक्छ’ बाराका प्रहरी प्रवक्ता नायब उपरिक्षक रञ्जीत सिँह राठौरले भने, ‘माछापालनका लागि अनुदानमा आएको पैसामा पनि वीरेन्द्रले आँखा गाडेको हुनसक्ने देखिन्छ । नन्दलालको हत्या गरेपछि पोखरीमा एकलौटी माछापालन गर्ने योजना वीरेन्द्रले बुनेको देखिन्छ ।’

हत्या गर्नुअघि वीरेन्द्रले नन्दलालको परिवारसँग नाता जोड्ने प्रयास गरेको खुलेको छ । वीरेन्द्रले आफ्नो छोरा विशालसंग नन्दलालका भाइका नातिनीको विवाह गराउन प्रस्ताव राखेका थिए । तर, नन्दलालले अस्वीकार गरे । त्यो रिसिइबी साँध्न पनि हत्या भएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

‘पहिलेदेखि नै अम्बिकाकी नातीनीसँग आफ्नो छोराको बिहे गराउन वीरेन्द्रले नन्दलाललाई दबाव दिइरहेका रहेछन् । तर नन्दलालले मानिरहेका थिएनन्’ प्रहरी प्रवक्ता राठौरले भने, ‘नन्दलाललाई सिध्याएर भाइका नातीनीसँग छोराको बिहे गरी सम्पत्ति आफ्नो नाममा बनाउन नन्दलालको हत्या गरिएको देखिन्छ ।’

 

छपकैया छ्ठघाट पोखरीको सरसफाइ

0

वीरगंज, १३ कात्तिक । वीरगंज छपकैया वाड न,२ मा रहेको छपकैया पोखरीको आज सरसफाइ गरिएको छ ।छठघाट पुजाको लागि पोखरीमा रहेको झारपातले ब्ररतालुहरुलाई समस्या नहोस भनी सरसफाइ गरिएको हो ।

 २ दर्जन युवाहरुको सक्रियतामा आज र भोलि गरि २ दिनमा पुरै सफाई गरि व्यस्थित गरिने वाड न,२ का वडा अध्यक्ष शेख अब्बासले जानकारी दिए । यश अघि सनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त टोलिले साधन स्रोत  नभएकोले अर्को हप्ता सफाई गर्ने भनी फर्केको थियो ।

बलात्कार तथा महिला हिंसा विरुद्ध युवाहरूको भुमिका विषयक प्यानल छ्लफल बुधबार वीरगंजमा हुदै

0

वीरगंज, १३ कात्तिक ।
विधार्थीहरुको सक्रियतामा कात्तिक १४ गते बुधबार बलात्कार तथा महिला हिंसा विरुद्ध युवाहरूको भुमिका विषयक प्यानल छ्लफल हुने भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको सक्रियतामा र विभिन्न सरकारी तथा गैर सकारी संस्थाको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

युवाहरुको समूह वेल विशर्स नेपालको आयोजनामा भोलि बुधबार ११ बजे देखि ग्लोबल बिजनेस क्लेज वीरगंजमा हुने कार्यक्रमको तयारी पूरा भएको  छ । मेरो शरीर, मेरो अधिकार, बलात्कार र हिंसाको गरौं प्रतिकार नाराको साथ आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको वेल वेशर्सका टिम लिडर प्रभाकर साहले वताए । कार्यक्रम अलग किसिमको र प्रभावकारी हुने साहले जानकारी गराए ।

गैर सरकारी संस्था सानोपाइला, सांस्कृतिक र ब्रिलिएन्ट युवा क्लबको साझेदारीमा हुन लागेको कार्यक्रमको मिडिया पार्टनर अनलाइन मिडिया कालिका टाइम्स र यात्रा डेलीकाे फेसबुक पेजबाट प्रत्येक्ष प्रचारण समेत हुने छ ।

