Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सखुवा प्रसौनीमा क्षमता विकास तालिम सुरु र अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

पर्सा, २९ चैत ।
पर्साको सखुवा प्रसौनीमा शुक्रबार कुष्टरोग अभियानका स्वयं सेवकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकामा बैशाख ८ गते देखी हुने कुष्टरोग निवारण अभियानको लागि गरिने घरदैलो कार्यक्रमको लागि खोजि टोलीमा खटिने स्वयं सेवकहरुको अभिमुखिकरण सम्पन्न भएको स्वास्थ्य संयोजक राजेश रौनियारले वताए ।

सखुवा प्रसौनी गाउँपालिको वडा नं. १, मधुवन मथवलमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका शम्भु यादव र स्वास्थ्य संयोजक रौनियारले प्रशिक्षण दिएका थिए ।

यस्तै सखुवा प्रसौनी गाउँपालिकामा प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका पदाधिकारीहरुको लागि २ दिने क्षमता विकास तालिम सुरु भएको छ ।

तालिमको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले प्रारम्भीक शिक्षा बलियो भए भविष्यमा विद्यार्थीहरुको पढाई राम्रो हुने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले शिक्षा क्षेत्रको सुधारको लागि विद्यालय व्यवस्थापन समिति लाग्नु पर्ने निर्देशन समेत दिए ।

तालिममा प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिम्मेवार व्यक्ति भरत सहनी र समाजिक विकास शाखाका विनोद यादवले प्रशिक्षण दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...