Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

पोखरिया नगरपालिकामा कुस्ती प्रतियोगिता सम्पन्न

spot_img
spot_img

पर्सा, ३० चैत ।
पर्साको पोखरिया नगरपालिकाको वडा नं. ३, बसन्तपुरमा शनिबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । रामनवमीको अवसरमा बसन्तपुरमा लागेको मेलामा कुस्ती प्रतियोगिता सम्पन्न भएको हो ।

कुस्ती प्रतियोगितामा भारत बनारसका संजय यादव उत्कृष्ट घोषित भए । यादवले भारत गोरखपुरका पप्पु ठाकुरलाई पराजित गरेका थिए । वडाध्यक्ष अजय साह कलवारको अध्यक्षतामा भएको कुस्ती प्रतियोगिताको उदघाटन नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) ले गरेका थिए ।

नगर प्रमुख रौनियारले कुस्ती प्रतियोगितामा भाग लिएका खेलाडीहरुको हात मिलाएर प्रतियोगिताको शुभारम्भ गर्ने गरेका थिए । प्रतियोगितामा भारत रामनगर, हरियाणा, बागहा, नेपालका मिर्जापुर, गर्दौल, तुल्सी बर्वा लगायतका पहलवानहरु भाग लिएका थिए । कुस्ती प्रतियोगिताको अतिथीमा दर्शन यादव, पारस साह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...