महिला हिंसा न्यूनीकरण तथा सशक्तिकरणका लागि ४ दिने तालिम शुरु

0

वीरगंज, १३ कात्तिक ।
नेपाल ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को आयोजनामा एनिमेटर्सहरुको लागि दोस्रो मोडल ४ दिने तालिम आज देखी वीरगंजमा शुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा किशोरी शक्तिकरणको लागि संवाद कार्यक्रम अन्तर्गत तालिम शुरु भएको संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

होटल रानी पोखरिमा शुरु भएको तालिमको वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले उदघाटन गरेकी थिन । उदघाटन सत्रमा आयोजक संस्थाकी कार्यक्रम संयोजक भागवती शर्मा, लेखा अधिकृत रविन भण्डारी, संवाद अधिकृत भिम राई लगायतकाकाले मन्तव्य राखेका थिए ।

तालिममा अधारभुत मानव अधिकार, महिला अधिकार, अपाङ्गता भएका ब्यक्तिहरुको सेवा सुविधा र बिशेष अधिकार, सुरक्षित आप्रवासन किन, त्यसका उपायहरु, वैदेशिक रोजगारको लागि युवाहरुको अप्रवासन लगायतको बिषयमा प्रशिक्षण दिने संवाद अधिकृत पाण्डेले जानकारी गराए ।

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

0

सर्लाही, १३ कात्तिक । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यस अघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकारीले बताए ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् । अनलाइनखबर

एल.एस.न्यूरो हस्पीटलका लपर्वाहीले भारतिय युवाको मृत्यु भएको आफन्तको आरोप

0

वीरगंज, १३ कात्तिक ।
एल.एस.न्यूरो एण्ड जेनेरल हस्पीटलको लपर्वाहीले आज एक जना विरामीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन । वीरगंज ८, पानीटंकी स्थित रहेको हस्पिटलको आइसियु कक्षमा भर्ना भई उपचार गराईरहेका भारत विहार मोतिहारी जिल्ला थाना पलनवा बहुअर्वा घर भएका २८ बर्षिय अनिल कुमार गुप्ताको मृत्यु भएको हो ।

मृतकका आफन्तहरुका अनुसार मोटरसाईकल दुर्घटनामा घाइते भएका गुप्ता हस्पीटलमा ११ दिन देखी भर्ना भई उपचार गराई रहेका थिए । उनले विहान घुमफिर समेत गरेको थिए । विहान साढे ६ बजेको करिबमा अस्पतालको नर्सले जबरजस्ती इन्जेक्सन दिएका कारण मृत्यु भएको मृतकका आफन्त निलमनी कुमार गुप्ताले आरोप लगाए ।

हामीले नर्सलाई इन्जेक्सन नदिन भने पनि उनी जबरजस्ती इन्जेक्सन दिएका कारण मृत्यु भएको आफन्तहरुको भनाई छ । मृतकका आफन्तहरु अस्पतालमा अहिले पुगी आरोप लगाउदै हुहल्ला समेत गरेका छन भने प्रहरीको अस्पतालमा बाक्लो उपस्थिती रहेको छ । यस बिषयमा अस्पताल प्रशासन संग बुझन खोज्दा सम्बन्धीत डाक्टर आए पछि उहांले नै यस बारेमा बताउने बताएको छ ।

मदर्सा अर्गनाइजेसन अफ नेपालको चौथो अधिबेशन सम्पन्न

0

वीरगंज, १२ कात्तिक ।
मदर्सा अर्गनाइजेसन अफ नेपालको चौथो अधिबेशन आज वीरगंजमा सम्पन्न भएको छ । रोयाल पार्टी प्यालेस वीरगंजमा भएको अधिबेशन सप्पन्न भएको हो ।

मदर्सा अर्गनाइजेसनका अध्यक्ष हाजी मैनुदिन अनसारीको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य एकबाल मियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विनोद लोसाली, शशिकपुर मियाँ, नेजामुदिन समानी, प्रदेश सभा सदस्य करिमा बेगम, पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतकाले मन्तब्य राखेका थिए ।

मधेश आन्दोलनको दुई घाइतेलाई सहयोग रकम हस्तान्तरण

0

जनकपुरधाम, १२ कार्तिक । मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई आज आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

मुख्यमन्त्री कार्यालय मधेश भवनमा आयोजित चेकहस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश सरकारले अहिले सम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरि सकेका छन । प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको मुख्य मन्त्रीका स्वकिय सचिव दिपक यादवले वताए ।

६ जना महिला सहित ३८ जना द्वारा रक्तदान

0

वीरगंज, १२ कात्तिक ।
सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३८ जनाले रक्तदान गरेका छन । वीरगंजको राधेमाई स्थित रहेको संस्थाको आफनै कार्यालयमा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सरौभ राज पाण्डेले वताए ।

समाजिक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा सुशिल साह, रुपक पाण्डे, नारायण रौनियार, मित्रदेव यादव, अरविन्द साह, राधिका कुमारी, धु्रवतारा केंवट, आरती पौडेल लगायतकाले रक्तदान गरेको संस्थाका हरिन्द्र साहले वताए । नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो भने रक्त संचार केन्द्रकी दिलमाया घिमिरे नेतृत्वको प्राविधिकहरुको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

गैसस महासंघले पर्साको १४ स्थानिय तहहरुमा महासंघ गठन गर्ने

0
ngo meeting-kalikatimes

वीरगंज, १२ कात्तिक ।
गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आज बसेको बैठकले ३ वटा महत्वपुर्ण निर्णय गरी सम्पन भएको छ । गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर २ का लागी गैरसरकारी संस्थाका भवन निमार्ण गर्न जग्गा उपलब्ध गराउन निर्णय गरेको छ ।

महासंघको केन्द्रिय कार्यालय काठमाण्डौले प्रदेश कार्यालयको भवन निर्माणको लागी केही रकम छुटयाउने भएकोले सो भवन पर्सामा नै निमार्ण गर्नको लागि जग्गा उपलब्ध गराउने निर्णय गरिएको महासंघ पर्साका कोषाध्यक्ष मनोज यादवले वताए । जग्गाका लागी बिरगंज महानगरपालिकामा पहल गर्न शाखाका सदस्य मनोज यादवलाई र पोखरीया नगरपालिकामा प्रभात मिश्रालाई जिम्मेवारी दिइएको छ ।

यसै गरी पर्साका १४ वटा स्थानिय तहमा गाउँपालिका र नगरपालिका स्तरिय गैरसरकारी संस्था महासंघ पर्सा गठन गर्ने निर्णय गरेको छ । १४ वटा स्थानिय तहमा गठन गरिने महासंघका लागी १४ वटाका लागी संयोजकहरु तोकिएको छ ।

बिरगंज महानगरका लागी सदस्य मनोज यादव, पर्सागढी नगरपालिका र बिन्दवासिनी गाउँपालिका लागी कोषाध्यक्ष मनोज यादवलाई, बहुदरमाई नगरपालिकाको लागि अरबिन्द साहलाई, सखुवाप्रसौनी गाउँपालिकामा अर्चना कुमारी रौनियारलाई, कालिकमाई र पकहामैनपुर गाउँपालिकामा ललन पटेललाई, जिराभवानी, पटेवर्वासुगौली, जगरनाथपुर, ठोरी, धोबिनी र छिपहरमाई गाउँपालिकाको नरेश जयसवाललाई जिम्मेवारी बैठकले दिएको छ ।

गैरसरकारी संस्थाहरुलाई बदनाम गर्ने केही तत्वहरु लागी परेका कारण प्रत्येक स्थानिय तह अनुसार महासंघ गठन गरी भ्रष्टाचारी र कमिसनखोरीको नियतीलाई परदाफास गरी पारदर्शिता ल्याउने बिभिन्न निकाय संग समन्व गर्ने समेत निर्णय बैठकले निर्णय गरेको छ ।

गैसस महासंघ पर्साको कार्यालय वीरगंज ८, पानीटंकीमा बसेको बैठकले पर्साका क्रियाशिल संस्थाहरुको विवरण भरी तुरन्त पर्सा शाखामा बुझाउने समेत निर्णय गरेको छ ।